यसर्थ राजा अहासूरसको शासनका सातौं वर्ष को दशौं महीना, हो तेबेतको महीना-मा राजमहलमा राजाकोमा एस्तरलाई लगियो। अनि राजाले एस्तरलाई अन्य सबै स्त्रीहरूलाई भन्दा बढ्ता मन पराए।
Cross references
अहासूरसको शासनकालको शुरूमा तिनीहरूले यहूदा अनि यरूशलेममा बस्ने यहूदीहरूको विरूद्ध एउटा अभियोग पत्र लेखेर पठाए।
राजा आर्ट-जोरसेजको शासनको सातौ वर्षमा यरूशलेमसम्म आए।
यी घटनाहरू पछि राजा अहासूरसको क्रोध शान्त भयो। तिनले वश्तीलाई सम्झे अनि तिनले के गरिन्, तिनको सम्बन्धमा राजाले के आदेश दिए त्यो सम्झे।
अनि आफ्ना राज्यका सबै प्रान्तहरूमा राजाले अधिकारीहरू नियुक्त गरून्। अनि तिनीहरूले सबै राम्री तरूणीहरू भेला पारून् र शूशान जिल्लाको नारी-कक्ष जुन नपुंसक होगई नारी-गृहको रखवाला हो उसको संरक्षणमा ल्याउन्। उसले तिनीहरूलाई श्रृगांर सेवा दिनेछ।
यसर्थ त्यति बेला तेस्रो महिमाको तेइसौं दिन, सिवानी महिनामा राजकिय लेखापालहरूलाई बोलाए अनि मोर्दकैले भारतवर्ष देखि कुरादेश सम्मका 127 प्रान्तका शासक, राज्यपाल तथा न्यायपालहरूलाई दिइएको नयाँ आदेशहरू तिनीहरूको प्रत्येक जातिको लिपि, भाषा अनि यहूदीहरूको आफ्नो भाषा र लिपिमा लेखाईयो।