“दुइ हात आधा लमाई, एक हात आधा चौढाइ, र एक हात आधा उचाइ भएको एउटा बबुल काठको टेबल बनाऊ।
Cross references
टेबल अनि त्यसका सबै सामानहरू, सामदान र यसका सबै सामानहरू, धूप जलाउने वेदी,
बजलेलले बबुल काठबाट एउटा टेबल बनाए। यो टेबलको लम्बाई दुइ हात चौंडाइ एक हात अनि एक हात आधा उँचाई थियो।
तब मोशाले भेट हुने पालमा टेबल राखे। यो तिनले पवित्र सन्दूकको उत्तर तिर राखे। यो तिनले पवित्र पालभित्र पर्दाको अघाडी राखे।
परमप्रभुअघि प्रत्येक पंक्तिमा छवटा गरेर सुनको मेचमा रोटी सजाऊ।
तिनीहरूको कामहरू पवित्र सन्दूक, टेबल, सामदान, वेदीहरू र पवित्र स्थानको पवित्र भाँडाहरू अनि पर्दा र पर्दासंग सम्बन्धित सबै कुराहरूको हेरचाह गर्नु थियो।
तिनीहरूले तिनीहरू माथि रातो लुगा ओछ्याऊन् अनि त्यसमाथि फेरि नरम छालाले यसलाई छोपिदिउन्। बोक्नुको लागि प्रयोग गरिने डण्डाहरू टेबलमा राखुन्।
सुलेमानले मन्दिरका लागि सुनद्वारा बनाउन लगाएका सामानहरू यी हुन्;सुनको वेदी; सुनको टेबल (परमेश्वरलाई चढाइएको विशेष रोटी यहाँ राखिन्थ्यो।)सुनको सामादान (महापवित्र स्थानको अघि उत्तरतिर पाँचवटा अनि दक्षिणतिर पाँचवटा थिए); सुनका फूलहरू, दियोहरू अनि चिम्टाहरू;शुद्ध सुनका कचौराहरू, बाती छिमल्ने कैंचीहरू, स-साना कचौराहरू, थालहरू अनि कोइला बोक्ने धूपौराहरू; मुख्य कक्षका दैलाहरूका लागि तथा भित्री कोठा (अति पवित्रस्थल) को दैलाहरूका लागि सुनका कब्जाहरू बनाए।
यस प्रकार राजा सुलेमानले परमप्रभुको मन्दिरका लागि आफूले चाहे अनुरूप काम पूरा गरे।
पवित्र रोटीको निम्ति प्रयोगगरिने प्रत्येक टेबलको निम्ति कति सुन प्रयोगगर्नु पर्छ सो दाऊदले भने। चाँदीका मेचका निम्ति कति चाँदी प्रयोगगर्नु पर्छ सो दाऊदले भने।
सुलेमानले दशवटा टेबलहरू बनाए अनि तिनीहरूलाई मन्दिरमा राखे। पाँचवटा टेबलहरू दाहिनेतिर अनि पाँचवटा टेबलहरू मन्दिरमा देब्रेतिर राखिए। अनि सुलेमानले 100 स्नान भाँडाहरू बनाउन सुन प्रयोग गरे।
सुलेमानले परमेश्वरको मन्दिरका निम्ति चीज बीजहरू बनाए। सुलेमानले सुनको वेदी बनाए। तिनले टेबलहरू बनाए जहाँ उपस्थितको रोटी राखिन्थ्यो।
मूल-ढोकाभित्र चारवटा टेबल थियो। चारवटा टेबल मूल-ढोकाको बाहिर थियो। सबै मिलाएर आठवटा टेबल थियो। पूजारीहरूले यी टेबलहरूमा बलिका निम्ति पशुहरू मार्थे।
त्यो ठाउँ पालभित्र हुन्छ। पालभित्रको पहिलो कोठालाई पवित्रस्थान भनिन्थ्यो जहाँ परमेश्वरलाई दीप, रोटी चढाउनलाई टेबल हुन्थे।