सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मानिसहरू भन्छन्, परमप्रभुको मन्दिर निर्माण गर्ने यो सही समय होइन।”
Cross references
तर मानिसहरू जो ऊसित गएका थिए भने, “तिनीहरू माथि आक्रमण गर्नु हामी सक्षम हुने छैनौं किनभने तिनीहरू हामी भन्दा बलिया छन्।”
यसकारण राजा योआशले पूजाहारी यहोयादा अनि अन्य पूजाहारीहरूलाई बोलाए। योआशले यहोयादा र अरू पूजाहारीहरूलाई भने, “तिमीहरूले मन्दिरको मर्मत गरेका छैनौ? सेवा गरे वापत मानिसहरूबाट धन लिन बन्द गर। त्यो धन मन्दिरको मर्मतमा खर्च हुनु पर्छ।”
रहूम, सचिव शिम्शै अनि तिनीहरूका सरकारी मानिसहरू राजा आर्ट-जारसेज समक्ष पत्र पढिनुका साथै तिनीहरू तुरून्तै यरूशेलममा यहूदीहरू कहाँ गए। अनि बल एवं शक्तिद्वारा तिनीहरूले कामदारलाई काम बन्द गर्न लगाए।
तर यहूदाका मानिसहरूले भने, “कर्मीहरू थकित हुँदैछन्। त्यहाँ अत्यन्त धेरै मैला कुचिलाहरू छन्। हामी आफैले मात्र पर्खालको पुनःर्निर्माणगर्न कहिले पनि सक्ने छैनौ।
अलछे मानिसले भन्छ, “सिंह बाहिर बसिरहेको छ,” अथवा “म गल्लीमा मारिनेछु।”
अल्छेले भन्छ, “सडकमा सिंह बसेकोछ, यसकारण म घरबाट निस्कन सक्तिनँ।”
अरू मानिसहरूसँगको डर एउटा पासो झैं हो, यदि तिमीले परमप्रभुमाथि भरोसा गर्छौ भने, तिमी सुरक्षित रहनेछौ।
त्यहाँ मार्ने एउटा समय छ, निको पार्ने एउटा समय, भत्काउने एउटा समय छ, बनाउने एउटा समय।
हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।
तर कति कुरा यस्ता हुन्छन्, जसको निम्ति निश्चिन्त रहन सक्दैनौ। तिमीले अवसर छोप्नु पर्छ। कसैले ठीक मौसम पर्खि बसे उसले कहिल्यै बिउ छर्न सक्दैन। अनि कोहीले हर बादल र्बषन्छ नै भनी डराए उसले आफ्नो अन्न उठाउनै सक्दैन।
म मस्त सुतें, तर मेरो हृदय जाग्रित थियो। मैले मेरा प्रेमीले ढोका ढक्ढकाइरहेको सुन्छु। ढोका खोल मेरी प्रेमी, मेरी ढुकुर, मेरी प्रियतमा, पुर्णता मेरो शीर शीतले भिजेकोछ, मेरो केश मध्य रातले भिजाएकोछ।