त्यसपछि शेशबज्जर आए अनि यरूशलेममा परमेश्वरको मन्दिरको जग बसाले। त्यस समयदेखि अहिलेसम्म यसको पुनःर्निर्माण कार्य चलिरहेको छ, तर अझ सम्म पूर्ण भएकोछैन।”
Cross references
दोस्रोवर्षको दोस्रो महिनामा शालतीएलका छोरा यरूबाबेल अनि योशादाकका छोरा येशूअले आफ्ना अन्य मानिसहरू, पूजाहारीहरू, लेवीहरू कैदबाट यरूशलेममा परमप्रभुको मन्दिरमा आए पछि यरूशलेम आउनेहरूले एकसाथ काम शुरू गरे।
जब निर्माणकर्त्ताहरूले परमप्रभुको मन्दिरको जग बसाए तब पूजाहारीहरूले आफ्ना विशेष वस्त्र लगाएर हातमा तुरही लिए अनि लेवीहरूले आफ्ना झ्याम्टाहरूको साथ, इस्राएलका राजा दाऊदको निर्देश अनुसार परमप्रभुको स्तुति गर्न आफ्नो स्थान ग्रहन गरे।
तब शालतीएलका छोरा यरूबाबेल अनि योशादाकका छोरा येशूअ यरूशलेममा मन्दिर पुनःर्निर्माण गर्न अग्रसर भए। परमेश्वरका अगमवक्ताहरू तिनीहरूको साथ थिए। अनि तिनीहरूलाई सहयोग गरे।
अनि आर्ट-जारसेज फारसका राजाहरूको आदेशद्वारा तिनीहरूले निर्माण कार्य पूर्ण गरे। यसरी यो मन्दिर राजा दाराकोशासनकालको छैटौ वर्षको अदारमहीनाको तेस्रो दिन पुर्ण गरियो।
तब शालतीएलका छोरा यरूबाबेल अनि यहोसादकको छोरा महायाजक यहोशूले सबै बाँचेका मानिसहरूसंग आपनो परमप्रभु परमेश्वरको सन्देश अनि उहाँले पठाएउनु भएको अगमवक्ता हाग्गैको वचन स्वीकार गरे अनि मानिसहरू आफ्नो परमेश्वर परमप्रभुसंग डराउन थाले।
परमप्रभु भन्नुहुन्छ, “अबदेखि उसो विचार गर अर्थात नवौं महिनाको चौबिसौं दिन देखि जुन दिन मन्दिरको जग बसालेको थियो सोच।
मानिसहरु त्यो साधरण आरम्भबाट लज्जित हुने छैनन्, अनि उनीहरु साँच्चै नै प्रशन्न हुनेछन्। जब उनीहरु यरूबाबेलले बनाएको मन्दिर साहुलले नाप्दै जाँच गर्दै गरेको देख्नेछन्। यसकारण पत्थरहरु जुन तिमीले देख्यौ ती परमप्रभुको आँखाहरु हुन्, जुन आँखाले हर दिशामा देखिरहनु भएको छ। उहाँले पृथ्वीका सबै थोकहरु देख्नुहुन्छ।”