Home Bibles न्यायकर्ता 6:17 · नेपाली बाइबल
न्यायकर्ता 6:17 · नेपाली बाइबल

तब गिदोनले परमप्रभुलाई भने, “यदि तपाईं मसित खुशी हुनुभयो भने तपाईं साँच्चै नै परमप्रभु हुनुहुन्छ भनी मलाई प्रमाण दिनु होस्।

Cross references

उत्पत्ति 15:8

तर अब्रामले भने, “हे परमप्रभु मेरा मालिक, यो भूमि मैले नै पाउनेछु भनी म कसरी थाहा पाउन सक्छु?”

प्रस्थान 4:1

तब मोशाले परमेश्वरलाई भने, “तर इस्राएलीहरूले मलाई विश्वास गर्ने छैनन जब म तिनीहरूलाई भन्छु तपाईंले मलाई पठाउनु भयो। तिनीहरू भन्ने छन्, परमप्रभु तिमीअघि प्रकट भएनन्?”

प्रस्थान 4:8

तब परमेश्वरले मोशालाई भन्नुभयो, “यदि मानिसहरूले तिमीलाई विश्वास गर्दैन जब तिमी हिंडने लहुरो उपयोग गर्छौ जब तिमी तिनीहरूलाई यो संकेत देखाउँछौ, तिनीहरूले तिमीलाई विश्वास गर्नेछन्।

प्रस्थान 33:13

यदि मैले तपाईंलाई साँच्चै खुशी पारेको भए मलाई तपाईंका तरीकाहरू बताउनु होस्। म तपाईंलाई जान्न चाहन्छु। तब म तपाईंलाई नित्य प्रसन्न पारिराख्छु। स्मरण रहोस् यी सबै मानिसहरू तपाईंका हुन्।”

प्रस्थान 33:16

नत्र हामीहरू कसरी थाहा पाउँछौं तपाईं ती मानिसहरू र मसंग खुशी हुनुहुन्छ। यदि तपाईं हामीसित जानु भएन भने ती मानिसहरूका लागि म र अरू मानिसहरूमा केही भिन्नता रहेन।”

न्यायकर्ता 6:36

तब गिदोनले परमेश्वरलाई भने, “तपाईंले भन्नुभयो कि तपाईंले मलाई इस्राएलका मानिसहरूलाई बचाउँन सहायता गर्नु हुनेछ। मलाई प्रमाण दिनु होस्।

2 राजा 20:8

हिजकियाहले यशैयाहलाई भने, “परमप्रभुले मलाई निको पार्नुहुनेछ त्यसको संकेत के हुनेछ अनि मैले तेस्रो दिन माथि परमप्रभुको मन्दिरमा जानु पर्नेछ?”

भजनसंग्रह 86:17

परमेश्वर, तपाईंले मलाई साथ दिएको संकेत दिनुहोस्। मेरो शत्रुहरूले त्यो संकेत हेर्नेछन् अनि तिनीहरू असन्तुष्ट हुनेछन्। त्यसले तपाईंले मेरो प्रार्थना सुन्नु भएको बुझाउँछ अनि मलाई तपाईंले सहायता दिनु हुनेछ।

यशैया 7:11

परमप्रभुले भन्नुभयो, “यो कुरा साँच्चो हो भनी प्रमाण गर्नलाई कुनै त्यस्तो एउटा चिन्ह माँग। तिमीले आफ्नो इच्छा अनुसारको चिन्ह माग्न सक्छौ। त्यो चिन्ह सियोल जस्तै गहिरो, अथवा आकाश जतिकै उचाईबाट आउन सक्छ।”

यशैया 38:7

यो परमप्रभुबाट संकत हो जसले देखाउँदछ कि उहाँले भन्नु भएका कुराहरू नै गर्नु हुनेछ।

Interlinear

Choose Theme