शकेममा यूसुफ हरायो। एक जना मानिसले उसलाई खेतमा हिंडिरहेको भेट्टायो। त्यस मानिसले भने, “के खोजिरहेको छस्?”
Cross references
अर्को दिन बिहानै अब्राहामले केही खाने कुरा र पानी ल्याए र हागारलाई दिए। हागारले ती कुराहरू लिई अनि आफ्नो छोरा लिएर हिंडी। हागारले त्यो ठाउँ छोडी अनि बेर्शेबाको मरूभूमिमा यता उता घुमी हिंड्न थालिन्।
त्यति नै बेला याएलको पालको छेउमा बाराक, सीसरालाई खोज्दै आए। याएल बाराकलाई भेटून बाहिर आइन् अनि भनिन्, “भित्रै आउनु होस्, अनि म तपाईंले खोजीरहनु भएको मानिस तपाईंलाई देखाउँने छु।” यसर्थ बाराक याएलसँग पालभित्र पसे। त्यहाँ बाराकले सीसरालाई तिनको शिरको छेउबाट पार गएको पालको कीला सहित भूइँमा मरिरहेको भेट्टाए।
एलीशाले अरामी सेनालाई भने, “यो सही बाटो होइन, यो सही शहर होइन। मेरो अनुसरण गर। म तिमीहरू त्यस मानिसकहाँ पुर्याँउछु जसलाई तिमीहरू खोजि रहेका छौ।” त्यसपछि एलीशाले अरामी सैनिकहरूलाई सामरियामा पुर्याए।
येशूले फर्केर हेर्नु भयो र उहाँको पछि ती दुइजना चेला आहरहेको देखेर उहाँले भन्नुभयो, “तिमीहरू के चाहन्छौ?”ती दूइजनाले भने, “रब्बी, तपाँईं कहाँ बस्नुहुन्छ?”
त्यस समय येशूका चेलाहरू शहरबाट फर्केर आए। तिनीहरू यशूलाई एक जना स्त्रीसंग यसरी बात गरिरहेको देखेर छक्क परे। तर तिनीहरू कसैले पनि सोध्ने आँट गरेनन्, “तपाईं के चाहनु हुन्छ?” वा “तपाईं यस स्त्रीसंग किन बात गरिरहनु भएको छ?
येशू यी सबै घटनाहरू उहाँमाथि हुनेछ भनेर जान्नु हुन्थ्यो। येशूले बाहिर आएर सोध्नु भयो, “तिमीहरू कसलाई खोजी रहेकाछौ?”
येशूले तिनीहरूलाई फेरि सोध्नु भयो, “तिमीहरू कसलाई खोजिरहेको छौ? मानिसहरूले भने, “नासरतको येशूलाई।”
येशूले उनलाई सोध्नुभयो, “नारी, तिमी किन रोइरहेछौ? तिमी कसलाई खोजिरहेछौ?”मरियमले उहाँलाई त्यहाँ बगैंचाको माली सम्झी। तब मरियमले उहाँलाई सोधी, “के तिमीले येशूलाई लग्यौ, महोदय? भन उहाँलाई कहाँ राखेकाछौ। म त्यही जानेछु र उहाँलाई लानेछु।”