रहूम, सचिव शिम्शै अनि तिनीहरूका सरकारी मानिसहरू राजा आर्ट-जारसेज समक्ष पत्र पढिनुका साथै तिनीहरू तुरून्तै यरूशेलममा यहूदीहरू कहाँ गए। अनि बल एवं शक्तिद्वारा तिनीहरूले कामदारलाई काम बन्द गर्न लगाए।
Cross references
उच्च आयुक्त रहूम, अनि शिम्शै, सचिवले यरूशलेमको विरूद्ध राजा आर्ट-जारसेजलाई एक पत्र यसरी लेखेः
राजाले यो सन्देश पठाएःरहूम, उच्च आयुक्त अनि शिम्शै सचिव अनि तपाईंहरूका अन्य सरकारी मानिसहरू जो सामरियामा बस्छन् नदी पारिका अन्य प्रदेशहरू प्रतिः अभिवादन।
दुष्ट मानिसहरू दुष्टयाई नगरी सुत्न सक्तैनन्। जब सम्म कसैलाई नोक्सान पुर्याउँदैनन तिनीहरू निदाँउ नै सक्तैनन।
मानिसहरुमाथि यस्तो बिपत्ति आइपर्नेछ, जो पापपूर्ण योजनाहरु बनाउँछन्। यस्ता मानिसहरु ओछ्यानमा सुति-सुति षड्यन्त्र रच्दछन्, अनि बिहान उज्यालो हुने बित्तिकै आफ्नो षड्यन्त्रमा हिंड्न थाल्दछन्। किन? त्यसो गर्ने सामर्थ तिनीहरुसँग छ।
“तिनीहरूका खुट्टा हत्या गर्नमा छीटो कुद्दछन्।