याकूबसित उसकी पत्नी राहेलबाट जन्मेको छोरो बिन्यामीन थियो। (यूसुफ पनि राहेलबाट नै जन्मेको हो तर ऊ अघिदेखि नै मिश्र देशमा थियो।)
Cross references
याकूबले राहेललाई माया गर्दथ्यो। याकूबले लाबानलाई भने, “म सात वर्ष सम्म तपाईंको सेवा गर्छु यदि तपाईंले आफ्नी छोरी राहेलसित मेरो विवाह गर्ने अनुमति दिनु भयो भने।”
यसैकारण राहेले उसको नाउँ यूसुफ यसो भन्दै राखीन, परमेश्वरले मलाई अझै अर्को छोरो दिऊन्।
याकूब अनि उसको दलले बेतेल छोडे। तिनीहरू ठीक एप्रात आई पुग्नअघि राहेल प्रसुति वेदना भोग्न थाली।
राहेलका छोराहरूः यूसुफ र बिन्यामीन।
याकूब रोकियो अनि कनान देशमा बस्न थाल्यो। यो त्यही देश हो जहाँ उसको बाबु बसेको थियो।
जुन व्यापारीले यूसुफलाई किन्यो उनले यूसुफलाई मिश्र देशमा लिएर गए। उनले यूसुफलाई फिरऊनको अगंरक्षकहरूको सेनापतिलाई बेचिदियो।
तब हाम्रा बाबुले हामीलाई भन्नुभयो, ‘तिमीहरूलाई थाहा छ मेरी पत्नी राहेलले मेरो निम्ति दुइवटा छोरा जन्माइन्।
यूसुफ फिरऊनकहाँ गए अनि भने, “मेरा बाबु, दाज्यू-भाइहरू र सबै तिनीहरूका परिवारहरू कनान देश छाडेर तिनीहरूसित भएका सबै पशुहरू तथा प्रत्येक चीज लिएर यहाँ मकहाँ आएका छन्। अहिले तिनीहरू गोशेन भूमीमा छन्।”
“यूसुफ अत्यन्त सफल भएको छ। यूसुफ फलले लादिएको बोट जस्तै वसन्तमा बढने बोट जस्तै अनि यस्तो बोट हो जसका हाँगाहरू भित्तामा चढ्छन्।
जब याकूबको मृत्यु भयो यूसुफ खुबै दुःखी भए। तिनले आफ्नो बाबुलाई अँगाले हालेर रूदै म्वाई खाए।
इस्साकार, जबूलून, बिन्यामीन,
याकूबका आफ्नै परिवारका जम्मा सन्तानहरू सत्तरी जना थिए। यूसुफ याकूबका बाह्रजना छोराहरू मध्ये एकजना थिए (तर तिनी पहिलेदेखि नै मिश्रमा थिए।)
तिनीहरूले बिन्यामीन कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
बिन्यामीनका कुलसमूहहरू यिनीहरू हुन्;बेलाबाट बेलाही कुलसमूह, अशबेलबाट अशबेलिहरूको कुलसमूह, अहीरामबाट अहीरामीहरूको कुलसमूह,
“मोशाले बिन्यामीनको विषयमा यी कुरा भने। बिन्यामीनलाई परमप्रभुले प्रेम गर्नुहुन्छ। बिन्यामीन उहाँको छेऊमा सुरक्षित रहनेछ। परमप्रभुले उसलाई सधैं रक्षा गर्नुहुन्छ। अनि परमप्रभुले उसको भूमिमा बास गर्नुहुन्छ।”
दान, यूसुफ, बिन्यामीन, नप्ताली, गाद अनि आशेर थिए। यहूदाका छोराहरू