Home Bibles उत्पत्ति 12:8 · नेपाली बाइबल
उत्पत्ति 12:8 · नेपाली बाइबल

त्यसपछि अब्रामले त्यस ठाउँ छाडी बेतेलको पूर्वको पहाडतिर यात्रा गरे अनि तिनले त्यहीं आफ्नो पाल बनाए। त्यस ठाउँबाट बेतेल पश्चिममा थियो र ऐ शहर पूर्वमा पर्थ्यो। तिनले त्यस ठाउँमा परमप्रभुको निम्ति वेदी बनाए अनि परमप्रभुको उपासना गरे।

Cross references

उत्पत्ति 4:26

सेतको पनि एउटा छोरो भयो जसको नाउँ एनोश थियो। यही समयदेखि मानिसहरुले परमप्रभुलाई विश्वास गर्न थाले।

उत्पत्ति 8:20

त्यसपछि नूहले परम्मप्रभुको निम्ति एउटा वेदी उभ्याए र उनले केही पवित्र पशुहरु र पवित्र चराहरु परमप्रभुको निम्ति वेदीमा होमबलि चढाए।

उत्पत्ति 13:4

त्यहाँ पाल बनाएका थिए अनि वेदी पनि बनाएका थिए। यसर्थ अब्रामले त्यहाँ परमप्रभुलाई उपासना गरे।अब्राम अनि लूत छुट्टीए

उत्पत्ति 21:33

अब्राहामले बर्शेबामा एक विशेष रूख रोपे। त्यस भूमिमा अब्राहामले परमप्रभु परमेश्वर जो संधै जीवित हुनुहुन्छ उहाँसित प्रार्थना गरे।

उत्पत्ति 26:25

यसर्थ त्यस ठाउँमा इसहाकले एउटा वेदी बनाए अनि परमप्रभुको आराधना गरे। इसहाकले त्यहाँ एउटा पाल अनि त्यहाँ उसका नोकरहरूलाई एउटा कूवा पनि खनाए।

उत्पत्ति 28:19

पहिला त्यस ठाउँको नाउँ लूज थियो तर याकूबले त्यसको नाउँ बेतेल राखे।

उत्पत्ति 31:25

अर्को दिन बिहानै लाबानले याकूबलाई पक्रिए। याकूबले पर्वतमाथि आफ्नो पाल लगाएको थियो। यसर्थ लाबान अनि उनका मानिसहरूले पनि गिलादको पहाडी ठाउँमा पाल हाले।

उत्पत्ति 33:20

त्यहाँ उसले एउटा वेदी बनायो अनि त्यसको नाउँ “एल” इस्राएलका परमेश्वर’ राख्यो।

उत्पत्ति 35:3

हामीहरू यो ठाउँ छोडेर बेतेल जानेछौ, अनि त्यहाँ आफ्नो परमेश्वरको निम्ति एउटा वेदी बनाउनेछौ। उहाँ मेरो उही परमेश्वर हुनुहुन्छ जसले मेरो प्रत्येक कष्टमा सहायता गर्नुहुन्छ, अनि म जहाँ जान्छु मसँगै हुनुहुन्छ।”

उत्पत्ति 35:7

याकूबले त्यहाँ एउटा वेदी बनाएर त्यस ठाउँको नाउँ “एल-बेतेल” राख्यो। याकूबले त्यस ठाउँको नाउँ त्यही रोजे कारण जति बेला ऊ आफ्नो दाज्यू देखि भाग्दै थियो परमेश्वरले त्यहीं दर्शन दिनु भएको थियो।

उत्पत्ति 35:15

यो ठाउँ एउटा विशेष ठाउँ भयो किनभने यहाँ परमेश्वरले याकूबसित कुरा गर्नु भएको थियो। याकूबले यस ठाउँको नाउँ बेतेल राख्यो।

प्रस्थान 17:15

तब मोशाले त्यहाँ एउटा वेदी बनाए। उनले यसको नाउँ दिए, “परमप्रभु मेरो झण्डा हो।”

यहोशू 7:2

यरीहोलाई परास्त गरे पछि यहोशूले केही मानिसहरूलाई ऐ शहरमा पठाए। ऐ शहर बेतेलको पूर्वतर्फ बेत-आवनको नजिकमा थियो। यहोशूले तिनीहरूलाई भने, “ऐ शहरमा जाऊ अनि त्यो क्षेत्रमा भएका कमजोरीहरूको पत्तालगाऊ।” यसकारण ती मानिसहरू त्यस स्थानमा जासूस गर्न गए।

यहोशू 8:3

यसर्थ यहोशू अनि सबै सेनाहरूले ऐलाई आक्रमण गर्न तयार भए। यहोशूले अति योग्य 3,000 योद्धाहरू छाने अनि तिनीहरूलाई राती नै पठाई दिए।

यहोशू 8:17

ऐ अनि बेतेलका समस्त मानिसहरूले इस्राएलका सेनालाई खेदे। शहर खुल्ला छाडियो कोही पनि शहरको रक्षा गर्न बसेनन्।

यहोशू 8:30

तब यहोशूले परमप्रभु, इस्राएलका परमेश्वरका निम्ति एबाल पर्वतमा एउटा वेदी निर्माण गरे।

यहोशू 18:22

बेत-अराबा, समारैम, बेतेल,

यहोशू 22:10

रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरू गलीलोत नामक स्थानमा गए। यो यर्दन नदीको छेऊ कनान देश भित्र थियो। त्यहाँ तिनीहरूले सुन्दर बेदी निर्माण गरे।

न्यायकर्ता 6:24

यसर्थ गिदोनले परमप्रभुको आराधना गर्न त्यस स्थानमा एक वेदी निर्माण गरे। गिदोनले त्यो वेदीको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ राखे।” त्यो वेदी अझ सम्म ओप्रा शहरमा छँदैछ। ओप्रा त्यो ठाउँ हो जहाँ अबीएजरका परिवार बस्छन्।गिदोनले बालको वेदी ढालि दिन्छन्

नहेम्याह 11:31

बिन्यामीनका केही मानिसहरू गेबा, मिकमाश, अय्या, बेतेल अनि त्यसका वरिपरिका स-साना गाउँहरूमा बसे।

भजनसंग्रह 116:4

तब मैले परमेश्वरको नाउँ डाकें। मैले भने, “परमप्रभु, मलाई बचाउनु होस्!”

यशैया 10:28

सेनाहरू अय्यातनजिक प्रवेश गर्नेछन्। तिनीहरू मिग्रोनबाट भएर जानेछन्। सेनाले आफ्नो भोजनहरू मिकमाशमा राखेका छन्।

योएल 2:32

अनि हरेक मानिस जसले परमप्रभुको नाउँ पुकर्छ उसलाई बचाइनेछ। किनकि परमप्रभुले भन्नु भए अनुसार त्यहाँ बाँचेकाहरु सियोन डाँडा र यरूशलेममा हुनेछन्। यो ठिक परमप्रभुले भन्नु भए जस्तै हुनेछ। बाँचेहरुको बिचमा तिनीहरु हुनेछन् जसलाई परमेश्वरले बोलाउनु हुनेछ।

प्रेरित 2:21

अनि हरेक मानिस ज-जसले परमप्रभुमाथि विश्वास गर्नेछ बचाइनेछ।’

रोमी 10:12

किनभने यहूदी र गैर-यहूदीहरूमा भिन्नता छैन। उहाँनै परमप्रभु सबैका लागि प्रभु हुनुहुन्छ। ज-जसले उहाँमा विश्वास राख्दछ ती सबैलाई उहाँ पूर्ण आशिष दिनुहुन्छ।

1 कोरिन्थी 1:2

कोरिन्थमा भएका परमेश्वरको मण्डली जसलाई ख्रीष्ट येशूमा पवित्र गराइएका छन्, औ जसलाई परमेश्वरले उहाँको पवित्र मानिसहरू हुन बोलाउनु भएको छ। तिमीहरूलाई पनि प्रत्येक ठाउँका अरू सबै मानिसहरूसँगै बोलाइएको छ, जसकोमा ख्रीष्टमाथि विश्वास छ-जो हाम्रो तथा तिनीहरूका परमप्रभु हुनुहन्छ।

Interlinear

Choose Theme