धेरै मानिसहरूले न्याय पाउनको लागि शासकलाई हेर्न खोज्छन्, तर मानिसको इन्साफ परमप्रभुबाट मात्र आउँछ।
Cross references
म प्रार्थना गर्छु जब तिमी त्यो प्रशासकअघि उभिन्छौ सर्वशक्तिमान परमेश्वरले सहायता गर्नु हुनेछ। म प्रार्थना गर्छु उनले बिन्यामीन र शिमोनलाई सुरक्षित फर्कन दिनेछन। यदि यस्तो भएन भने, म फेरि पुत्र शोकले व्याकुल हुनेछु।”
सरूयाहका छोरा योआबले राजा अब्शालोमका बारेमा साह्रै चिन्तित छन् भन्ने थाहा पाए।
परमप्रभु, हाम्रा पुर्खाका परमेश्वरको स्तुति गर। उसले राजा र यरूशलेमका परमप्रभुको मन्दिरलाई यस प्रकारले सम्मानित गर्ने तुल्याए।
हे मेरा परमप्रभु तपाईंका कान तपाईंको सेवकको प्रार्थना र तपाईंका समस्त सेवकहरूको प्रार्थना सुन्न ध्यानमय रहुन् जसले तपाईंलाई सम्मान गर्न चाहन्छन्, यी मानिसहरूलाई दया देखाएर तपाईंको सेवक मलाई सफलता दिनुहोस्।” म त्यसबेला राजाको दाखरस दिने सेवक थिएँ।
तिमीहरूले तीन दिन तीन रात सम्म कुनै कुरा खानु वा पिउनु हुँदैन। अनि म र मेरा सेविकाहरूले पनि यसरी नै उपवास बस्नेछौ। तब यो नियमको विरूद्धमा भए म राजा भएकहाँ जानेछु। मलाई मार्छन् भनें मर्नेछु।”
परमप्रभुले आफूले रोजेका राजालाई बचाउनु हुन्छ! परमेश्वरले रोजेका राजाले गुहार मागे अनि परमेश्वरले त्यसको जवाफ दिनुभयो!
हे मेरो स्वामी, तपाईंको प्रेम साँचो छ। परमप्रभु, हरेक मानिसको काम अनुसार तपाईं उसलाई प्रतिफल अथवा दण्ड दिनुहुन्छ।
परमप्रभुलाई जब एकजना मानिसको मार्ग मन पर्छ उहाँले उसको शत्रुलाई पनि ऊ सित प्रेमभावमा बस्ने बनाउनु हुन्छ।
जब राजा क्रोधित हुन्छ उसले कसैलाई पनि मार्न सक्छ तर ज्ञानी मानिसले उसलाई शान्त गराउँन सक्छ।
राजा खुशी भए प्रत्येकको जीवन राम्रो हुन्छ। जब राजा तिमी सित खुशी हुन्छ, तब वसन्त ऋतुमा बादलबाट पानी परे झैं हुन्छ।
धेरै मानिसहरूले शासकको निगाह खोजछन् अनि प्रत्येकले उदार मानिसको साथी बन्न चाहन्छ। अनि असल मानिसको मित्र हुन चाहन्छ।
मानिसले हृदयमा अनेकौं कुराहरू गर्न भनी सोच्छ, त्यही हुन्छ जो परमेश्वरले चाहनु हुन्छ।
राजाको हृदय परमप्रभुको हातमा हुन्छ, र त्यो खोलाको पानीझैं जता पायो उतै उहाँले बगाइ दिनु हुन्छ।
त्यो धेरै र्बष अघाडी घटेको घटना सम्झ। सम्झ म परमेश्वर हुँ। त्यहाँ अन्य कोही परमेश्वर छैन्। ती झूटा देवताहरू म जस्ता छैनन्।
मैले भने, “मैले व्यर्थै परिश्रम गरें, मैले आफूलाई थोत्रो पारें, तर उपयोगी काम भने भएन्। मैले मेरा सारा शक्तिहरू प्रयोग गरें तर वास्तवमा मैले केही पनि पाइँन। यसैले, परमप्रभुले मसँग केही गर्नलाई निर्णय दिनु पर्छ। परमेश्वरले मेरो कामको प्रतिफल दिनै पर्छ।
यो पृथ्वीका मानिसहरू साँच्चै ठूला छैनन् परमेश्वरले मानिसहरूसँग जे चाहनुहुन्छ त्यति गर्नुहुन्छ स्वर्गको शक्ति भन्दा ठूला कोही पनि छैन उहाँले भन्नुहुन्छ, स्वर्गको शक्तिलाई कसैले पनि रोक्न सक्तैन उहाँको सशक्त हातले जे गर्छ यसमाथि कुनै प्रश्न नै उठ्दैन्।
मेरो ह्रदयमा विश्वास छ। मैले कुनै त्रुटी गरेको छुइन। तर यसको अर्थ यो हुँदैन कि म निर्दोष छु। मलाई जाँच्ने एउटै जो परमेश्वर मात्र हुनुहुन्छ।