ती मानिसहरूले त्यो भूमिमा छाउनी थापेर बस्थे अनि इस्राएलका मानिसहरूले रोपेका बालीहरू नष्ट गरिदिन्थे। ती मानिसहरूले इस्राएलका मानिसहरूको गाजा शहर नजिकसम्मका भूमिको फसल नष्ट गरिदिए। ती मानिसहरूले इस्राएलका मानिसहरूलाई खानका निम्ति केही पनि छाडेनन्। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति कुनै भेड, वा गाइ-बस्तु वा गधाहरू पनि छाडेनन्।
Cross references
कनानी मानिसहरुको भूमिको सिमाना उत्तरमा सीदोनदेखि दक्षिणमा गरारसम्म, पश्चिममा गाजादेखि सदोमसम्म र पूर्वमा गमोरा, अदाम र सबोयीमदेखि लाशासम्म थियो।
लूतले भूमि खोजे अनि यर्दन नदीको बेंसीमा चाँहि पानी प्रशस्त भएको पाए। (यो परमप्रभुले सदोम र गमोरा ध्वंश पार्नु भन्दा अघिको कुरो हो। त्यस समयमा सोअरपट्टी यर्दनको बेंसी परमप्रभुको बगैंचा जस्तै थियो। यो भूमि मिश्रदेशको झैं राम्रो थियो।)
यदि तिमीहरूले यसो गर्छौ भने, तब म तिमीहरूमाथि भयंकर कष्टहरू ल्याउनेछु। तिमीहरूमाथि रोग तथा ज्वरो ल्याइदिनेछु। ती रोगहरूले तिम्रा आँखाहरू फुटाइ दिनेछन् अनि तिमीहरूको जीवन अन्त गराइदिनेछ। तिमीहरूले खेती गरे पनि सफल हुने छैनौ, तिमीहरूका शत्रुहरूले तिम्रा अन्न बलीहरू खाइदिनेछन्।
“स्त्री एकजना तिमीसित मगनी हुनेछ तर कोही अर्को मानिस तिनीसित लैंगिक सर्म्पक राख्नेछ। तिमीले घर बनाउने छौ तर त्यसमा बस्नु पाउने छैनौ। तिमीले अङ्गुरको खेती गर्नेछौ तर बाली उठाउन पाउने छैनौ।
मानिसहरूले तिम्रा अघिनै तिम्रा गाईहरू मार्नेछन् तर मासु खान पाउने छैनौ। मानिसहरूले तिमीहरूका गधाहरू लानेछन् तर फर्काउने छैनन्। तिमीहरूका शत्रुहरूले तिमीहरूको भेडाहरू लानेछन् तर तिमीहरूलाई बचाउँने कोही त्यहाँ हुनेछैन।
“तिमीहरूको सम्पूर्ण मेहनत र अन्नहरू एउटा अपरिचित जातिले लैजानेछ। तिमीहरूसित मानिसहरूले गाली र नराम्रो व्यवहार मात्र गर्नेछन्।
तिनीहरूले तिमीहरूका पशुहरू र बाली लानेछन्। तिमीहरूको नाश नहुञ्जेलसम्म तिनीहरूले प्रत्येक चीज लाने छन्। तिनीहरूले तिमीहरूका लागि अन्न, मद्य, तेल, गाईहरू, भेंडाहरू अथवा बाख्राहरू छोड्ने छैनन्। तिनीहरूले तिमीलाई नष्ट नगरे सम्म प्रत्येक चीज लाने छन्।
एकजना गरीब मानिस जसले अर्को गरीबमाथि अत्याचार गर्छ। ऊ एउटा मुसलधारे वर्षा जस्तै हो उसले अन्न बालि को विनाश गर्छ।
तिनीहरूले तिमीहरूका सबै अन्नहरू र खाद्य जिनिसहरू खाइदिनेछन्। तिनीहरूले तिमीहरूका सबै छोरा-छोरीहरू ध्वंस पार्नेछन्। तिनीहरूले तिमीहरूका भेंडाको बथान र गाईका बथानहरू अनि दाखका बोटहरू र नेभाराहरू खाइदिनेछन्। तिनीहरूले तिमीहरूका पक्का शहरहरू जसमा तिमीहरू भरोसा गर्थ्यौ तलवारले ध्वंस पार्नेछन्।”
जब मानिसहरूले अङ्गुर फल बटुल्छन्, तिनीहरूले केही छाडछन्। जब राती चोरहरू आउँछन् तिनीहरूलाई जति चाहिन्छ त्यति मात्र लैजान्छन्।
तिमी साँच्चै नै सर्वनाश हुनेछौ! हेर यदि कुनै चोर तिमी कहाँ आए, जब राती डाकु आए, तिनीहरू आफ्नो निम्ति यथेष्ट हुने मात्र लुटेर जानेछ। यदि तिम्रो दाखको बारीमा दाख चोर्न आए दाख टिपी सकेपछि उसले पनि आफ्नो पछाडी केही नकेही छोडेर जान्छ।
तिमीहरु आफ्नो बिऊ छर्छौ, तर तिमीहरु बाली काट्ने छैनौ। तिमीले कोलमा जैतून पेलेर तेल निकाल्छौ तर तिमीले आफ्नो शिरमा घस्न पनि तेल प्रशस्त मात्रामा पाउदैनौ। तिमी दाख पेलेर दाखरस त निकाल्छौ तर पिउन पर्याप्त हुँदैन।