Home Bibles व्यवस्था 32:39 · नेपाली बाइबल
व्यवस्था 32:39 · नेपाली बाइबल

‘अब हेर, म एक मात्र म नै परमेश्वर हुँ! कतै अरू ईश्वर छैन। म नै मानिसलाई मार्दछु अनि मानिसहरूलाई जीवित पार्दछु म मानिसहरूलाई चोट पुर्याउन सकछु अनि तिनीहरूलाई निको पार्न सकछु। कसैले मानिसलाई मेरा शक्तिबाट बचाउँनु सकदैन।

Cross references

व्यवस्था 4:35

परमप्रभुले यी सब घट्नाहरू तिमीहरूलाई देखाउनु भयो जसले गर्दा उहाँ परमेश्वर हुनुहुन्छ भनी तिमीहरू जान्नेछौ। उहाँको बराबर अरू कुनै ईश्वर छैन।

व्यवस्था 7:9

“यसकारण, सम्झना गर परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ जसलाई तिमीहरू विश्वास गर्न सक्छौ। उहाँ आफ्नो करार राख्नुहुन्छ। जसले उहाँलाई प्रेम गर्छ र उहाँका आज्ञाहरूको पालन गर्छ। उहाँ आफ्नो प्रेम दया दर्शाउनु हुन्छ। हजारौ पुस्तासम्म उहाँ आफ्नो दया र प्रेम देखाउनुहुन्छ।

1 शमूएल 2:6

परमप्रभुले कुनै मानिसहरूलाई मृत्युमा पार्नुहुन्छ, अनि परमप्रभुले नै कुनैलाई जीवन दिनुहुन्छ उहाँले कोही मानिसलाई तल पातालमा पठाउनुहुन्छ अनि अरू कोहीलाई जीउनको निम्ति उठाउनुहुन्छ र जीवन दिनुहुन्छ।

2 राजा 5:7

जब इस्राएलका राजाले पत्र पढे, उनले आफूलाई दुःखी र उदाशी देखाउनका लागि आफ्नो लुगा च्याते। इस्राएलका राजाले भने, “के म परमेश्वर हुँ? होइन! मसित जीवन मरण नियन्त्रणको क्षमता छैन। यस कारण अरामका राजाले किन कुष्ठ को रोगीलाई मकहाँ निको पार्न पठाए? यस विषयमा सोचे अनि तिनीले थाह पाए, यो एउटा छल हो। अरामका राजा लडाइँ शुरू गर्ने चेष्टा गर्दै छन्।”

2 राजा 20:5

“फर्क अनि मेरा मानिसहरूका अगुवा हिजकियाहलाई भन। उनलाई भन, ‘परमप्रभु तिम्रा पुर्खा दाऊदका, परमेश्वर भन्नुहुन्छ मैले तिम्रो प्रार्थना सुनेको छु अनि मैले तिम्रो आँसू देखेको छु। यसर्थ म तिमीलाई निको पार्नेछु। तेस्रो दिन, तिमी परमप्रभुको मन्दिरमा जानेछौ।

नहेम्याह 9:6

तपाईं परमेश्वर हुनुहुन्छ, हे परमप्रभु तपाईंले मात्र सर्वोच्च स्वर्ग अनि त्यसमा तारा-मण्डल बनाउनु भयो। तपाईंले पृथ्वी अनि यसमा भएका हरेक बस्तुहरू सागरहरू अनि त्यसमा भएका हरेक बस्तुहरू बनाउनु भयो। तपाईंले ती सबैलाई जीवन प्रदान गर्नु भयो, अनि स्वर्गका तारा-मण्डलले तपाईंको आराधना गर्छन्।

अय्यूब 5:18

परमेश्वरले दिनुभएको घाउहरूमा मलमपट्टी गरिदिनुहुन्छ। उहाँले कसैलाई चोट पुर्याउँन सक्नुहुन्छ तर उहाँकै हातहरूले नै निको पार्नुहुन्छ।

अय्यूब 10:7

म निर्दोष छु भनेर तपाईं जान्नु हुन्छ तर कसैले पनि मलाई तपाईंको शक्तिदेखि बचाउन सक्तैन।

अय्यूब 10:13

तर तपाईंले हृदयमा यो के लुकाउनु भयो, म जान्दछु तपाईंले हृदयमा के गोप्य योजना गर्नु भएको छ। हो तपाईंको मनमा के छ?म जान्दछु।

भजनसंग्रह 50:22

तिमीहरूले परमेश्वरलाई भुलेर गयौ, यो मैले तिमीहरूलाई टुक्रा-टुक्रा पार्नु भन्दा अघि नै बुझ्ने चेष्टा गर। यदि त्यस्तो भयो भने कसैले पनि तिमीहरूलाई बचाउँन सक्ने छैन!

भजनसंग्रह 68:20

उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँ नै परमेश्वर हुनुहुन्छ जसले हामीलाई उद्धार गर्नुहुन्छ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई बचाउनु हुन्छ।

भजनसंग्रह 102:27

तर तपाईं परमेश्वर, कहिल्यै बद्लिनु हुन्न। तपाईं सर्वदा जीवित रहनु हुन्छ।

भजनसंग्रह 102:28

हामी आज तपाईंका दासहरू हौं। हाम्रा नानीहरू यहाँ छन्। अनि तिनीहरूका सन्तानहरू पनि यहाँ तपाईंको उपासना गर्नेहरू हुनेछन्।”

उपदेशक 3:3

त्यहाँ मार्ने एउटा समय छ, निको पार्ने एउटा समय, भत्काउने एउटा समय छ, बनाउने एउटा समय।

यशैया 19:22

परमप्रभुले मिश्रका मानिसहरूलाई दण्ड दिनु हुनेछ। अनि त्यसपछि परमप्रभुले तिनीहरूलाई क्षमा गर्नु हुनेछ। तिनीहरू परमप्रभुपट्टि फर्केर आउनेछन्। परमप्रभुले तिनीहरूका प्रार्थना सुन्नु हुनेछ र तिनीहरूलाई क्षमा गर्नुहुनेछ।

यशैया 41:4

कसले यी कुराहरू हुने गरायो? कसले यो गर्यो? कसले प्रारम्भदेखि सारा मानिसहरूलाई बोलायो? म, परमप्रभुले, यी कुराहरू गरे। म, परमप्रभु नै प्रथम मानिस हुँ, अनि जब पृथ्वीमा सारा थोकहरू समाप्त हुन्छन् म यहाँ हुनेछु।

यशैया 43:12

म एकजना हुँ जसले तिनीहरूसित बोल्यो। मैले तिमीलाई बचाएँ, मैले ती कुराहरू भनें। त्यो तिमीसित जो थियो नयाँ वस्तु होइन। तिमी म साक्षी हौ अनि मेरो तिम्रो परमेश्वर हुँ। परमप्रभु आफैले यी कुरा भन्नुभयो।

यशैया 43:13

“म सधैं नै परमेश्वर रहेको छु। जब म कुनै काम गर्छु, कसैले पनि त्यो मैले गरेको कुरा बद्लिन सक्तैनँ। अनि कसैले पनि मानिसहरूलाई मेरो शक्तिबाट बचाउन सक्तैनँ।”

यशैया 45:5

म परमप्रभु हुँ। म मात्र परमेश्वर हुँ। म बाहेक अरू परमेश्वर छैन्। मैले तिमीलाई बलसँगै लुगा लगाइदिएँ। तर अझै तिमी मलाई बुझ्दैनौ।

यशैया 45:18

परमप्रभु नै परमेश्वर हुनुहुन्छ। उहाँले आकाशहरू र पृथ्वी बनाउनु भयो। परमप्रभुले पृथ्वीलाई यसको ठाउँमा राख्नु भयो। परमप्रभुले यस पृथ्वीलाई खाली गर्न चाहनुहुन्न, जुन उहाँले बनाउनु भयो! उहाँले पृथ्वी बस्नका लागि बनाउनु भयो! “म परमप्रभु हुँ, म बाहेक अरू कोही परमेश्वर छैन।

यशैया 45:22

टाढामा भएका सारा मानिसहरूले ती झुटा देवताहरू पछ्याउन छोडनु पर्छ। तिमीहरूले मलाई पछ्याउनु पर्छ र बाँच्ने छौ। म परमेश्वर हुँ। त्यहाँ अन्य देवता छैन्। म परमेश्वर हुँ।

यशैया 46:4

जब तिमीहरू जन्मियौ मैले बोकेर ल्याएँ अनि जब तिमीहरू वृद्ध हुनेछौ म बोकी नै रहनेछु। तिमीहरूका कपालहरू सेतै पाकी सक्नेछ, त्यति बेला पनि म तिमीहरूलाई बोकी नै रहने छु, किनभने मैले तिमीहरूलाई बनाएको हुँ। म लगातार तिनीहरूलाई बोकी रहनेछु अनि म तिमीहरूलाई बचाउनेछु।

यशैया 48:12

“हे याकूब, मेरो कुरा ध्यान दिएर सुन्। इस्राएल, म तिमीलाई मेरो मानिसहरू भनेर आह्वान गर्नेछु। यसैले मलाई ध्यान दिएर सुन्। म आदि हुँ र म अन्त हुँ।

होशे 5:14

किनभने म एप्रैमका निम्ति एउटा सिंह अनि यहूदाको घरको निम्ति एउटा सिंहको बच्चा जस्तो हुनेछु। म आफै तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु। म तिनीहरूलाई उठाएर लानेछु। अनि तिनीहरूलाई बचाउँने कोही हुनेछैन।

होशे 6:1

“आऊ, हामी परमप्रभुतिर फर्कौ किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ र उहाँले नै हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नु भएकोछ, र उहाँले नै हामीलाई मलहम पट्टी बाँध्नु हुनेछ।

मीका 5:8

अनि याकूबका बाँकि रहेकाहरु चाँहि धेरै जनताको बीचमा जङ्गलका पशुहरुका बीचमा सिंह र जीव-जन्तुहरुको बिच सिंहको बच्चा जस्तै हुनेछन् जो तिनका बीचमा कुल्चँदै र तिनीहरुलाई टुक्रा पार्दै जानेछन्, र बचाउँने कोही पनि हुनेछैन।

यूहन्ना 8:24

मैले भनिसकें तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ। हो, तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ, यदि तिमीहरूले मलाई म उही हो भनेर विश्वास गरेनौ भने।”

हिब्रू 1:12

तपाईंले त्यसलाई वस्त्र जस्तो लपेट्नु हुनेछ। ती फेरि वस्त्र झै बद्लिने छन्, तर तपाईं कहिल्यै बद्लिनु हुने छैन। तपाईंको जीवनको अन्त कहिल्यै हुने छैन।”

प्रकाश 1:11

त्यो आवाजले भन्यो, “तिमीले जे देख्नेछौ एउटा पुस्तकमा लेख अनि त्यसलाई सात मण्डलीहरुमा एफिसस, स्पर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया अनि लाओडिसियामा यो पत्र पठाऊ।”

प्रकाश 1:17

जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखर भन्नुभयो, “भयभीत नहोऊ। म आदि अनि अन्त हुँ।

प्रकाश 2:8

उनी नै एक हुन् जो मरे अनि फेरि मृत्युबाट जीवनमा फर्की आए।

Interlinear

Choose Theme