प्रस्थान 8:3 · नेपाली बाइबल
नील नदी भ्यागुताले भरिनेछ। भ्यागुताहरू नदीबाट आउने छन् अनि तिमीहरूका घरभित्र पस्नेछन्। तिनीहरूको सुत्ने कोठाहरू र ओछ्यानहरू भरि हुनेछन्। भ्यागुताहरू रोटी बनाउने भाँडाहरू अनि अधिकारीहरूका घरहरूमा भरिनेछन्।
Cross references
प्रस्थान 7:11
तब राजाले त्यहाँका ज्ञानी मानिसहरू तथा जादूवालाहरूलाई बोलाए। ती मानिसहरूले आफ्नो तन्त्र-मंत्र प्रयोग गरे र हारूनले गरे जस्तै गर्न सके।
प्रस्थान 8:11
भ्यागुताहरूले तपाईं र तपाईंका मानिसहरू र अधिकारीहरूलाई छोडेर जानेछन, र भ्यागुताहरू नदीमा मात्र रहनेछन्।”
प्रस्थान 12:34
इस्राएली मानिसहरू यति हतारमा थिए तिनीहरूले रोटीमा खमीर मिसाउने समय पाएनन्। यसकारण तिनीहरूले आटा, भाडाहरूमा आफ्नो काँधमाथि बोकेर ल्याए।
भजनसंग्रह 105:30
तिनीहरूका देश भ्यागुतै भ्यागुताले भरियो। राजाका सुत्ने कोठा पनि भ्यागुताहरू भरिए।