Home Bibles उत्पत्ति 27:35 · नेपाली बाइबल
उत्पत्ति 27:35 · नेपाली बाइबल

इसहाकले भने, “तेरो भाइले मसित ध्रूत्याइँ गर्यो। त्यो आयो अनि तैंले पाउने आशीर्वाद लिएर गयो।”

Cross references

उत्पत्ति 27:19

याकूबले आफ्नो बुबालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले जे भन्नुभयो मैले त्यही गरें। अब उठ्नुहोस् अनि मैले शिकार गरी मारेको मृगको मासुको स्वाद चाख्नु होस् ताकि तपाईंले मलाई आशिष दिनुहुन्छ।”

उत्पत्ति 29:25

बिहान याकूबले चाल पायो राती ऊसित सुत्ने स्त्री लेआ थिइन्। याकूबले लाबानलाई भने, “तपाईंले मलाई किन झुक्याउनु भयो। मैले तपाईंको धेरै सेवा गरें जसले गर्दा म राहेललाई विवाह गर्न पाऊँ। तपाईंले मलाई किन झुक्याउनु भयो?”

2 राजा 10:19

अहिले नै बालका सबै पूजाहारीहरू अनि अगमवक्ताहरूलाई बोलाऊ। अनि सँगसँगै बालको पूजा गर्ने सबै मानिसहरूलाई बोलाऊ। कोही पनि मानिसहरु यस सभामा नछुटुन्। म बाललाई साह्रै ठूलो बलि चढाउँनेछु। म कुनै पनि मानिसलाई मार्ने छु जो यस सभामा उपस्थित हुँदैनन्।”तर येहू तिनीहरू सँग छल गर्दै थिए। येहू बालका उपासकहरूलाई नष्ट पार्न चाहन्थे।

अय्यूब 13:7

के तिमीहरू परमेश्वरसित झूटो बोल्छौ? के तिमीहरू विश्वास गर्छौ कि तिमीहरूका झुटा कुराहरू परमेश्वरले चाहनु भएका कुराहरू हुन्छ?

मलाकी 2:10

हामी सबैको एउटै पिता हुहुन्छ। उनै परमेश्वकले हामी सबैलाई बनाउँनु भयो। यसकारण मानिसहरूले आफ्नो भाइलाई किन ठग्छ? उनिहरूले करार को पालनानगरेको प्रकट गर्छन्। उनीहरूले त्यो करारलाई लागु गर्दैनन् न त हाम्रा पिता-पुर्खाहरूले परमेश्वरसंग गरे।

रोमी 3:7

कुनै मानिसले भन्न सक्ला, “जब म झुटो बोल्छु, यसले परमेश्वरलाई अझै बडी महिमा दिँदछ, किनभने मेरो झूटले परमेश्वरको सत्यलाई प्रकट गर्दछ। यसकारण म किन पापीको रूपमा न्याय गरिनु?”

2 कोरिन्थी 4:7

परमेश्वरले हामीलाई यो धन दिनुभयो। तर हामी यस्तो धन राख्न माटाका भाँडाहरू जस्ता मात्र छौं। यसले बझाँउछ कि यो महान शक्ति परमेश्वरबाट हो, हामीबाट होइन।

1 थिस्सलोनिकी 4:6

यस विषयमा तिमीहरू कसैले ख्रीष्टमा भएका भाइसँग भूल काम गर्नु हुँदैन अनि तिनको शोषण गर्नु हुँदैन। यस्तो कुकर्मीहरूलाई परमप्रभुले दण्ड दिनुहुनेछ। यसबारे पहिल्यै भनिसकेका छौं र चेताउनी पनि दिइसकेका छौं।

Interlinear

Choose Theme