तब, यूफ्रेटिस नदीको पश्चिमको प्रदेशका प्रशासक तत्तनै, अनि शत्तर-बोज्नै र तिनीहरूका सरकारी मानिसहरूले राजा दाराले आदेश दिए जस्तै गरे।
Cross references
उच्च आयुक्त रहूम अनि शिम्शै सचिव र तिनिहरूका अन्य सहयोगिहरू, न्यायधीशहरू, आयुक्तहरू, फारसीहरू, एरेकहरू, बाबेल अनि शूशनका मानिसहरू अथवा एलामीहरू अनि अन्य मानिसहरू जसलाई महान अनि प्रख्यात अस्सूरबनिपालले तिनीहरूका देशबाट निकालेका थिए।
रहूम, सचिव शिम्शै अनि तिनीहरूका सरकारी मानिसहरू राजा आर्ट-जारसेज समक्ष पत्र पढिनुका साथै तिनीहरू तुरून्तै यरूशेलममा यहूदीहरू कहाँ गए। अनि बल एवं शक्तिद्वारा तिनीहरूले कामदारलाई काम बन्द गर्न लगाए।
यो नदी पारि यूफ्रेटिस नदीको पश्चिम को प्रदेशका राज्यपाल तत्तनै अनि शत्तर-बोज्नै र तिनीहरूका सहकारिहरू, नदीपारीको प्रदेशका निरीक्षकहरूले राजा दारालाई पठाएको पत्रको प्रति हो।
अब तिमी, यूफ्रेटिस नदीपारी, पश्चिमको प्रदेशका प्रशासक तत्तनै अनि शत्तर-बोज्नै, अनि तिनीहरूका सरकारी मानिसहरू, नदीपारीको प्रदेशका निरीक्षकहरू, त्यहांबाट टाढा बस परमेश्वरको मन्दिरको काममा दिक्दारी नदेऊ।
यसर्थ हामानले वस्त्र अनि घोडा तयार पारे तिनले मोर्दकैलाई वस्त्र पहिराई दिए। र तिनलाई शहरका चोक अनि सडकमा परीक्रमा गराए मोर्दकैको अघि-अघि कराए, “त्यस मानिसलाई यसै गरिनेछ जसलाई राजाले सम्मान गर्न चाहनु हुन्छ।”
परमेश्वरले धूर्त र दुष्टहरूका युक्तिलाई विफल पारिदिनु हुन्छ, यसकाण तिनीहरूले सफलता पाउँदैनन्।
धेरै मानिसहरूले न्याय पाउनको लागि शासकलाई हेर्न खोज्छन्, तर मानिसको इन्साफ परमप्रभुबाट मात्र आउँछ।
आज्ञा दिनु राजाको अधिकार हो। अनि यसो गर, उसो गर भनेर उनलाई कसैले भन्न सक्दैन।