म भेडको ऊन ढीकीमाराख्नेछु। यदि भेडको ऊनमा मात्र शीत परेर सबै भूइँहरू सुक्खा रहेको भए म बुझ्ने छु कि तपाईंले भन्नु भए जस्तै इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति तपाईंले मेरो प्रयोग गर्नु हुनेछ।”
Cross references
म विशेष एउटा चिन्हको निम्ति हेरिरहनेछु जसद्वारा म जान्न सकूँ कुन चाँहि केटी इसहाकको निम्ति असल हुन सक्छे। यो एउटा विशेष चिन्ह होः म कन्यालाई भन्नेछु ‘दया गरी पानीको गाग्री तल राख म पानी पिउन सकूँ।’ जब त्यस कन्याले भन्छिन्, ‘लौ पानी खाऊ, म तपाईंको ऊँटलाई पनि पानी दिन्छु,’ तब मलाई यो पक्का हुन्छ त्यो कन्या इसहाकको निम्ति योग्य छे। यदि यस्तो भयो तपाईंले प्रमाणित गराई दिनु हुन्छ त्यो कन्या इसहाकको निम्ति योग्य हुन्छे अनि म पनि यो सम्झनेछु तपाईंले मेरा मालिक अब्राहामको निम्ति दया गर्नु भयो।”
मेरा शिक्षाहरू झरी झैं पर्नेछन्। भूइँमा खस्ने तुषारो जस्तै झर्नेछन् नरम घाँसमा पर्ने पानी जस्तै झर्नेछन् हरिया बोटहरूमा पानी झैं पर्नेछन्।
खेतहरूमा पानी वर्षे जस्तै, धर्तीमा पानी झरी जस्तै राजा बनोस्।
परमेश्वरले आज्ञाहरू याकूबलाई दिनुभयो, परमेश्वरले आफ्ना नियमहरू र कानूनहरू इस्राएल लाई दिनुभयो।
आऊ, हामी परमप्रभुलाई चिनौं, हामी परमप्रभुलाई चिन्ने प्रयन्त गरिरहौं। उहाँको आगमन प्रभात झैं निश्चय छ। उहाँ हामीकहाँ जमीनलाई भिजाउने आखिरी वर्षा झैं आउनु हुनेछ।”
म इस्राएलको निम्ति शीत झैं बन्नेछु। इस्राएल लिली फूल झैं फुल्नेछ। लबानोन झैं त्यसको जरा फैलनेछ।
येशूले यी बाह्रजना प्रेरितहरूलाई आज्ञा दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई राज्यको विषयमा प्रचार गर्न भनी पठाउनुभयो। येशूले भन्नुभयो, “गैर यहूदूहीरूकहाँ नजाऊ। सामरीहरूका शहरहरूमा पनि नजाऊ।
येशूले भन्नुभयो, ‘इस्राएलका हराएको भेडाको निम्ति मात्र जानु भनी परमेश्वरले मलाई पठाउनु भएको हो।’