तब मैले परमेश्वरको नाउँ डाकें। मैले भने, “परमप्रभु, मलाई बचाउनु होस्!”
Cross references
जब तिनी माथि यी दुःख कष्ट आई पर्यो तब मनश्शेले तिनका परमप्रभु परमेश्वरबाट सहायताको निम्ति बिन्ती गरे। मनश्शेले आफ्ना पुर्खाहरूका परमेश्वर समक्ष स्वयंलाई बिनम्र तुल्याए।
परमप्रभु, फेरि फर्की आउँनुहोस् र मलाई बलियो बनाउनुहोस! तपाईं अत्यन्त दयालु हुनुहुन्छ, यसैले मलाई बचाउनुहोस्।
मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने होइनन्। मृत्युको घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन्। यसैले मलाई निको पार्नुहोस्!
म पासोमा फसें, मैले सहयोगको लागि परमप्रभुलाई बोलाएँ। हो, मैले परमेश्वरलाई बोलाएँ। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थयो उहाँले मेरो स्वर सुन्नभयो। उहाँले मेरो विलापमा गोहारेको सुन्नुभयो।
हे मेरो परमेश्वर, हे मेरो परमेश्वर! किन मलाई छाडनुभयो? मलाई बचाउन तपाईं किन यति टाढा हुनुहुन्छ! तपाईं मेरो विलौना, गुहार सुन्नलाई कति टाढा हुनुहुन्छ!
हे परमप्रभु, मेरो प्राण तरवारबाट बचाउँनुहोस्। मेरो बहुमूल्य प्राण ती कुकुरहरूबाट जोगाई दिनुहोस्।
मेरा संकटहरूबाट मलाई मुक्ति दिनुहोस्। मेरो समस्याहरू समाधान गर्न साथ दिनुहोस्।
हे, परमप्रभु जब तपाईं मप्रति कृपालु हुनुहुन्थ्यो मैले अनुभव गरें कसैले पनि मलाई पराजित गर्न सक्ने छैन! जब तपाईंले मबाट मुख फर्काएर जानुभयो, म डराएँ र कामे।
यस दुःखी मानिसहले उहाँको पाउनलाई परमप्रभुलाई बोलायो। अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो। उहाँले मलाई सबै संकटहरूबाट बचाउनुभयो।
दुष्ट मानिसहरू मेरो चारैतिर थुप्रेका छन्। तिनीहरू अनगन्ती छन्! मेरा पापहरूले मलाई पक्रियो, अनि म तिनीहरूबाट भाग्न सक्तिन। तिनीहरू मेरो टाउकोको केशभन्दा पनि धेरै छन्। मैले मेरो आँट हराएको छु।
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकारा गर म सहयोग गर्नेछु। अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”
म संकटहरूमा फँसेको थिएँ। यसैले सहायताको निम्ति मैले परमप्रभुलाई डाकें। परमप्रभुले त्यसको जवाफ दिनुभयो अनि मलाई मुक्त पार्नुभयो।
हे परमप्रभु, म गहीरो संकटमा छु। यसैकारण म तपाईंलाई गुहार मान्छु।
मैले वरिपरि हेरें, अनि म मेरो कुनै पनि साथीहरूलाई हेर्दै हेर्दिन। मेरो भाग्ने ठाउँ कतै छैन। कसैले पनि मलाई बचाउने प्रयास गर्दैन।
परमप्रभु, म मेरो पाखुराहरू उठाएर तपाईंलाई प्रार्थना गर्दछु। बाँझो धर्तीले वर्षा पर्खे जस्तै म तपाईंको साथ पर्खिरहेछु,।
हिजकियाहले परमप्रभुसित प्रार्थना गर्दै भने,
त्यसबेला, हिजकियाह बिमार भए अनि मृत्युको मुख सम्म पुगे। आमोसको छोरो अगमवक्ता यशैया उनलाई हेर्न गए।यशैयाले राजालाई भने, “तिमीलाई यी कुराहरू भन्नु परमप्रभुले मलाई भन्नुभयो ‘तिमी चाँडै मर्नेछौ। यसैले तिमीले तिम्रो सन्तानहरूलाई तिमी मरे पछि के गर्नु पर्ने बताउनु पर्छ। तिमी निको हुने छैनौ।”‘
“त्यो महसूल उठाउने एक्लै अलि पर उभिरहेको थियो। जब त्यसले प्रार्थना गरयो, त्यसले स्वर्गपट्टी पनि हेरेन। त्यसले परमेश्वरको अघि आफूलाई अति तुच्छ पायो। त्यसले भन्यो, हे परमेश्वर, म प्रति दया गर्नुहोस्। म एउटा पापी हुँ।
त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू! जब तपाईं राजा भएर शासन गर्नुहुन्छ त्यसबेला मलाई सम्झनु होस्।”
येशू अनि उहाँका चेलाहरूलाई पनि त्यहाँ निम्तिाइएको थियो।