“हे यरूशलेम, यरूशलेम! तिमीहरू अगमवक्ताहरूलाई मार्छौ अनि तिमीहरूकहाँ पठाइएका संदेशवाहकहरूलाई ढुङ्गाहान्छौ। धेरैपल्ट मैले तिम्रा मानिसहरूलाई मद्दत गर्न चाहेको हुँ। जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ त्यसरीनै मैले तिम्रा मानिसहरूलाई बटुल्न चाहेको हुँ। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ।
Cross references
इस्राएलको निम्ति परमप्रभु गरूड झैं हुनु हुन्थ्यो। गरूड्ले उड्न सिकाउनको निम्ति गुँडबाट बच्चाहरूलाई घँचेटेर निकाल्छ, सुरक्षाको निम्ति ऊ आफ्ना बच्चाहरू सँगै उडछे। उसले बच्चाहरूलाई खस्नुबाट जोगाउन आफ्नो पंखेटा फिंजाउँछे। अनि उसले रक्षागर्न को निम्ति सुरक्षित ठाउँमा लिएर जान्छे। परमप्रभु त्यस्तै हुनुहुन्छ।
तिमीले गरेका सबै असल कुराको निम्ति परमप्रभुले तिमीलाई पुरष्कृत तुल्याउनु हुनेछ। इस्राएलका परमप्रभु परमेश्वरले तिमीलाई प्रशस्त दिनुहुनेछ। तिमी उहाँ कहाँ सुरक्षाको निम्ति आयौ अनि उहाँले तिम्रो सुरक्षा गर्नु हुनेछ।”
तर मानिसहरूले जकर्याहको विरूद्ध षड्यन्त्र रचे। राजाले जकर्याहलाई मार्न भनी मानिसहरूलाई आदेश दिए, यसर्थ तिनको मृत्यु नहुञ्जेल मानिसहरूले तिनलाई ढुँङ्गा हाने। मानिसहरूले यो काम मन्दिरको आँगनमा गरे।
परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरले आफ्ना मानिसहरूलाई चेताउनी दिनका निम्ति बारम्बार अगमवक्ताहरू पठाउनु भयो। परमप्रभुले यसो गर्नु भयो किनभने उहाँ तिनीहरू अनि आफ्ना मन्दिर प्रति दुःखित हुनुहुन्थ्यो। परमप्रभु तिनीहरूलाई वा आफ्ना मन्दिरलाई नष्ट गर्न चाहनु हुन्न थियो।
तर तिनीहरू अनाज्ञाकारी भएर तपाईंको विरूद्ध विद्रोह गरे अनि तपाईंको व्यवस्था आफ्ना पिठ तिर फ्याँके। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईं कहाँ फर्काई ल्याउका निम्ति तिनीहरूलाई चेतावनी दिएका थिए। तिनीहरूले तपाईंको विरूद्धमा डरलाग्दा कामहरू गरे।
तपाईंले आफ्नो आँखाको नानी जस्तै मेरो रक्षा गर्नुहोस्। तपाईंको छत्रछाँयामुनि मलाई लुकाउनु होस्।
तपाईंको प्रिय अनुग्रह भन्दा कुनै चीज पनि बहुमूल्य छैन। मानिस जाति र स्वर्गदूतहरू तपाईंकहाँ सुरक्षाको निम्ति आउँछन्।
हे परमेश्वर, मप्रति कृपालु हुनु होस्। दयावान हुनुहोस् किनभने म तपाईंको शरणमा आएकोछु। जबसम्म कष्ट हराँउदैन म तपाईंको संरक्षणमा छु।
तपाईंले साँच्चि नै मलाई साथ दिनुभयो! म खुशी छु कि तपाईंले मेरो रक्षा गर्नुभयो।
“मेरो मानिसहरू ध्यान देऊ, अनि मेरो कुरा सुन। म तिमीहरूलाई मेरो करार-वचन दिनेछु। इस्राएल , कृपया मेरो कुरा ध्यानले सुन।
तिमी सुरक्षाको लागि परमेश्वर कहाँ जान सक्छौ। उहाँले तिमीहरूलाई रक्षा गर्नुहुनेछ जसरी एउटा चराले आफ्ना पखेटाहरू फिंजाएर आफ्ना बच्चाहरूको सुरक्षा गर्दछ। परमेश्वर तिमीहरूका सुरक्षाका लागि ढाल र पर्खालहरू जस्ता हुनुहुन्छ।
मैले बोलाएँ तर तिमीहरूले मलाई सुनेनौ, मैले तिमीहरूको लागि आफ्नो हात अघि बढाँए तर तिमीहरूले म तिर ध्यानै दिएनौ
म घरमा आएँ, त्यहाँ कोही पनि थिएन्। मैले घरिघरि बोलाईनै रहें। तर के म तिमीहरूलाई बचाउँन सक्तिन भनेर सोच्दछौ? तिमीहरूलाई आफ्ना सारा संकटहरूबाट बचाउँन मसँग शक्ति छ। हेर, यदि मैले समुद्रलाई सुख्खा भई जा भनेर आदेश दिएँ भने त्यो सुख्खा हुनेछ। माछा पानी बिना मर्ने छ, अनि तिनीहरूका शरीरहरू कुँहिएर जानेछन्।
“मैले तिमीहरूका नानीहरूलाई दण्ड दिएँ। तर त्यो वेकार भयो कारण तिनीहरूले त्यो ग्रहण गरेनन्। जो अगमवक्तहरू तिमीहरूकहाँ आएका थिए तिनीहरूलाई तिमीहरूले तरवारले काटयौ। संहार गर्ने सिंहले झैं तिमीहरूले अगमवक्ताहरूलाई मार्यौ।”
हे यरूशलेमका मानिसहरू! आफ्नो हृदयबाट पापहरू धोई पखाल ताकि तिमीहरू बाच्नेछौ कहिल्ये सम्म आफ्नो दुष्ट्रयाँइसित अड्किरहनेछौ।
चेताउनी तर्फ ध्यान देऊ, यरूशलेम। यदि तिमीहरूले सुनेनौ भने म तिमीहरूपट्टि पिठ्युँ फर्काउनेछु। म तिम्रो भूमि रित्तो मरूभूमि जस्तै पारिदिने छु। कोही पनि त्यहाँ बस्न योग्य हुनेछैन्।”
परमेश्वरले ती कुराहरू भन्नुभयो, “दोबाटोमा उभ अनि हेर। सोध पूरानो बाटो कहाँ छ। सोध कहाँ असल बाटो छ, अनि त्यो बाटोमा हिंड्। यदि तिमीले त्यसो गर्यौ, तिमी स्वयंले विश्राम पाउनेछौ। तर तिमीहरूले भन्यौ, ‘हामी असल बाटोमा हिडने छैनौ।’
मैले मिश्रको भूमिबाट बाहिर ल्याएकै बेला तिमीहरूका पिता-पुर्खाहरूलाई चेताउनी दिएको थिएँ। त्यही दिन देखि नै मैले तिनीहरूलाई घरिघरि चेताउनी दिएँ। मैले तिनीहरूलाई मेरो आज्ञा पालन गर भन्दै चेताउनी दिदैं आएको हो।
यहूदाका राजा आमोनका पुत्र योशियाहको राज्यकालको तेह्रौं वर्षदेखि आजको दिनसम्म अर्थात् तेइस वर्षसम्म परमप्रभुको वचन मकहाँ आयो र मैले घरिघरि तिमीहरूलाई भनिरहेकोछु। तर तिमीहरूले यसलाई ध्यान नै दिएनौ।
तिनीहरूले ऊरियाहलाई मिश्रबाट ल्याए अनि यहोयाकीमलाई सुम्पिए। यहोयाकीमले ऊरियाहलाई तरवारले मार्नु भन्ने हुकुम दिए। ऊरियाहको मृत शरीर साधारण मानिसहरू गाडने चिहानमा फ्याँकिदिए।
मैले मेरा दास अगमवक्ताहरू तिमीहरूकहाँ घरिघरि पठाएकोछु। अगमवक्ताहरूले तिमीहरूलाई भनेकाछन्, ‘तिनीहरू प्रत्येकले खराब कामबाट अलग रहनु पर्छ। तिमीहरू सबै असल हुनै पर्छ। तिमीहरूले अरू देवताहरूको अनुसरण र सेवा गर्नु हुँदैन। यदि मेरो आज्ञा पालन गरे यो देश जुन मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएकोछु यहाँ बस्नेछौ।’ तर तिमीहरूले मेरो कुरा सुनेनौ।
तब यर्मियाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरको सन्देश यही हो। तिमीहरूले मलाई उहाँ कहाँ पठायौ। मैले परमप्रभुलाई तिमीहरूले जे चाहन्थ्यौ त्यही सोधें। परमप्रभु भन्नुहुन्छ
मैले घरिघरि तिमीहरूकहाँ अगमवक्ताहरू जो मेरो दासहरू हुन पठाँए। अगमवक्ताहरूले ‘यस्ता भयानक पापहरू जुन म घृणा गर्छु नगर्नु भनी तिमीहरूलाई आग्रह गरे।’
तर जति-जति मैले इस्राएलीहरूलाई बोलाएँ, त्यति-त्यति तिनीहरू मबाट टाढा भए। तिनीहरूले बाल देवताहरूलाई बलि चढाँइरहे। उनीहरूले मूर्तिको अगाडी धूप जलाए।
“मेरो प्रजाहरू फर्कने आशा गर्छन् उनीहरू माथिका परमेश्वरलाई पुकार्छन् तर परमेश्वरले उनीहरूलाई सहायता गर्नु हुँदैन।”
परमप्रभु भन्नुहुन्छ, “तिमीहरुका पिता-पुर्खाहरु जस्तो नबन बितेका समयमा अगमवक्ताहरु तिनीहरुसित कुरा गर्थे। तिनीहरुले भने, ‘तिमीहरुले आफ्नो नराम्रो कु-कर्महरु छोडिदेऊ।’ तर तिमीहरुका पुर्खाहरुले मेरो एक शब्द पनि सुनेनन्।” परमप्रभुले यो कुरा भन्नुभयो।
सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठुलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए।
“तर किसानहरूले ती नोकरहरूलाई समाते अनि एकजनालाई पिटे, अर्कोलाई मारिदिए अनि अर्कोलाई ढुङ्गाले हिर्काएर मारिदिए।
राजाले केही मानिसहरूलाई भोजमा निम्तो गरेका थिए। जब भोज तयार भयो, राजाले आफ्ना नोकरहरूलाई ती मानिसहरूलाई बोलाउन पठाए। तर मानिसहरूले राजाको यस भोजमा उपास्थित हुन अस्वीकार गरे।
कसैले नोकरहरूलाई समातेर पीटे अनि तिनीहरूलाई मारिदिए।
अनि तिमीहरू भन्दछौ, ‘यदि हामी हाम्रा पूर्खाहरूका समयमा हुँदो हो, ता ती अगमवक्ताहरूलाई मार्न हामी उनीहरूलाई सहयोग गर्ने थिएनौ।’
तर खेतीवालाहरूलले त्यस नोकरलाई पक्रे अनि पिटे। तिनीहरूले नोकरलाई रितै हात फर्काइदिए।
“ए यरूशलेम, यरूशलेम! तिमीहरूले अगमवक्ताहरूलाई मार्छौ अनि परमेश्वरले तिम्रोमा पठाएका ती मानिसहरूलाई ढुङ्गाले हिर्काउछौ। धेरै पल्ट तिमीहरूको मानिसहरूलाई मैले सहयोग गर्न इच्छा गरे। मैले तिनीहरूलाई कुखुराको पोथीले जसरी आफ्ना चल्लाहरूलाई पखेंटा मुनि भेला गर्छ त्यसरी नै भेला गर्न चाहान्थें। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ।
जब खाना खाने बेला भयो, त्यस मानिसले आफ्नो नोकरलाई पाहुनाहरूलाई बोलाउनु पठायो, आउनुहोस् प्रत्येक चीज तयारी छ।
त्यो जेठो छोरो रिसायो अनि भोजमा जान मन गरेन। यसर्थ उसको बाबु आफैं गएर तिनलाई उत्सवमा सम्मिलित हुन आग्रह गरे।
तर राज्यमा भएका अरू मानिसहरूले उसलाई घृणा गरे। अनि तिनीहरूले एकदल आफ्ना मानिसहरूलाई यसो भन्न पठाए, हामी यस मानिसलाई राजा बनाउन चाहाँदैनौ।
फेरि त्यो मानिसले अर्को नोकरलाई पठायो। खेतीवालहरूले त्यो नोकरलाई पनि पिटे। तिनीहरूले त्यसलाई कुनै सम्मान गरेनन्। ती खेतीवालहरूले उसलाई खाली हात पठाए।
तब स्तिफनसले भने, “तिमी अट्टेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माले तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैं विरोध गर्छौ। तिम्रा पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ।
ती यहूदीहरूले प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे। तिमीहरूले हामीलाई हाम्रो देश छोडन बाध्य गराए। परमेश्वर तिनीहरूसित खुशी हुनु हुन्न। तिनीहरू सबैका विरुद्ध छन्।
जब ती दुई साक्षीहरुले आफ्ना प्रमाण सिध्याएका हुन्छन्, तब पशु तिनीहरुको विरुद्ध लडनेछ। यो त्यो पशु हो जो पातालबाट माथि आउँछ। त्यो पशुले तिनीहरु सबैलाई जित्नेछ अनि तिनीहरुलाई मार्नेछ।