Home Bibles ☰ Books उत्पत्ति 37:1 · नेपाली बाइबल
उत्पत्ति 37:1 · नेपाली बाइबल

याकूब रोकियो अनि कनान देशमा बस्न थाल्यो। यो त्यही देश हो जहाँ उसको बाबु बसेको थियो।

Cross references

उत्पत्ति 17:8

अनि म तँ र तेरा सन्तानहरूलाई यो भूमि दिनेछु। म तलाईं कनानको सम्पूर्ण भूमि दिनेछु जसमा तँ अहिले विदेशी छस्। म यो भूमि संधैका लागि दिंदैछु अनि तेरो परमेश्वर हुन्छु।”

उत्पत्ति 23:4

उनले भने, “म यस प्रदेशको बासिन्दा होइन। यहाँ त म केवल यात्री हुँ यसर्थ मेरी पत्नीको लाश गाडनुको निम्ति कही जग्गा छैन, म अलिकति जग्गा चाहन्छु म त्यो लाश गाडन सकूँ।”

उत्पत्ति 28:4

म प्रार्थना गर्छु, परमेश्वले अब्राहामलाई झैं तलाईं अनि तेरा सन्तानलाई आशीर्वाद दिनु हुनेछ। अनि म प्रार्थना गर्छु तँ जहाँ बसेको छस् त्यही भूमि तेरो हुनेछ। परमेश्वले अब्राहमलाई दिनु भएको भूमि त्यही हो।”

उत्पत्ति 36:7

कनानमा हुँदा उनले यी सब चीजहर प्राप्त गरेको थियो। यसर्थ एसावले आफूसंग पत्नीहरू छोराहरू, छोरीहरू, सबै नोकरहरू, पशुहरू लग्यो। एसाव र याकूबको परिवारहरू यति बढदै गए, तिनीहरूलाई एकै ठाउँमा बस्न असम्भव भयो।

हिब्रू 11:9

परमेश्वरले उनलाई दिन्छु भनी वचन दिएको देशमा गएर उनी बसे। अब्राहाम त्यस देशमा एउटा परदेशी जस्तो भएर बसे किनकि उनी त्यहाँका थिएनन्। उनले यसै गरे किनभने उनको विश्वास थियो। उनी त्यस देशमा गए अनि इसहाक र याकूबसित पालमा बसे। इसहाक र याकूबले पनि परमेश्वरबाट यस्तै वचन पाएका थिए।

Interlinear

Choose Theme