Cross references
त्यसपछि परमेश्वरले राहेलको प्रार्थना सुन्नु भयो अनि राहेललाई नानीहरू जन्माउनु सम्भव गराई दिनु भयो।
यसैकारण राहेले उसको नाउँ यूसुफ यसो भन्दै राखीन, परमेश्वरले मलाई अझै अर्को छोरो दिऊन्।
याकूब अनि उसको दलले बेतेल छोडे। तिनीहरू ठीक एप्रात आई पुग्नअघि राहेल प्रसुति वेदना भोग्न थाली।
छोरो जन्मदा-जन्मदै राहेल मरी। मृत्युअघि आफ्नो त्यस छोरोको नाउँ तिनले बेन-ओनी राखीन्। तर याकूबले उसको नाउँ बिन्यामीन राख्यो।
त्यसपछि यूसुफले आफ्नो भाइ बिन्यामीनलाई देखे। (बिन्यामीन र यूसुफकी एउटै आमा हुन्) यूसुफले भने, तिमीहरूले मलाई बताएको कान्छो भाइ यही हो?” त्यसपछि यूसुफले बिन्यामीनलाई भने, “हे बाबू, परमेश्वरले तिमीलाई आशीर्वाद दिनु हुनेछ।”
याकूबसित उसकी पत्नी राहेलबाट जन्मेको छोरो बिन्यामीन थियो। (यूसुफ पनि राहेलबाट नै जन्मेको हो तर ऊ अघिदेखि नै मिश्र देशमा थियो।)
यो त्यो भूमि हो जो यूसुफका कुलले प्राप्त गरे। यो भूमि यरीहो नजिकै यर्दन नदीबाट शुरू भएर यरीहोको जल क्षेत्रसम्म लगातार फैलिएको थियो। यो यरीहोको ठीक पूर्वमा थियो। यसको सीमाना यरीहो देखि माथि तिर बेतेलको पहाडी देशसम्म लगातार फैलिएको थिए।
त्यो भूमि बिन्यामीनको कुल समूहलाई दिइयो जो यहूदा अनि यूसुफका क्षेत्रहरूको माझमा थियो। बिन्यामीनका कुल समूहका प्रत्येक वंशले आफ्नो भूमि प्राप्त गरे। बिन्यामीनको निम्ति चुनिएको भूमि यो होः
एप्रैमका मानिसहरू अमालेकको पहाडी देशबाट आए। बिन्यामीन, ती मानिसहरूले, तिमी अनि तिम्रा मानिसहरूको अनुसरण गरे। अनि, माकीरका कुलका सेनापतिहरू त्यहाँ उपस्थित थिए। जबूलून कुल समूहको नायकहरू अधिकारीहरू र कर्मचारीहरूसित आए।
यसर्थ समस्त मानिसहरू अनि अगुवाहरू जो शहरद्वारको छेउमा थिए, साक्षी भए। तिनीहरूले भने,“मेरो परमप्रभुले यो स्त्रीलाई, जो तिम्रो घरमा आउँदै छिन्, तिनलाई राहेल अनि लेआ जस्तै तुल्याउन्। जसले इस्राएलको वंश निर्माण गरे। तिमी इस्राएलमा शक्तिशालि बन। बेतलेहेममा प्रसिद्ध बन।”