Home Bibles एज्रा 4:9 · नेपाली बाइबल
एज्रा 4:9 · नेपाली बाइबल

उच्च आयुक्त रहूम अनि शिम्शै सचिव र तिनिहरूका अन्य सहयोगिहरू, न्यायधीशहरू, आयुक्तहरू, फारसीहरू, एरेकहरू, बाबेल अनि शूशनका मानिसहरू अथवा एलामीहरू अनि अन्य मानिसहरू जसलाई महान अनि प्रख्यात अस्सूरबनिपालले तिनीहरूका देशबाट निकालेका थिए।

Cross references

उत्पत्ति 10:22

शेमका छोराहरु एलाम, अश्शूर, अर्पक्षद, लूद अराम थिए।

2 राजा 17:24

अश्शूरका राजाले इस्राएलीहरूलाई सामरियाबाट बाहिर लगे। त्यसपछि अश्शूरका राजाले बाबेल कूता, अब्बा, हमात र सपर्वेमबाट मानिसहरू ल्याए। उनले ती मानिसहरूलाई सामरियामा बस्न लगाए। ती मानिसहरूले सामरियामा अधिकार जमाए अनि वरिपरि शहरहरूमा बस्न थाले।

2 राजा 17:30

बाबेलका मानिसहरूले झूटा देवता सुक्कोत-बनोत बनाए। कूतका मानिसहरूले झूटा देवता नेगेल बनाए। हमातका मानिसहरूले झूटा देवता अशीमा बनाए।

2 राजा 17:31

अब्बाका मानिसहरूले झूटा देवता नेभज र तर्ताक बनाए अनि सपर्वेका मानिसहरूले आफ्ना झूटा देवताहरूको सम्मान गर्नका लागि आफ्ना नानीहरू आगोमा जलाए। झूटा देवताहरू अद्रमेलेक र अनमेलेक थिए।

एज्रा 5:3

त्यसबेला यूफ्रेटिस नदि पारि पश्चिमको प्रदेशमा राज्यपाल थिए। तात्तेनै शत्तर-बोज्नै अनि तिनीहरूका सहयोगीहरूले तिनीहरू कहाँ आए अनि तिनीहरूलाई सोधेः “यो मन्दिरको पुनःर्निर्माण गर्न अनि पुनःस्थापना गर्नु भनी तिमीहरूलाई कसले अनुमति दियो?”

एज्रा 5:6

यो नदी पारि यूफ्रेटिस नदीको पश्चिम को प्रदेशका राज्यपाल तत्तनै अनि शत्तर-बोज्नै र तिनीहरूका सहकारिहरू, नदीपारीको प्रदेशका निरीक्षकहरूले राजा दारालाई पठाएको पत्रको प्रति हो।

एज्रा 6:6

अब तिमी, यूफ्रेटिस नदीपारी, पश्चिमको प्रदेशका प्रशासक तत्तनै अनि शत्तर-बोज्नै, अनि तिनीहरूका सरकारी मानिसहरू, नदीपारीको प्रदेशका निरीक्षकहरू, त्यहांबाट टाढा बस परमेश्वरको मन्दिरको काममा दिक्दारी नदेऊ।

एस्तर 1:2

ती दिनहरूमा अहासूर राजाले प्रसाद जिल्लमा शासन गर्थे।

एस्तर 2:3

अनि आफ्ना राज्यका सबै प्रान्तहरूमा राजाले अधिकारीहरू नियुक्त गरून्। अनि तिनीहरूले सबै राम्री तरूणीहरू भेला पारून् र शूशान जिल्लाको नारी-कक्ष जुन नपुंसक होगई नारी-गृहको रखवाला हो उसको संरक्षणमा ल्याउन्। उसले तिनीहरूलाई श्रृगांर सेवा दिनेछ।

यशैया 21:2

मैले केही भयानक कुरा देखेकोछु जुन हुने वाला छ। मैले तिम्रो विरूद्धमा उठेका देशद्रोहीहरू देखेकोछु। तिम्रा सम्पत्तिहरू लुट्ने मानिसहरू देख्छु। एलाम, जाऊ अनि तिनीहरूका विरूद्ध युद्ध गर, मादी शहरका वरिपरि तिम्रा सैनिकहरू तैनात गर म त्यस शहरमा नराम्रो कार्यहरू समाप्त गर्न चाहन्छु।

यर्मिया 25:25

जिम्री, एलाम र मादैका सारा राजाहरूलाई पनि यो पिउन लगाँए।

यर्मिया 49:34

सिदकियाह यहूदाका राजा भएको प्रारम्भिक कालमा अगमवक्ता यर्मियाले परमप्रभुबाट एउटा सन्देश प्राप्त गरे। यो सन्देश एलामको विषयमा थियो।

इजकिएल 32:24

“एलाम त्यहाँ छ अनि उसका सबै सेनाहरू उसको चिहानको चारैतिर छन्। तिनीहरू सबै युद्धमा मारिएका थिए। ती बेखतने मानिसहरू पृथ्वीको गहिरो भागमा गए। जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे। तर तिनीहरूले तिनीहरूको लाज तिनीहरूसितै लिए र गहिरो खाडल भित्र गए।

दानियल 8:2

मैले यो दर्शनमा देखें कि म शूशन शहरमा थिएँ। शूशन एलाम प्रान्तको राजधानी थियो। मेरो दर्शनमा म ऊलै नदीको किनारमा थिएँ।

प्रेरित 2:9

पार्थीया, मेदीया, एलाम, मेसोपोटामिया, यहूदिया, कपोदिसिया, पोन्टस, एशिया,

Interlinear

Choose Theme