Home Bibles एज्रा 7:8 · नेपाली बाइबल
एज्रा 7:8 · नेपाली बाइबल

राजा आर्ट-जोरसेजको शासनको सातौ वर्षमा यरूशलेमसम्म आए।

Cross references

एज्रा 8:32

अनि हामी यरूशलेम आइपुग्यौ। त्यहाँ हामीले तीनदिन विश्राम गर्यौ।

एज्रा 9:9

किनभने हामी दासहरू हौ तर हाम्रा परमेश्वरले हामीलाई हाम्रो दासत्वबाट छाडनु भएको छैन। हामीलाई नया जिवन दिनु भएर हाम्रा परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्न अनि त्यसको जीर्णोद्वार गर्नका निम्ति यहूदा एवं यरूशलेममा हामीलाई संरक्षणशील पर्खालदिनु भएर फारसका राजा समक्ष उहाँले हामीलाई प्रेम, भक्तिभाव र दया दर्शाउनु भएको छ।

एज्रा 10:9

यसर्थ तीन दिन भित्र मा यहूदा अनि बिन्यामीनका समस्त मानिसहरू यरूशलेममा भेला भए। यो नवौ महिनाको बिसौ दिन थियो। समस्त मानिसहरू परमेश्वरको मन्दिरको खुला स्थानमा बसेका थिए। अनि त्यस वृष्टिको कारणले तिनीहरू डरले काम्दै थिए।

एस्तर 2:16

यसर्थ राजा अहासूरसको शासनका सातौं वर्ष को दशौं महीना, हो तेबेतको महीना-मा राजमहलमा राजाकोमा एस्तरलाई लगियो। अनि राजाले एस्तरलाई अन्य सबै स्त्रीहरूलाई भन्दा बढ्ता मन पराए।

दानियल 9:25

“त्यसपछि यो जान र बुझ, यरूशलेमको पुनप्राप्ति र पुननिर्माण हुनेछ भन्ने वचन निस्केको समयदेखि एक अभिषिक्त जन, एक राजकुमार देखा परेको समय सम्म सात हप्ता बित्नेछ। त्यसपछि बैसठ्ठी हप्ता सम्म गल्ली र नाला समेत पुनप्राप्ति र पुर्ननिर्माण भइसकेको अवस्थामा रहनेछ।

Interlinear

Choose Theme