परमप्रभुले आफ्नो क्रोध देखाउनु हुनेछ। बाबेल पूर्ण रूपले उजाड हुनेछ अनि त्यहाँ कोही पनि बस्ने छैन। प्रत्येक यात्री जो बाबेल भएर जान्छ त्यो अचम्बित हुनेछ र त्यसको घाउहरू देखेर खिसी गर्नेछ।
Cross references
जब दुष्ट मानिस भाग्छ मानिसहरूले थप्पडी मार्नेछन्। जब त्यो घरबाट भाग्छ तिनीहरूले सुइसेलो मार्नेछन्।
त्यस बेला, तिमीहरू बाबेलका राजाको बारेमा यस्तो गीत गाउन थाल्ने छौःराजाको अर्थ नै हामीमाथि राज्य गर्नु थियो। तर अब उसको शासन समाप्त भयो।
तिनीहरूको भूमि जन शून्य एक निन्दाको वस्तु हुनेछ। त्यहाँबाट जाने पथिकहरू दुखित हुन्छन् अनि तिनीहरू आफ्नो टाउको हल्लाउँनेछन्।
म पूर्णरूपले यस शहरलाई ध्वंश पारिदिनेछु अनि यरूशलेम भएर जाने पथ-यात्रीहरू यसको विनाशमा व्याकुल भएर टाउँको हल्लाउनेछन्।
“तर सत्तरी वर्ष बिती सके पछि म बाबेलका राजालाई दण्ड दिनेछु। म बाबेलका जातिहरूलाई पनि दण्ड दिने छु। यो परमेश्वरको सन्देश हो “म बाबेलवासीहरूको भूमिलाई पनि उनीहरूको पापहरूको कारण दण्ड दिनेछु। म त्यो भूमि सदाको लागि बाँझो बनाई दिनेछु।
परमप्रभु भन्नुहुन्छ, “एदोम शोकको दृश्य बनिने छ अनि मानिसहरू जसले उजाड शहर देख्छन् आश्चर्यचकित हुन्छन् अनि यसका घाउहरूमा खिसी गर्नेछन्।
बाबेल मन्दिरहरूका धराशायीको थुप्रो मात्र भएको छ अनि त्यो जङ्गली कुकुरहरू बस्ने ठाउँ हुनेछ। मानिसहरू ढुङ्गाहरूको राश हेर्न डराउनेछन्। बाबेलको विषयमा सोचेर मानिसहरू टाउँको हल्लाउने छन्। यो कोही नबस्ने सुनसान ठाँउ बनिनेछ।
त्यो बाटो हिड्ने कुनै पनि मानिसले, अचम्मले थप्पडी मार्छन्। तिनीहरूले यरूशलेमका छोरीलाई सिट्टी बजाउँछन् र टाउको हल्लाउँछन्। उनीहरूले सोध्छन, “के जुन शहरलाई मानिसहरूले ‘परम सुन्दर शहर’ र ‘सारा पृथ्वीको आनन्द भन्ने गर्थे, यही शहर हो?’”
निश्चय नै यी मानिसहरुले उसको हाँसो उडाउँनेछन् अनि भन्छन्, ‘अर्काको धन खोसेर धनी हुनेलाई धिक्कार होस्, त्यसले कहिले सम्म त्यसो गर्छ? त्यसलाई धिक्कार होस् जो अर्काको धन खोसेर धनी हुन्छ।’
नीनवे अहिले एकदमै घमण्डी भएकोछ। यो यस्तो आनन्दित शहरहो, मानिसहरू सम्झन्छन् कि तिनीहरू सुरक्षीत छन्। तिनीहरू सम्झन्छन् कि नीनवे एकदमै ठूलो शहर हो। तर त्यो शहर नष्ट गरिनेछ। यो उजाड हुनेछ। जहाँ खालि जङ्गली जनावरहरूले मात्र बास गर्ने छन्। जब मानिसहरू यो बाटो भएर जान्छन् त्यति बेला तिनीहरूले देख्ने छन् कि कति नराम्रो प्रकारले शहर नष्ट गरिएकोछ, तब तिनीहरू टाउको हल्लाउँदै खुट्टा ठटाउँनेछन्।
म यी राष्ट्रहरुप्रति अत्यन्तै क्रोधित छु जसले आफु अति सुरक्षित अनुभव गर्छ, म अधिक क्रोधित भएको थिएँ, अनि ती जातिहरुको प्रयोग आफ्नो मानिसहरुलाई दण्ड दिनको लागि गरें। तर ती जातिहरुले ज्यादा भन्दा ज्यादा नोक्शान गरे।”