Home Bibles 2 राजा 4:8 · नेपाली बाइबल
2 राजा 4:8 · नेपाली बाइबल

एकदिन एलीशा शुनैम तिर गए। त्यहाँ शुनैममा एक जना प्रख्यता आइमाई बस्थिइन्। यस आइमाईले एलीशालाई रोकेर आफूसँग खाना खान बिन्ती गरिन्। यसकारण एलीशा प्रत्येक पटक त्यस ठाउँ भएर जाने गर्थे त्यहाँ भोजन गर्न बस्थे।

Cross references

उत्पत्ति 19:3

तर लूतले तिनीहरूलाई आफ्नो घर लैजान अत्यन्तै बिन्ती गरे, यसर्थ स्वर्गदूतहरू लूतको घरमा गए। तब लूतले स्वर्गदूतहरूको निम्ति खाना तयार गरे अनि खमीर नहालेको रोटी बनाए र तिनीहरूले खाए।

यहोशू 19:18

त्यस कुल समूहलाई प्रदान गरिएको भूमि यो होः यिज्रल, कसुल्लोत, शूनेम,

न्यायकर्ता 19:20

ती वृद्ध मानिसले भने, “मेरो घरमा बस्न तिमीहरूलाई स्वागत छ। तिमीहरूलाई चाहिएका कुनै पनि कुरा म दिनेछु। शहरको चोकमा राती नबस्।”

1 शमूएल 28:4

पलिश्तीहरू युद्धको निम्ति तयार थिए। तिनीहरू शूनेममा आएर त्यहीं छाउनी बनाए। शाऊलले पनि सबै इस्राएलीहरूलाई भेला गराएर गिल्बोमा छाउनी हाल्न लगाए।

2 शमूएल 19:32

र्बजितले 80 वर्ष पुगेका साह्रै बृद्ध मानिस थिए। दाऊद महनैममा भएका बखत राजालाई खाना पिना र अन्य सामानहरू तिनैले जुटाइदिए। र्बजितले यो कार्य सजिलै गर्न सक्थे कारण तिनी साह्रै धनी थिए।

1 राजा 1:3

यसकारण राजाका नोकरहरू राजालाई न्यानो पार्नकालागि एउटी सुन्दरी युवतीको खोजी इस्राएल देशको प्रत्येक ठाउँमा गर्न थाले। उनीहरूले अबीशग नाउँ भएकी एउटी केटी भेट्टाए। ऊ शूनम्म शहरकी थिई। उनीहरूले युवतीलाई राजा कहाँ ल्याए।

2 राजा 4:11

एकदिन एलीशा आइमाईको घरमा आए। उनी त्यस कोठामा गए अनि त्यहाँ विश्राम गरे।

2 राजा 4:18

बालक ठूलो भयो। एकदिन बालक आफ्नो बुबा अनि बालि काट्नेहरूलाई हेर्न खेत गयो।

अय्यूब 1:3

अय्यूबको आफ्नै 7,000 भेडाहरू, 3,000 ऊँटहरू, 1,000 साँढेहरू र 500 गधाहरू थिए। उनको धेरै नोकर चाकरहरू थिए। अय्यूब पूर्वतिरका एक धनी मानिस थिए।

अय्यूब 32:9

बृद्ध मानिसहरू मात्र ज्ञानी हुँदैनन्। बृद्ध मानिसहरूले मात्र ठीक कुरा बुझ्छन् भन्ने छैन।

हितोपदेश 7:21

त्यस स्त्रीले उसलाई फसाउँन यी शब्दहरूको व्यवहार गरी अनि त्यो मूर्ख केटो फँस्यो।

मत्ती 25:17

दुइ तोडा पाउनेले पनि त्यसै गर्यो। उसले पनि आफ्नो सबै रूपियाँ व्यापारमा लगायो अनि दुइ तोडा कमायो।

लूका 1:15

परमप्रभुको सामुन्ने यूहन्ना तिनी एकजना महान मानिस बनिनेछन्। तिनले दाखरस अथवा मदिरा कदापि लिने छैन। तिनको जन्मबाट नै तिनी पवित्र आत्माले भरिएको हुनेछन्।

लूका 14:23

मालिकले नोकरलाई भने, मूल सडकहरू र गाँउले बाटोतिर जाऊ मानिसहरूलाई यता आउन भन ता कि घर भरियोस्। म तिमालाई भन्छु।

लूका 24:29

तर तिनीहरूले उहाँलाई यसो भन्दै अनेक बिन्ती गरे, “हामीसितै बस्नुहोस्, दिन धेरै बिती सक्यो प्रायः रात परि सक्यो!”तब उहाँ तिनीहरूसंग बस्नु राजी हुनु भयो।

प्रेरित 16:15

तिनी र उनका घरमा बस्ने सबैलाई बप्तिस्मा गरियो। त्यसपछि लिडियाले आफ्नो घरमा हामीलाई निम्तो गरिन्। तिनले भनिन्, “यदि तपाईंहरूले मलाई प्रभु येशूको साँचो विश्वासी मान्नु हुन्छ भने, मेरो घरमा आउनु होस् अनि बस्नु होस्।” तिनले आफ्ना घरमा हामीलाई बस्न भनी जोड गरिन्।

Interlinear

Choose Theme