बिहान याकूबले चाल पायो राती ऊसित सुत्ने स्त्री लेआ थिइन्। याकूबले लाबानलाई भने, “तपाईंले मलाई किन झुक्याउनु भयो। मैले तपाईंको धेरै सेवा गरें जसले गर्दा म राहेललाई विवाह गर्न पाऊँ। तपाईंले मलाई किन झुक्याउनु भयो?”
Cross references
यसर्थ फिरऊनले अब्रामलाई बोलाएर भने, “तिमीले मेरो निम्ति एकदमै नराम्रो काम गर्यौ तिमीले साराईलाई तिम्री पत्नी भनी बताएनौ। किन?
इसहाकले भने, “तेरो भाइले मसित ध्रूत्याइँ गर्यो। त्यो आयो अनि तैंले पाउने आशीर्वाद लिएर गयो।”
लाबानकी दुईवटी छोरीहरू थिए। जेठीको नाउँ लेआ अनि सानी चाँहि राहेल थिइन्।
लाबानले याकूबलाई भने, “मलाई किन धोका दिइस्? मेरो छोरीहरूलाई तैंले लडाइँमा कैदी जस्तो बनाएर किन लगिस्?
तब बेजेकका शासकले भने, “मैले सत्तरी जना राजाहरूको हात र खुट्टाका बूढी-औंलाहरू काटिदिएँ। अनि ती राजाहरूले मेरो मेचबाट झरेका खानेकुराका टुक्वाहरू खानु पर्यो। मैले ती राजाहरू प्रति गरेका कुराहरू अहिले म माथि परमेश्वरले फर्काउनु भयो।” यहूदाका मानिसहरूले बेजेकका शासकलाई यरूशलेममा लगे अनि त्यहाँ उसको मृत्यु भयो।
यदि एकजना धर्मी मानिसलाई अफूले पृथ्वीमा गरेको राम्रो कामको फल प्राप्त हुन्छ।
जुन नियम उपयोग गरी तिमीहरू अरूको निसाफ गर्दछौ, उसैगरी तिमीहरू पनि निसाफ गरिनेछौ। अनि जुन उपाय प्रयोग गरी अरूलाई तिमीरू क्षमा गर्नेछौ त्यही उपाय उपयोग गरी तिमीहरूलाई क्षमा प्रदान गरिनेछ।
“अरू मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिमीहरूलाई त्यसै गर। यहीनै मोशाको व्यवस्थाको अर्थ र अगमवक्ताहरूको उपदेश हो।
तेस्रोपल्ट येशूले पत्रुसलाई सोध्नुभयो, “शिमोन, योआनेसको पुत्र, तिमी मलाई प्रेम गर्छौ?”पत्रुस उदास भए, किनकि येशूले उसलाई तेस्रो पल्ट सोध्नुभयो, “तिमी मलाई प्रेम गर्छौं?” पत्रुसले भने, “प्रभु तपाईं सब थोक जान्नुहुन्छ। मैले तपाईंलाई प्रेम गर्छु भनेर पनि जान्नुहुन्छ।”येशूले पत्रुसलाई भन्नुभयो, “मेरा भेंडाहरूलाई खुवाऊ।
प्रत्येक व्यक्तिको काम देखिनेछ किनभने त्यस दिनद्वारा नै सफासँग त्यो देखाइनेछ। त्यो दिनआगोसँग आउनेछ अनि प्रत्येकको कामको गुणस्तरको परख आगोले लिनेछ।
“जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरुलाई यसर्थ सकेसम्म चेष्टा गर। तिमीहरुको हृदय अनि जीवनलाई परिवर्तन गर।