अब्राहाम त्यस ठाउँ छाडी नेगेब गए। अनि तिनी गरार शहरमा बसे। यो शहर कादेश र शूरको बिचमा पर्छ।
Cross references
कनानी मानिसहरुको भूमिको सिमाना उत्तरमा सीदोनदेखि दक्षिणमा गरारसम्म, पश्चिममा गाजादेखि सदोमसम्म र पूर्वमा गमोरा, अदाम र सबोयीमदेखि लाशासम्म थियो।
तब अब्रामले यहूदाको दक्षिणी मरूभूमि इलाका नेगेबपट्टि आफ्नो यात्रा शुरू गरे।
अब्रामले उसकी पत्नी, भतिजो लूत अनि तिनीसंग भएका अन्य सबै वस्तुहरू लिएर नेगेब हुँदै मिश्र देश छोडे।
त्यसपछि राजा कदोर्लाओमेर एनमिशपात (कादेश) फर्किए अनि हस्सोन्तामारमा बोसो-बास गर्ने अमालेकी अनि अमोरीहरूलाई परास्त गरे।
साराई अब्रामकी पत्नी थिइन्, तर ती दुइ जनाको कुनै सन्तान भएन। साराईकी एउटी कमारी थिई, जसको नाउँ हागार थियो त्यो मिश्रकी थिई।
परमप्रभुको र्स्वग दूतले हागारलाई मरूभूमिमा पानीको स्रोतनेर भेटे। त्यो पानीको स्रोत शूर जाने बाटोनिर थियो।
यसैले त्यस पानीको स्रोतको नाउँ बेर-लहै-रोइ राखियो। त्यो स्रोत कादेश र बेरेदको बीचमा छ।
पछि फेरि परमप्रभुले अब्राहामलाई दर्शन दिनु भयो। अब्राहाम मम्रेको फलाँटको रूखको नजिक बस्दै थिए। एकदिन, दिउँसो एकदमै गर्मीको समयमा अब्राहाम पालको ढोकामा बसेका थिए।
अनि अब्राहाम बाहिरको मानिस जस्तो भएर धेरै वर्षसम्म पलिश्तीहरूको देशमा बसे।
त्यस बेला इसहाकले बेर-लहै-रोई छोडेर नेगेवमा बस्न शुरू गरेको थियो।
एकपल्ट त्यहाँ अनिकाल भयो। यो अनिकाल पनि त्यस्तै प्रकारको थियो जुन अब्राहामको समयमा भएको थियो। यसर्थ इसहाक गरार शहरमा पलिश्ती राजा अबीमेलेककहाँ गए।
इसहाक गरारमै बसे।
तर जो मानिसहरूले गरार बेंसीमा भेडा चराउँथे, तिनीहरूले इसहाकका गोठालासित झगडा गरे। तिनीहरूले भने, “यो पानी हाम्रो हो।” यसर्थ इसहाकले त्यस कूवाको नाउँ एसेक राखे। उनले त्यस कूवाको नाउँ त्यसकारण राखे किनभने त्यही जग्गामा ऊसित ती मानिसहरूले झगडा गरेका थिए।
अबीमेलेक इसहाकलाई भेट्न गरारबाट आए। तिनीसंग आफ्नो सल्लाहकार अहुज्जत र सैन्य सेनापनि पीकोललाई पनि ल्याएको थिए।
पारान मरूभूमिको कादेश भन्ने ठाँउमा जहाँ मोशा, हारून र सबै इस्राएली मानिसहरूलाई भेला भएर बसेका थिए अनि तिनीहरूको खबर तिनीहरूकहाँ ल्याए अनि तिनीहरूलाई त्यस भूमिको फल देखाए।
तर हामीले परमप्रभुलाई सहायता माग्यौं। परमप्रभुले हाम्रो बिन्ति सुन्नु भयो र एउटा स्वर्गदूत हामीकहाँ पठाउनु भयो, परमप्रभुले हामीलाई मिश्र देशबाट बाहिर ल्याउनु भएको छ।“अहिले हामी तपाईंको सिमान कादेशमा छौं।
“तब परमप्रभु हाम्रा परमेश्वरको आज्ञा मानेर हामीले होरेब पर्वत छाडी एमोरी मानिसहरूको पहाडी देशको यात्रा गर्यौ अनि तिमीहरूले देखेको विशाल अनि भयंकर मरूभूमि भएर कादेश बर्नेमा पुग्यों।
किन? किनभने जब तिमी सीनको मरूभूमिमा कादेशको नजिक मरीबा पानीमा थियौ तब तिमी दुवैले मेरो विरूद्ध इस्राएलीहरूको अघि पाप गरेको थियौ। तिमीले मेरो सम्मान गरेनौ अनि ‘म पवित्र हुँ, भनी मानिसहरूलाई बुझाएनौ।
शाऊलले अमालेकीहरूलाई हराए, तिनले हवीलाबाट शूरतक मिश्रको सीमानासम्म अमालेकीहरूलाई खद्दै गए।
आसाका सेनाले कूशी सेनाहरूलाई गरार शहर सम्म खेदेर लगे। यति बिघ्न कुशी सेनाहरू मारिए कि तिनीहरू फेरि लड्नका निम्ति सेनाका रूपमा एकत्रित हुन सकेनन्। तिनीहरूलाई परमप्रभु अनि उहाँका सेनाले कुल्चि दिए। आसा अनि तिनका सेनाले शत्रुहरूका अनेक बहूमूल्य चीजहरू लगे।
परमप्रभुको आवाजले मरूभूमि पनि चम्काई दिन्छ। कादेशको मरूभूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ।