Home Bibles उत्पत्ति 1:31 · नेपाली बाइबल
उत्पत्ति 1:31 · नेपाली बाइबल

परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो।त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।

Cross references

उत्पत्ति 1:5

परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” नाउँ दिनु भयो।साँझ पर्यो अनि बिहान भयो। यो पहिलो दिन थियो।

उत्पत्ति 1:8

परमेश्वरले त्यस बतासलाई “आकाश” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो दोस्रो दिन थियो।तेस्रो दिन - सुख्खा भूमि र उद्भिद

उत्पत्ति 1:13

साँझ पर्यो अनि बिहान भयो। यो तेस्रो दिन थियो।

उत्पत्ति 1:19

त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो चौथो दिन थियो।

उत्पत्ति 1:23

त्यहाँ साँझ पर्यो र फेरि अर्कौ बिहान भयो। यो पाँचौ दिन थियो।

उत्पत्ति 2:2

परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरुबाट विश्राम लिनुभयो।

उत्पत्ति 2:3

परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो, परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो।

प्रस्थान 20:11

किन? किनभने परमप्रभुले छ दिनमा आकाश, पृथ्वी, समुद्र अनि तिनीहरूमा भएका प्रत्येक चीज सृष्टि गर्नु लगाउनु भयो अनि सातौं दिनमा उहाँले विश्राम लिनु भयो। यस प्रकारले विश्राम दिनलाई परमप्रभुले आशीर्वाद दिनु भयो। त्यस दिनलाई परमप्रभुले विशेष दिन बनाउनु भयो।

व्यवस्था 32:4

“उहाँ चट्टान हुनुहुन्छ कारण उहाँका बाटाहरू सही छन्, परमेश्वर सत्य र विश्वास योग्य हुनुहुन्छ। उहाँ असल र इमानदार हुनुहुन्छ।

अय्यूब 38:7

जब त्यसो गरियो, बिहान ताराहरूले एकैसाथ गाए अनि दूतहरू आनन्दले कराए।

भजनसंग्रह 19:1

स्वर्गले परमेश्वरको महिमाको विषयमा बोल्छ। आकाश-मण्डले उहाँका हातबाट बनिएका राम्रा-राम्रा कुराहरूका विषयमा भन्दछ।

भजनसंग्रह 104:24

हे परमप्रभु, तपाईंले धेरै चकित थोकहरू गर्नुभयो। पृथ्वी त्यही थोकहरूले भरिपूर्ण भई भरिएको छ। हामी जताततै प्रत्येक थोकमा तपाईंको बुद्धिमता देख्छौं।

भजनसंग्रह 104:31

परमप्रभुको महिमा अनवरत अनन्त रहीरहोस्! उहाँले सृजना गर्नुभएको कुराहरूमा उहाँ आनन्दित होउन्।

उपदेशक 3:11

परमेश्वरले मानिसहरूको हृदयमा बितेको समय र आउने समयको चेतना राखि दिनुभएको छ। तर परमेश्वरले के गर्नुहुन्छ ती कुराहरू हामी पूर्णरूपले कहिल्यै बुझ्न सक्दैनौं। तर पनि परमेश्वरले हरेक कुरा उचित र उपयुक्त समयमा गर्नुहुन्छ।

विलाप 3:38

सर्वोचय परमप्रभुले नै असल र खराब दुवै घटनाहरू गराउन सक्नु हुन्छ।

1 तिमोथी 4:4

पमेश्वरले सृष्टि गर्नुभएको जुनै कुरो पनि राम्रो छ। परमेश्वरलाई धन्यवाद सहित ग्रहण गरेको कुनै कुरो पनि अस्वीकार गर्नु हुँदैन।

Interlinear

Choose Theme