एक समयमा माया गर्ने आइमाईहरूले आफ्ना नानीहरूका लागि खाना पकाउँथे। पछिबाट ती नानीहरू नै तिनीहरूका आमाहरूका एकमात्र आहार बने। यी सबै कुराहरू भए जब मेरो मानिसहरूलाई नष्ट पारिएको थियो।
Cross references
तिमीहरू यति साह्रो भोको हुनेछौ कि तिमीहरूले आफ्नै छोरा-छोरीहरूको मासु खानेछौ।
“तिमीहरूको शहर थुनुवामा परेको हुनेछ र तिमीहरूलाई यस्ता कष्ट आइलाग्नेछ कि भोक लाग्दा खान केही नपाएर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आफ्नै सन्तान छोरा-छोरीको मासु खानेछौ।
इस्राएलका राजा शहरको वरिपरि भएको पर्खालमाथि हिंडिरहेका थिए। एउटी आइमाईले उनलाई देखेर चिच्याई। आइमाईले भनी, “मेरा मालिक अनि राजा, मलाई सघाउनु होस्।”
यसकारण हामीले मेरो छोरा उमाल्यौं अनि उसलाई खायौं। त्यसपछि अर्को दिन मैले यस आइमाईलाई भनें, ‘मलाई तेरो छोरा दे जसले गर्दा हामी उसलाई मार्न सक्छौं अनि खान सक्छौं। तर उसले आफ्नो छोरा लुकाई।”
विगतमा, यो शहर अत्यन्त व्यस्त थियो। यो हल्लै हल्लाले भरिएको र अति सुखी शहर थियो। तर, अहिले स्थिति परिवर्तन भयो। तिमीहरूका मानिसहरू मारिए तर तरवारहरूले होइन्। मानिसहरू मरे तर युद्धमा लडेर होइन्।
तर म भन्छु, “के एउटी स्त्रीले आफ्नो नानी बिर्सिन सक्छे? अहँ! के एउटी स्त्रीले आफ्नो गर्भबाट जन्माएको आफ्नो नानीलाई बिर्सिन सक्छे? यदि उसले बिर्सन सक्छे भने पनि म तिमीलाई बिर्सिने छैन।
शत्रुहरूले शहरको चारैतिर सेना ल्याउने छन। ती सेनाहरूले जसले तिनीहरूको जीवन खोजिरहेकाछन तिनीहरूलाई घेरामा पार्नेछन्। म तिनीहरूलाई आफ्नै नानीहरूको र एक-अर्काको मासु खाने बनाउँछु।’
हे परमप्रभु! मलाई हेर्नु होस्, हेर्नुहोस्, म को हुँ, जसलाई तपाईंले यस्तो व्यवहार गर्नु हुँदैछ? म तपाईंलाई एउटा प्रश्न गर्न चाहन्छु, “के आफूले जन्माएको शिशुलाई नै स्त्रीले खानु? के तिनीहरूले हुर्काएको नानीहरूलाई नै खानु? के पूजाहारी र अगमवक्ताहरूलाई परमप्रभुको मन्दिरमा मार्नै पर्छ?”
मेरा आँखाहरूबाट आँसुका धारा बगे। मेरो मानिसहरूको सर्वनाश देखेर म रोएँ।
स्यालहरूले पनि आफ्नो छाउराहरूलाई दूध चुसाएर हुर्काउँछन्, तर मेरा मानिसकी छोरी निष्ठुरी छन्। उनी मरूभूमिमा हुने शतुमुर्ग जस्तै छन्।
यरूशलेमका मानिसहरू भोकले यति तडपिने छन् कि आमा-बाबुले तिनीहरूको आफ्नै छोरा-छोरीहरू खाने छन् अनि छोरा-छोरीहरूले तिनीहरूको आफ्नै आमा बाबुहरू खाने छन्। म तिनीहरूलाई यस्तो प्रकारले दण्ड दिनेछु, अनि जो जति बाँचेको हुन्छन् तिनीहरूलाई म हावामा तितर-बितर पारिदिनेछु।”