Home Bibles हितोपदेश 16:5 · नेपाली बाइबल
हितोपदेश 16:5 · नेपाली बाइबल

जुन मानिसले आफूलाई अरू भन्दा असल सम्झन्छ त्यसलाई परमप्रभुले घृणा गर्नु हुन्छ। निसंन्देह त्यस्तो घमण्डी मानिसलाई उहाँले दण्ड दिनु हुन्छ।

Cross references

प्रस्थान 20:7

“तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ दुरूपयोग गर्नु हुँदैन। जसले परमप्रभुको नाउँको दुरूपयोग गर्छन् तिनीहरूलाई बाँच्न दिनु हुँदैन।

अय्यूब 40:12

हो, अय्यूब। ती घमण्डी मानिसहरूलाई हेर अनि तिनीहरूलाई नम्र बनाऊ। ती दुष्ट मानिसहरूलाई जहाँ उभिएका छन् त्यहीं धूलो पारि देऊ।

हितोपदेश 6:16

परमेश्वरले छ वटा कुराहरूलाई घृणा गर्नुहुन्छ, सात वटा जो घृणित छन्।

हितोपदेश 6:17

आँखाहरू जसले मानिसलाई घमण्डी दर्शाउँछ, जिब्राहरू जसले झूटो बोल्छ, हातहरू जसद्वारा निर्दोष मानिसको हत्या गर्छ, हृदय जहाँ दुष्ट कर्म गराउने योजनाहरू बनिन्छन् गोडाहरू जुन दुष्ट कर्मको निम्ति दौडन्छन्।

हितोपदेश 8:13

परमप्रभुको डर मान्नु नै दुष्टतालाई घृणा गर्नु हो। अभिमान, अहंकार, कुटिल व्यवहार अनि छलपूर्ण बोलीलाई म घृणा गर्छु।

हितोपदेश 11:21

यो सत्य हो कि दुष्ट मानिसहरूले सजाय पाउँने छन् तर धर्मी मानिसहरूले तिनीहरूको संन्तानहरूलाई मुक्त पार्नेछन्

यशैया 2:11

घमण्डी मानिसहरू घमण्ड गर्न छोड। ती घमण्डी मानिसहरू लाजले आफै आफ्नो नजरबाट खस्नेछन्। त्यसबेला, परमप्रभु मात्र उच्च हुनुहुनेछ।

यशैया 2:12

परमप्रभुसंग एक त्यस्तो दिनको योजना छ। त्यस खास दिनमा परमप्रभुले ती घमण्डी र सेखी गर्ने मानिसहरूलाई दण्ड दिनुहुनेछ। तब ती घमण्डी मानिसहरूको महत्व रहने छैन्।

यशैया 3:11

तर दुष्ट मानिसहरूका लागि यो एकदम अनिष्ट हुनेछ। एकदमै ठूलो दुःख-कष्टहरू उनीहरूमा आइपर्नेछ। तिनीहरूले गरेको जति पनि गल्ती कर्महरूको लागि दण्ड पाउनेछन्।

रोमी 2:8

तर अन्य मानिसहरू स्वार्थी र सत्य पछ्याउन अस्वीकार गर्छन्। तिनीहरूले दुष्टताको बाटो अफ्नाउँदछन्। परमेश्वरले उनीहरूलाई दण्ड र क्रोध दिनुहुँदछ।

याकूब 4:6

तर परमेश्वरको दया जो हामीलाई दिइएको छ, त्यो महान छ। धर्म शास्त्रले भनेको जस्तै, “घमण्डी मानिसहरूको विरूद्ध परमेश्वर हुनुहुन्छ, तर उहाँले ती मानिसहरूलाई दया प्रदान गर्नु हुन्छ जो विनम्र छन्।”

Interlinear

Choose Theme