Home Bibles एज्रा 10:9 · नेपाली बाइबल
एज्रा 10:9 · नेपाली बाइबल

यसर्थ तीन दिन भित्र मा यहूदा अनि बिन्यामीनका समस्त मानिसहरू यरूशलेममा भेला भए। यो नवौ महिनाको बिसौ दिन थियो। समस्त मानिसहरू परमेश्वरको मन्दिरको खुला स्थानमा बसेका थिए। अनि त्यस वृष्टिको कारणले तिनीहरू डरले काम्दै थिए।

Cross references

1 शमूएल 12:17

यो गहुँको फसल काट्ने समय हो। म परमप्रभुसँग प्रार्थना गर्नेछु। म उहाँसँग बिजुली चम्कँदै पानी पार्ने बिन्ती गर्नेछु। तब तिमीहरूलाई यो थाहा लाग्ने छ कि तिमीहरूले परमप्रभुको विरूद्धमा राजा मागेर भूल काम गरेका छौ।”

एज्रा 7:8

राजा आर्ट-जोरसेजको शासनको सातौ वर्षमा यरूशलेमसम्म आए।

एस्तर 2:16

यसर्थ राजा अहासूरसको शासनका सातौं वर्ष को दशौं महीना, हो तेबेतको महीना-मा राजमहलमा राजाकोमा एस्तरलाई लगियो। अनि राजाले एस्तरलाई अन्य सबै स्त्रीहरूलाई भन्दा बढ्ता मन पराए।

यर्मिया 10:10

तर परमप्रभु चाँहि साँचो परमेश्वर हुनुहुन्छ। उहाँ मात्र जीवित परमेश्वर हुनुहुन्छ। उहाँ राजा हुनुहुन्छ जसले सदाकाल शासन चलाउनु हुन्छ। परमेश्वरको रीसमा पृथ्वी काम्छ अनि विदेशीहरूले उहाँको क्रोध सहन सक्तैनन्।

यर्मिया 10:13

उहाँको वचनको आवाजले आकाशमा पानी गर्जन्छ। पृथ्वीको अन्तबाट उहाँले बादल आउने बनाउनु हुन्छ। उहाँले वर्षा सित बिजुली ल्याउनु हुन्छ। उहाँले आफ्नो भण्डारबाट बतास ल्याउनु भयो।

यर्मिया 36:22

यो नवौं महीना चलिरहेको थियो, अनि राजा हिउँदमा बस्ने महलमा बसिरहको थिए। राजा यहोयाकीमको सम्मुख अगेनामा आगो दन्‌दन् बलिरहेको थियो।

Interlinear

Choose Theme