Home Bibles ☰ Books उत्पत्ति 1:21 · नेपाली बाइबल
उत्पत्ति 1:21 · नेपाली बाइबल

यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरु र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरु सृष्टि गर्नुभयो। परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरु सृष्टि गर्नुभयो। पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरु परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो।

Cross references

उत्पत्ति 1:18

यसकारण उहाँले तिनीहरुलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो। यी प्रकाश पुञ्जहरुले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो।

उत्पत्ति 1:25

यसर्थ परमेश्वरले जङ्गली जनावरहरु, पाल्तू जनावर, सा-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरु सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो।

उत्पत्ति 1:31

परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो।त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।

उत्पत्ति 2:19

यसर्थ परमप्रभु परमेश्वरले जमीनका सबै पशुहरु र आकाशमा चरा-चुरूङ्गीहरु सृष्टि गरी तिनीहरुको के के नाउँ राख्दा रहेछन् भनी मानिसकहाँ पठाउनु भयो। अनि मानिसले तिनीहरुलाई जे भने तिनीहरुको त्यही नाउँ रह्यो।

उत्पत्ति 6:20

जीवन रक्षाको निम्ति प्रत्येक जातका पशु चरा र घस्रने प्राणीहरु त्यहाँ तिमीहरुसित रहनेछन्।

उत्पत्ति 7:14

ती मानिसहरु, प्रत्येक जातका भाले पोथी गरी जोडी जोडी वन पशुहरु, घरमा पालिने पशुहरु, भूँईमा घस्रने जन्तुहरु अनि प्रत्येक जातका चराहरु जहाजमा पसे।

उत्पत्ति 8:17

जहाजमा तँसँग जे जति चराहरु, पाल्तू जनावर, वनका जनावार भूमिमा घस्रने जन्तुहरु ती सब भूमिमा ओह्राल जसले गर्दा तिनीहरुले पृथ्वीमा आफ्नो सन्तान बढाउन्, पशुहरुले तिनीहरुको संख्या पृथ्वीमा बढाउन्।”

उत्पत्ति 8:19

आफ्नो-आफ्नो परिवार, प्रत्येक जनावर, घस्रने प्राणीहरु, प्रत्येक चरा जो पनि पृथ्वीमाथि हिंड्डुल गर्छन् तथा आकाशमा उड्छन् ती सबै पृथ्वीमा ओर्लिए।

उत्पत्ति 9:7

“अनि तिमीले धेरै सन्तानहरु पाउनेछौ जसले गर्दा तिम्रो जनसंख्या बढ्नेछ अनि धर्ती भर्नेछ।”

प्रस्थान 1:7

तर इस्राएलका मानिसहरूका धेरै बाल-बच्चाहरू थिए अनि तिनीहरूका सन्तान बढि नै रहे। इस्राएलका मानिसहरू शक्तिशाली भए र इस्राएलीहरूले नै मिश्र देश भरियो।

प्रस्थान 8:3

नील नदी भ्यागुताले भरिनेछ। भ्यागुताहरू नदीबाट आउने छन् अनि तिमीहरूका घरभित्र पस्नेछन्। तिनीहरूको सुत्ने कोठाहरू र ओछ्यानहरू भरि हुनेछन्। भ्यागुताहरू रोटी बनाउने भाँडाहरू अनि अधिकारीहरूका घरहरूमा भरिनेछन्।

अय्यूब 7:12

के म समुद्र हुँ अथवा समुद्री-जन्तु हुँ? परमेश्वर, किन मेरो हेरचाह गर्नु हुन्छ?

अय्यूब 12:7

तर पशुहरूलाई सोध, तिनीहरूले तिमीहरूलाई सिकाउने छन्। अथवा हावामा उड्ने चराहरूलाई सोध, तिनीहरूले तिमीहरूलाई भन्नेछन्।

अय्यूब 26:5

मरेकाहरूका आत्माहरू डरले पृथ्वी मनि पानीमा काम्दछ।

भजनसंग्रह 104:24

हे परमप्रभु, तपाईंले धेरै चकित थोकहरू गर्नुभयो। पृथ्वी त्यही थोकहरूले भरिपूर्ण भई भरिएको छ। हामी जताततै प्रत्येक थोकमा तपाईंको बुद्धिमता देख्छौं।

भजनसंग्रह 104:25

समुद्रमा हेर। त्यो कति ठूलो छ! अनगन्ती प्राणीहरूले त्यो भरिएकोछ। त्यहाँ ससाना र विशाल अनगन्ति प्राणीहरू छन्।

Interlinear

Choose Theme