लेआका आँखाहरू सुन्दर थिए तर राहेल मनमोहक र सुन्दरी थिइन्।
Cross references
तिनी मिश्र देशमा पस्न मात्र लागेका थिए, तिनले आफ्नी पत्नी साराईलाई भने, “हेर, म जान्दछु तिमी सुन्दरी नारी छ्यौ।
तिनी अत्यन्तै सुन्दरी तरूणी थिइन जो सँग कुनै मानिस सुतेका थिएनन्। तिनी आफ्नो गाग्रीमा पानी भर्न कूवाको नजिक आइन्।
तब याकूबले भने, तिनी कुशलै त होलान्?”तिनीहरूले भने, “तिनी कुशलै छन्। अनि सबै कुराहरू राम्रै छन्। हेर, उनकी छोरी राहेल भेडाहरू लिएर आइरहेकीछिन्।”
लाबानकी दुईवटी छोरीहरू थिए। जेठीको नाउँ लेआ अनि सानी चाँहि राहेल थिइन्।
याकूबले राहेललाई माया गर्दथ्यो। याकूबले लाबानलाई भने, “म सात वर्ष सम्म तपाईंको सेवा गर्छु यदि तपाईंले आफ्नी छोरी राहेलसित मेरो विवाह गर्ने अनुमति दिनु भयो भने।”
राहेलले अनुभव गरिन् उनले याकूबको निम्ति कुनै नानी जन्माउनु सकेकी थिइन। यसर्थ ऊ आफ्ना दिदीसित डाही भई। यसर्थ राहेलले याकूबलाई भनी, “मलाई नानी दिनु होस् नत्र म मर्नेछु।”
त्यसपछि परमेश्वरले राहेलको प्रार्थना सुन्नु भयो अनि राहेललाई नानीहरू जन्माउनु सम्भव गराई दिनु भयो।
राहेललाई एप्रात जाने बाटोमा नै गाडियो। (एप्रात नै बेतलेहेम हो)।
राहेलका छोराहरूः यूसुफ र बिन्यामीन।
यसैले पोतीफरले यूसुफलाई आफ्नो घरको प्रत्येक चीजको जिम्मावारी लगायो। पोतीफरले कुनै कुराको चिन्ता गर्दैनथ्यो ऊ खाली आफ्नो भोजनको विषयमा मात्र चिन्ता गर्दथ्यो।यूसुफ अत्यन्तै सुन्दर र राम्रो थियो।
याकूबसित उसकी पत्नी राहेलबाट जन्मेको छोरो बिन्यामीन थियो। (यूसुफ पनि राहेलबाट नै जन्मेको हो तर ऊ अघिदेखि नै मिश्र देशमा थियो।)
पद्दनआरामबाट यात्रा गेरपछि राहेलको मृत्यु भयो जसले मलाई अत्यन्तै शोकाकुल पार्यो। तिनी कनानमा मरिन् हामीहरू अझै एप्रातपट्टी यात्रा जारी राख्यौ। मैले तिनलाई एप्राततिर जाने बाटो छेउमा गाडें। (एप्रात नै बेतलेहेम हो)”
आज तपाईंले मबाट बिदा भएर जानु भएपछि बिन्यामिनीको सिमानामा भएको राहेलको चिहाननेर सेलमहमा दुइजना मानिसहरू भेट्टाउनु हुनेछ। ती दुइजना मानिसहरूले भन्नेछन्, ‘तपाईंले खोजिरहनु भएको गधाहरू कसैले पाएको छ। तपाईंका पिता गधाहरूबारे चिन्तित हुन छाडेर तपाईंको निम्ति सुर्ता गर्दै भन्दै हुनुहुन्छ, अब म मेरो छोराको लागि के गरूँ?”‘
आकर्षण र सौन्दर्य क्षणिक वस्तुहरू मात्र हुन्, तर जो स्त्रीले परमप्रभुको डर मान्छे उसको प्रशंसा गर्नु पर्छ।
परमप्रभु भन्नुहुन्छ “रामामा एउटा चर्को रूवाई शोकको आवाज सुनियो। राहेल आफ्ना नानीहरूका लागि रूनेछिन राहेललाई सान्त्वना दिनु सकिदैन किनभने उनका नानीहरू मरेका छन्।”
“रामामा एउटा स्वर सुनियो, रूवाबासी र आलाप-विलापको, राहेलले आफ्ना बालकहरूको लगि विलाप गरिरहेकी थिइन; शान्त बन्न तिनले अस्वीकार गरिन् किनकि, तिनका बालकहरू अब जीवित थिएनन्।”