Home Bibles उत्पत्ति 38:1 · नेपाली बाइबल
उत्पत्ति 38:1 · नेपाली बाइबल

त्यस समय यहूदा आफ्नो दाज्यू-भाइहरूलाई छोडी हीरा नाउँको मानिससित बस्न गए। हीरा अद्‌दुलाम शहरको थियो।

Cross references

उत्पत्ति 19:2

तिनले भने, “महाशय, कृपा गरी तपाईंहरूको दासको घरमा गई हात पाऊ धोई रात त्यही बिताउनु होस् र बिहान चाँडै उठी आफ्नो स्थानको लागि बाटोतर्फ प्रस्थान गर्नु होस्।”ती स्वर्गदूतहरूले भने, “अहँ हामी बाटोमै रात बिताउनेछौं।”

यहोशू 12:15

लिब्नाका राजा1अद्रदुलामका राज1

यहोशू 15:35

यर्मूत, अदुल्लाम, सोको, अजेका,

न्यायकर्ता 4:18

याएलले सीसरालाई आउँदै गरेको देखिन्, यसर्थ उसलाई भेटून तिनी बाहिर गइन्। याएलले सीसरालाई भनिन्, “महाशय मेरो पालमा आउनु होस्। भित्र आउनु होस्। भयभीत नहुनुहोस्।” यसर्थ सीसरा याएलको पालमा गए, अनि तिनले उसलाई एउटा गलैंचाले ढाकिदिइन्।”

1 शमूएल 22:1

दाऊदले गात छोडेर भागे। दाऊद आदुल्लामको गुफामा पुगे। दाऊदका दाज्यू-भाइहरू र आफन्तहरूले दाऊद आदुल्लाममा छ भनी सुने। तिनीहरू दाऊदलाई भेट्न गए।

2 शमूएल 23:13

एकपल्ट, दाऊद अदूलामको ओढारमा थिए अनि पलिश्ती सैनिकहरू चाहिं तल रपाईम बेंसीमा थिए। दाऊदका तीस वीर सैनिकहरूमध्ये तीन जनाचाहिं घस्रिंदै दाऊद भएको गुफामा आए।

2 राजा 4:8

एकदिन एलीशा शुनैम तिर गए। त्यहाँ शुनैममा एक जना प्रख्यता आइमाई बस्थिइन्। यस आइमाईले एलीशालाई रोकेर आफूसँग खाना खान बिन्ती गरिन्। यसकारण एलीशा प्रत्येक पटक त्यस ठाउँ भएर जाने गर्थे त्यहाँ भोजन गर्न बस्थे।

हितोपदेश 9:6

अनुभवहीनता तिम्रो पछि छोड अनि समझशक्ति भएको बाटोमा हिंड।

हितोपदेश 13:20

जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु;ख पाउँछ।

मीका 1:15

हे मोरेशाका वासिन्दाहरु! तिनीहरुको बिरुद्ध म एक जना मानिस पठाऊनेछु जसले तिमीहरुबाट सबै चिजहरु खोस्नेछ। इस्रएलको महिमा अदुल्लाम सम्म आउनेछ।

Interlinear

Choose Theme