परमेश्वरको मन्दिरमा भएका सुन र चाँदीका भाँडा-वर्त्तन, थालहरू जो नबकदनेसरले यरूशलेमको मन्दिरबाट हटाएर बाबेलको मन्दिरमा राखेका थिए, राजा कोरेसले ती सबै बाबेलको मन्दिरबाट निकाले अनि शेशबज्जर नाउँ गरेका मानिसलाई दिए, जसलाई तिनले प्रशासक नियुक्त गरेका थिए।
Cross references
नबूकदनेसरले परमप्रभुको मन्दिरबाट केही चीज-बीजहरू लगे। तिनले ती चीज-बीजहरू बाबेल लगे अनि तिनीहरूलाई तिनले आफ्नै निवास स्थानमा राखे।
नबूकदनेसरले परमेश्वरको मन्दिरका सबै चीज-बीजहरू चाहे त्यो ठूलो हो वा सानो बाबेलतिर लगे। तिनले मन्दिरबाट, राजाबाट अनि राजाका अधिकारीहरूबाट सबै मूल्यवान चीजहरू लगे।
राजा कोरेसले परमप्रभुको मन्दिरका ती भाँडा-वर्त्तनहरू पनि ल्याए जो नबूकदनेसरले यरूशलेमबाट लगेका थिए। अनि आफ्ना देवताहरू को मन्दिरमा राखेका थिए।
त्यसपछि शेशबज्जर आए अनि यरूशलेममा परमेश्वरको मन्दिरको जग बसाले। त्यस समयदेखि अहिलेसम्म यसको पुनःर्निर्माण कार्य चलिरहेको छ, तर अझ सम्म पूर्ण भएकोछैन।”
परमेश्वरको मन्दिरका सुन, चाँदी, भाँडा-वर्त्तनहरू पनि जो नबूकदनेस्सरले यरूशलेमको मन्दिरबाट लगेका थिए, अनि बाबेलमा ल्याएका थिए फर्काइ ल्याउनु पर्छ, र यरूशलेमको मन्दिर त्यसको आफ्नो स्थानमा राखिनु पर्छ। अनि त्यसलाई परमेश्वरको मन्दिरमा राखिनु पर्छ।
परमप्रभु, हाम्रा पुर्खाका परमेश्वरको स्तुति गर। उसले राजा र यरूशलेमका परमप्रभुको मन्दिरलाई यस प्रकारले सम्मानित गर्ने तुल्याए।
राजाको हृदय परमप्रभुको हातमा हुन्छ, र त्यो खोलाको पानीझैं जता पायो उतै उहाँले बगाइ दिनु हुन्छ।
राजाका कप्तानका विशेष प्रहरीहरूले साना-साना धूपदानीहरू, अभिषेक गर्ने बोलहरू, भाँडाहरू सामदानहरू, चम्चाहरू जुन सुन र चाँदीबाट बनाइएका थिए अनि अर्घ बलिहरूको लागि प्रयोग गरिन्थ्यो सबै लगे।
दाखरस पिउरहेको बेला बेलसजरले आफ्नो सेवकहरूलाई सुन र चाँदीको प्याला ल्याउन हुकुम गरे जुन प्याला उनका बाजेले यरूशलेमको मन्दिरबाट ल्याएका थिए। नबूकदनेस्सरले चाहन्थे कि शासकहरू, तिनका पत्नीहरू, तथा दासीहरूले यो प्यालामा दाखरस पिउन।
फारसको राजा दाराको दोस्रो र्बषको छैटौं महिनाको पहिलो दिन हाग्गैलाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो वचन यरूबाबेल, शालतीएलका छोरा अनि यहोशू यहोसदाकका छोराका निम्ति थियो। शालतीएल यहूदाको राज्यपाल थिए अनि यहोशू प्रधान पूजाहारी थिए। वचन यस प्रकार थियो।
तब परमप्रभु परमेश्वरले शालतीएलका छोरा यहूदाका राज्यपाल यरूबाबेललाई उत्तेजित गर्नुभयो अनि परमेश्वर परमप्रभुले यहोसादाकका छोरा यहोशूलाई पनि आत्मामा उत्तेजित गर्नुभयो अनि परमप्रभु परमेश्वरले बाँकी सबै मानिसहरूलाई प्रेरित गर्नुभयो। तब तिनीहरू आए अनि तिनीहरूका सर्वशक्तिमान परमप्रभु परमेश्वरको मन्दिर निर्माणको काम गर्न थाले।
वचनमा भनिएको थियो, “अब यहूदाका शासक शालतीएलका छोरा यरूबाबेल, यहोसादाकका छोरा महायाजक यहोशू अनि जो जति मानिसहरू बाँचेका छन्। उनीहरूसंग कुरा गर अनि भन,
“यहूदाका राज्यपाल यरूबाबेललाई भन, म आकाश अनि पृथ्वीलाई हल्लाउनेछु।
बारयेशू सँधैं नै र्सगियस पौलस प्रशासकसित बस्दथे। र्सगियस पौलस एक बुद्धिमानी मानिस थिए। उनले बर्णाबास र शावललाई बोलाए। उनी परमेश्वरको सन्देश सुन्न चाहन्थे।
जब प्रशासक र्सगियस पावलले यो देखे, उनले विश्वास गरे। प्रभुको शिक्षाको विषयमा उनी आचर्य चकित भए।