Home Bibles ☰ Books अय्यूब 42:6 · नेपाली बाइबल
अय्यूब 42:6 · नेपाली बाइबल

अनि परमप्रभु, म स्वयं नै लज्जित भएँ। परमप्रभु, म अत्यन्त दुःखी छु। मैले जे गरें त्यसको पश्चातापका निम्ति मैले आफैलाई धूलो र खरानीले पुर्दैछु।”

Cross references

लेवी 13:12

“यदि त्यो चर्मरोग शरीर भरी टाउकोदेखि खुट्टासम्म फैलिएको छ भने

1 राजा 21:27

जब एलियाले उसको भाषण शेष गरे, आहाबले उसको खिन्नता प्रगट गर्नका निम्ति आफ्नो वस्त्रहरू च्याते। तब उनले विशेष शोकको लुगा लगाए। उसले उपबास गरे अनि ती विशेष लुगाहरूमा सुते। आहाब साँच्चै साह्रै खिन्न अनि उदास थिए।

एज्रा 9:6

र मैले भने”हे मेरो परमेश्वर, तपाईं प्रति मेरो अनुहार उठाउनु होस हे परमेश्वर, म अत्यन्तै लज्जित एवं घबराहट् छु तपाईंलाई माथिहेर्न।

एस्तर 4:1

मोर्दकैले त्यहाँ भएका सबै घटनाहरू थाहा पाए। यसर्थ मोर्दकैले आफ्ना वस्त्रहरू च्याते अनि भाङ्गारा लगाएर आफैं माथि खरानी छर्किए। त्यस पछि तिनी शहरको बीचमा गए अनि कष्टमा जोडले रोए।

अय्यूब 2:8

यसैले जहाँ खरानी थुपारिएको थियो त्यहाँ अय्यूब बसे। माटोको खपेटा लिएर आफ्नो घाउहरू कन्याउन थाले।

अय्यूब 9:31

परमेश्वरले मलाई हिलो भएको खाडलमा धकेल्नु हुन्छ। तब मेरो लुगाहरूले पनि मलाई घृणा गर्नेछन्।

अय्यूब 30:19

परमेश्वरले मलाई हिलोमा जाकि दिनु भयो र म धूलो र खरानी जस्तै भएकोछु।

अय्यूब 40:3

तब अय्यूबले परमेश्वरलाई जवाफ दिंदै भनेः

अय्यूब 40:4

“म तपाईंसित बात गर्ने अत्यन्तै तुच्छ हुँ। म तपाईंलाई के भन्न सक्छु? म तपाईंलाई जवाफ दिन सक्तिन। म आफ्नो मुखमा हात राखी बस्नेछु।

भजनसंग्रह 51:17

जुन बलि परमेश्वरले चाहनु हुन्छ त्यो विनम्र आत्मा हो। हे परमेश्वर, जो-जो विनम्र अनि समर्पित हृदय लिएर आउँदछन्, तपाईं उनीहरू देखि मुख फर्काउनु हुन्न!

यशैया 5:5

अब म तिमीहरूलाई भन्नेछु, म मेरो अङ्गरको बगैंचालाई के गर्नेछु। म सबै बारहरू उखेल्नेछु। अनि तिनीहरूलाई जलाउनेछु। म ढुङ्गाका पर्खालहरू भत्काउने छु अनि ती ढुङ्गाहरूमाथि हिँड्नेछु।

यशैया 58:5

के तिमीले त्यो खास दिनहरूमा बसेका उपवास र शरीरलाई दिएको कष्ट हेर्न म चाहन्थे र? के म मानिसहरू उदास भएको हेर्न चाहन्छु भनेर तिमीहरू सोच्दछौ? के तिमीहरू सोच्दछौ कि म मानिसहरू मृत मानिसहरू झैं झुकेका र उदासी पोषाकहरू लगाएको हर्ने चाहन्छु? मानिसहरू खरानीमाथि बसेर आफ्नो शोक प्रदर्शन गरेको हेर्न म चाहन्छु? त्यसैको लागि त तिमीहरू त्यस खास दिनहरूमा उपवास बसेका थियौ। के तिमीहरू सोच्दछौ कि परमप्रभुले नै त्यस्ता चाहेका हुन?

यर्मिया 31:19

परमप्रभु, “म तपाईं देखि भडकिएर टाढा भएँ। तर आफूले गरेका अनिष्ट कुराहरूबाट मैले शिक्षा पाएँ। यसकारण मैले मेरो हृदय र जीवन बद्लिएँ आफू युवावस्थामा हुँदा आज्ञानतावश गरेको कामहरूले गर्दा म लज्जित र व्याकुल भएँ।”‘

Interlinear

Choose Theme