Home Bibles अय्यूब 12:7 · नेपाली बाइबल
अय्यूब 12:7 · नेपाली बाइबल

तर पशुहरूलाई सोध, तिनीहरूले तिमीहरूलाई सिकाउने छन्। अथवा हावामा उड्ने चराहरूलाई सोध, तिनीहरूले तिमीहरूलाई भन्नेछन्।

Cross references

उत्पत्ति 1:21

यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरु र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरु सृष्टि गर्नुभयो। परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरु सृष्टि गर्नुभयो। पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरु परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो।

उत्पत्ति 1:25

यसर्थ परमेश्वरले जङ्गली जनावरहरु, पाल्तू जनावर, सा-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरु सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो।

अय्यूब 8:10

हुनुसक्छ बूढा-प्रधानहरूले तिमीलाई पढाउन सक्छन्। हुनसक्छ उनीहरूले जे सिकेका छन् त्यही शिक्षा दिनसक्छन्।”

अय्यूब 21:29

तर तिमीहरूले कहिल्यै यात्रीहलाई सोधेनौ अनि तिमीहरूले उनीहरूको कथाहरू पत्याएनौ।

हितोपदेश 6:6

हे अल्छी मानिस हो, तिमी एक कमिला झैं मेहनती हुनु पर्छ। हेर, कमिलाले कति मेहनत गर्छ, यसर्थ कमिलाबाट सिक।

हितोपदेश 30:24

पृथ्वीका प्राणीहरू बीचमा यी चारओटा प्राणीहरू सबै भन्दा साना छन्, तर तिनीहरू ज्ञानी मानिसहरू भन्दा बुद्धिमान् छन।

यशैया 1:3

गोरूले आफ्नो मालिकलाई चिन्छ अनि गधा आफ्नो स्वामीले दाना दिने डुँडकहाँ छ जान्दछ। तर इस्राएलका मानिसहरूले मलाई चिन्दैनन्। मेरै मानिसहरूले मलाई बुझ्दैनन्।”

यर्मिया 8:7

आकाशमा उडने चरा-चुरूङ्गीहरूले पनि आफ्नो ठीक समय जान्दछन्, अनि साँरस, ढुकुर, गौंथली कर्याङ्ग-कुरूङ्गहरूले आफ्नो नयाँ घरमा जाने समय जान्दछन् तर मेरा मानिसहरू जान्दैनन् परमेश्वरले उनीहरूबाट के चाहनु हुन्छ।

Interlinear

Choose Theme