Home Bibles हितोपदेश 29:25 · नेपाली बाइबल
हितोपदेश 29:25 · नेपाली बाइबल

अरू मानिसहरूसँगको डर एउटा पासो झैं हो, यदि तिमीले परमप्रभुमाथि भरोसा गर्छौ भने, तिमी सुरक्षित रहनेछौ।

Cross references

उत्पत्ति 12:11

तिनी मिश्र देशमा पस्न मात्र लागेका थिए, तिनले आफ्नी पत्नी साराईलाई भने, “हेर, म जान्दछु तिमी सुन्दरी नारी छ्यौ।

उत्पत्ति 12:12

जब मिश्र देशीहरूले तिमीलाई देख्नेछन् तिनीहरूले भन्नेछन् त्यो स्त्री मानिस मेरी पत्नी हुनु पर्छ र तिनीहरूले मलाई मार्नेछन्। तर तिमीलाई जीवित राख्नेछन्।

उत्पत्ति 20:2

जब अब्राहाम गरार गए, तिनले मानिसहरूलाई भने सारा तिनकी बहिनी हुन्। गरारका राजा अबीमेलेकले यो सुने अनि सारालाई पत्नी बनाउनु आफ्ना सेवकहरूलाई लिन पठाए।

उत्पत्ति 20:11

तब अब्राहामले भने, “म डराएको थिएँ। मैले सोचे यस भूमिमा कसैले पनि परमेश्वरको डर मान्दैन होला यसर्थ मैले सोचें तिमीहरूले सारालाई पाउनका निम्ति मलाई मार्ने छौ।

उत्पत्ति 26:7

इसहाककी पत्नी रिबेका अत्यन्तै सुन्दरी थिइन। त्यस ठाउँका मानिसहरूले इसहाकलाई रिबेकाको विषयमा सोधे। इसहाकले भने, “यो मेरो बहिनी हो।” इसहाकले रिबेकालाई आफ्नो पत्नी हो भन्न डरायो। इसहाक रिबेकालाई पाउँनुको निम्ति मानिसहरूले उसलाई मार्न सक्छन् भनेर डराउँथ्यो।

प्रस्थान 32:22

हारूनले उत्तर दिए, “हजूर, क्रोधित नहुनु होस्। तपाईंलाई थाहा छ यी मानिसहरू सँधै केही गल्ती गर्न तैयार नै रहन्छन्।

व्यवस्था 1:17

जब तिमीहरू न्यायकर्त्ता भएर निर्णय लिन्छौ तब तिमीहरूले सोच्नु हुँदैन को महत्वपूर्ण र महत्वहीन मानिसहरू हुन्। कसैसँग पनि डराउनु हुँदैन कारण तिमीहरूले गरेको निर्णय परमेश्वरबाट भएको हुन्छ। तर यदि कुनै झगडाको विषय तिमीहरूको निम्ति कठिन भए त्यो म कहाँ ल्याऊ।’

न्यायकर्ता 16:11

शिमशोनले भने, “कसैले मलाई नयाँ डोरीले बाँध्नु पर्छ। तिनीहरूले मलाई ती डोरीहरूले बाँध्नु पर्छ जसलाई पहिला प्रयोग नगरिएको हुनुपर्छ। यदि कसैले त्यो गर्यो भने म अन्य कुनै मानिसजस्तै कमजोर हुनेछु।”

1 शमूएल 15:24

शाऊलले शमूएललाई भने, “मैले पाप गरे। मैले परमप्रभुको आज्ञा तपाईंले भन्नु भए जस्तै गरिन। म मानिसहरूसित साह्रै डराएँ अनि तिनीहरूले जे भने माने।

1 शमूएल 21:13

तिनीहरूले के भन्दैछन् दाऊदले ध्यान दिए। दाऊद गातका राजा आकीशसँग डराए।

1 शमूएल 27:1

तर दाऊदले आफैं सोचे, “शाऊलले मलाई एक दिन पक्रिएर मार्ने छ। सबभन्दा राम्रो मलाई यो हुन्छ पलिश्तीहरू भएकोमा भागेर जानु त्यसपछि शाऊलले मलाई इस्राएलमा खोज्न छोड्ने छ। त्यसरी म शाऊलबाट उम्कन सक्नेछु।”

1 शमूएल 27:11

दाऊदले गातमा कहिले पनि कुनै लोग्ने मानिस अथवा स्त्रीहरू जिउँदो ल्याएनन्। दाऊदले ठान्थे, “यदि मैले जिउँदो मानिस ल्याएँ भने वास्तवमा म के गर्दैछु, आकीशले थाहा पाउनेछ।”जब सम्म दाऊद पलिश्तीको भूमिमा बसे तिनले त्यसो गरे।

1 राजा 19:3

जब एलियाले यो सुने, उनी डराए। त्यस कारण उनी आफ्नो जीवन बचाउन भागे। उनले आफ्नो सेवक सँगै लगे। तिनीहरू बेर्शेबा, यहूदा गए। एलियाले सेवकलाई बेर्शेबामा छोेडे।

1 इतिहास 5:20

मनश्शे, रूबेन अनि गादका कुल समूहहरूका ती मानिसहरूले युद्धमा परमेश्वरसित प्रार्थना गरे। तिनीहरूले परमेश्वरसित यहायता मागे किनभने तिनीहरूले उहाँमा भरोसा गरेका थिए। यसर्थ परमेश्वरले तिनीहरूलाई सहायता गर्नु भयो। परमेश्वरले तिनीहरूलाई हग्रीहरूलाई हराउन आशिष दिनुभयो। अनि तिनीहरूले अन्य मानिसहरूलाई पनि हराए जो हग्रीहरूसित थिए।

भजनसंग्रह 69:29

म दुःखीत र पीडित छु। परमेश्वर मलाई उठाउनु होस्, मलाई बचाउनु होस्।

भजनसंग्रह 91:14

परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले ममा भरोसा गर्दछ भने, म उसलाई बचाउने छु जसले मेरो नाउँलाई उपासना गर्दछ म मेरो भक्तजनहरूलाई रक्षा गर्नेछु।

भजनसंग्रह 118:8

मानिसहरूमा भरोसा राख्नु भन्दा परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।

भजनसंग्रह 125:1

मानिसहरू जसले परमप्रभुमाथि भरोसा राख्दछन् तिनीहरू सियोन पर्वत जस्तो हुनेछन्। तिनीहरू कहिल्यै पनि हल्लिने छैनन। तिनीहरू सदा-सर्वदा रहनेछन्।

हितोपदेश 16:20

मानिसहरूले उपदेश दिंदा जसले सुन्छ त्यो मानिसलाई लाभ हुन्छ, अनि जसले परमप्रभु माथि भरोसा गर्छ त्यो धन्य हुन्छ।

हितोपदेश 18:10

परमप्रभुको नाम एउटा दृढ किल्ला झैं हो, धर्मीहरू यसभित्र कुद्छन् र सुरक्षित रहन्छन्।

हितोपदेश 28:25

एकजना लोभि मानिसले झगडा उठाउँछ, तर जुन मानिसको परमप्रभुमाथि भरोसा छ उसले त उन्नति गर्छ।

हितोपदेश 30:5

परमेश्वरको प्रत्येक वचन दोष रहित हुन्छ औ जो परमेश्वरको शरणमा जान्छ उसको निम्ति उहाँ सुरक्षित स्थान हुनुहुन्छ।

उपदेशक 7:18

अलिकति यस्तो बन, अलिकति उस्तो। परमेश्वरका अनुयायीहरूले पनि केही राम्रो काम गर्छन् केही नराम्रो।

यशैया 57:11

तिमीहरूले मलाई सम्झना गरेनौ। तिमीहरूले मलाई हेर्दा पनि हेरेनौ। यसकारण तिमीहरू चिन्ता गर्ने को थियौ? कससँग डराएका थियौ? किन झूट बोल्यौ? हेर, म लामो समयदेखि चुपचाप छु अनि तिमीहरूले मलाई सम्मान गरेनौ।

दानियल 3:28

त्यस पछि नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वर धन्य होऊन जसले उहाँ माथि विश्वास गर्ने र राजाको हुकुमलाई आफ्नै परमेश्वर बाहेक हामी अरू देवताको सेवा गर्ने छैनौं भनी आफूलाई आगोमा फ्याँकिदिने आफ्ना यी दासहरूलाई बचाउन आफ्नो स्वर्ग दूतहरू पठाउँनु भयो।

दानियल 6:23

त्यस पछि राजा अत्यन्तै खुशी भएर दानियललाई खोरबाट निकाल्ने हुकुम दिनुभयो। दानियल खोरबाट निकालिए अनि तिनमा कुनै प्रकारको चोट लागेको पाएनन्, किनभने उनले परमेश्वरमाथि विश्वास गर्थे।

मत्ती 10:28

मानिसहरूदेखि नडराऊ। तिनीहरूले तिम्रो शरीलाई मात्र मार्नेछन्। तिनीहरूले आत्मालाई मार्न सक्ने छैनन्। तिमीहरू त्यससंग डराउनु पर्नेछ जसले तिम्रो शरीर र आत्मालाई नै र्नकमा लैजान्छ। उहाँले शरीर र आत्मालाई नरकमा पठाउनु सक्नु हुन्छ।

मत्ती 15:12

तब चेलाहरू येशूकहाँ आएर उहाँलाई भने, “के तपाईंलाई थाहा भयो कि तपाईंले भन्नुभएको कुराबाट फरिसीहरू रिसाए भने तपाईंले थाहा पाउनुभयो?”

मत्ती 26:69

त्यसबेला, पत्रुस आँगन बाहिर बसिरहेका थिए। एउटी नोकर्नीले आएर भनी, “तिमी पनि गालील निवासी येशूसंग थियौ।”

लूका 12:4

त्यसपछि येशूले मानिसहरूलाई भन्नुभयो, “ तिमीहरूलाई भन्दछु, ए मेरा साथीहरू! मानिसहरूदेखि नडराऊ। मानिसहरूले शरीरको हत्या गर्न सक्छन्, तर त्यो भन्दा वेशी तिनीहरूले केही गर्न सक्तैन।

यूहन्ना 3:2

एक-रात निकोदेमस् येशूकहाँ आए। उनले भने, “रब्बी, हामी जान्दछौ तपाईं परमेश्0वरद्वारा पठाएको एकजना शिक्षक हुनुहुन्छ। किनभने परमेश्वरको सहयोग बिना तपाईंले जुन चमत्कारहरू गर्नु हुँदैछ कुनै मानिसले गर्नु सक्तैन।”

यूहन्ना 9:22

उनको आमा - बाबुले यहूदी अगुवाहरूको डरले गर्दा त्यसो भनेको हुन्। यहूदी अगुवाहरूले पहिल्यै निर्णय लिइसकेका थिए कि जजसले येशूलाई ख्रीष्ट भन्छन् तिनीहरू दण्डित हुनेछन्। अनि ती मानिसहरूलाई सभा-घरबाट निकलिदिनेछन्।

यूहन्ना 12:42

तर धेरै मानिसहरूले येशूमा विश्वास गरे। कतिपय यहूदी अगुवाहहरू सम्मले येशूमा विश्वास गरे। तर तिनीहरू फरिसीहरू देखि डराउँथे। यसैले तिनीहरूले येशूमा विश्वास गरे भनेर खुल्लम खुल्ला भनेनन्। तिनीहरूलाई सभा-घरबाट निकाली देला कि भन्ने डर थियो।

यूहन्ना 19:12

त्यसपछि, पिलातसले येशूलाई मुक्त पार्ने कोशिश गरे। तर यहूदीहरूले तिनलाई कराउँदै भने, “कसैले आफैलाई राजा बनाउँछ भने त्यो सिजर वोरधी हो। यसर्थ उसलाई तपाईं छुटकारा दिनु हुन्छ भने तपाईं सिजरको मित्र हुनु हुन्न।”

गलाती 2:11

जब पत्रुस एन्टिओकमा आए। उनले केही यस्तो काम गरे जो सरासर भूल थियो। त्यसैकारण मैले उनको आमने-सामने विरोध गरें किनभने उनी भूलमा थिए।

2 तिमोथी 4:16

पहिलो सुनवाइमा मलाई आफ्नो बचाउ गर्नु भनियो, मलाई समर्थन दिने त्यहाँ कोही थिएन। प्रत्येकले मलाई छाडे। म प्रार्थना गर्छु कि परमेश्वरले तिनीहरूलाई क्षमा गर्नेछन्।

1 पत्रुस 1:21

ख्रीष्टद्वारा तिमीहरु परमेश्वरमाथि विश्वास गर्छौ। परमेश्वरले ख्रीष्टलाई मृत्युबाट बौरी उठाए। तब परमेश्वरले उहाँलाई महिमा दिनु भयो। यसर्थ तिमीहरुको विश्वास अनि आशा परमेश्वरमा छ।

Interlinear

Choose Theme