मेरो मालिक सर्वशक्तिमान परमप्रभुले भूमिलाई छुनुहुन्छ अनि त्यो भूमि पग्लन्छ। तब त्यस भूमिमा भएका सबै मानिसहरु मृतकहरुका निम्ति रूनेछन्। त्योप्रदेश मिश्रको नील नदी जस्तै माथि उर्लन्छ अनि तल झर्दछ।
Cross references
यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ। तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता संकटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।
जब परमप्रभु कराउनु हुनेछ अनि पृथ्वी टुक्रिने छ। प्रत्येक जाति डरले काम्ने छन् अनि ती साम्राज्यहरू धराशायी हुनेछन्।
हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ। जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।
हे परमप्रभु, आकाश च्यातेर तपाईं तलतिर झर्नुहोस् पर्वतहरूमा हुनुहोस् र धूवाँ त्यहाँबाट उठ्ने छ।
तर म परमप्रभु अश्शूरका राजालाई तिमीहरूको विरूद्धमा ल्याउनेछु। तिनीहरू यूफ्रेटिस नदीको बाढी जस्तै भयानक भएर आउनेछन्। यो यस्तो हुनेछ कि नदीमा बाढी आउँदा किनारहरू भत्काउँदै आउने उर्लेको पानी जस्तै हुनेछ।
यदि तपाईंले आकाश च्याति पृथ्वीमा झार्नु भयो भने प्रत्येक कुराहरू परिर्वतित हुने थियो। पर्वतहरू तपाईं समक्ष पग्लने थिए।
कहिले सम्म जमीन सूख्खा रहन्छ? कहिले सम्म घाँस ओइलिन्छ? त्यहाँ बस्ने मानिसहरूको दुष्टयाईले गर्दा सब चरा-चुरूङ्गीहरू अनि पशुहरू लोप भइसके। तैपनि ती दुष्ट मानिसहरू भनिरहेका छन्, “यर्मियाले हामीमाथि के घट्छ देख्ने छैन।”
देश मृत मानिसको लागि विलौना गर्ने मानिस जस्तो भएकोछ यो देश अनि यसका सबै मानिसहरू कमजोर भएका छन्। वनका जनावरहरू, आकाशका चराहरू अनि समुद्रका माछाहरू सम्म मरिरहेका छन्।
किनभने यी कार्यहरुको कारण सम्पूर्ण भूमि काम्नेछ। यस देशमा बस्ने प्रत्तेक मानिस मृत्यु भएको मानिसहरुको निम्ति रुनेछन्। मिश्रको नील नदी जस्तैसम्पूर्ण भूमि उठ्नेछ र तल झर्नेछ। भूमि यता उता फ्याँकिनेछ।”
हेर, परमप्रभु आफ्नो वास स्थानबाट बाहिर जाँदै हुनुहुन्छ। उहाँ पृथ्वीको अग्लो ठाउँमा जानको निम्ति उभिएर तल आउँदै हुनुहुन्छ।
परमप्रभु परमेश्वरको चरणमुनि पर्वत पग्लेर जानेछ, जसरि आगोमा मैन पग्लन्छ, जसरी पहाडबाट पानी बगेर झर्छ।
परमप्रभुको आगमन हुनेछ अनि पहाडहरु डरले काम्नेछन्, अमि पहाडहरु पग्लेर बग्नेछन्। परप्रभुको आगमन हुनेछ र पृथ्वी डरले काम्नेछ। यो संसार अनि यसमा रहने सबै डरले काम्नेछन्।
परमप्रभुको भयानक रिसको अघि कोही पनि उभिन सक्तैन। कसैले पनि परमप्रभुको भयानक रिस सहन सक्तैन। उहाँको क्रोध आगो झैं हुन्छ। जब उहाँ आउनुहुन्छ तब चट्टानहरु पनि टुक्रा-टुक्रा हुन्छन्।
तपाईंलाई देखेर पहाडहरु काम्न थाले, पानी पृथ्वीमा बग्न शुरु गर्यो। जव गहिरो समुद्र भूमिबाट झर्यो यसले ठुलो हल्ला गर्यो।
अति बृष्टिको कारणले बाढी आयो, आँधीले घरलाई हान्यो र त्यो ठूलो आवाज सहित ढल्यो।’
तब मैले एक विशाल सेतो सिंहासन देखें। मैले एक उहाँलाई देखें जो सिंहासनमा हुनु हुन्थ्यो। उनीदेखि पृथ्वी अनि आकाश भागे अनि अल्पिए।