Home Bibles हाग्गै 2:2 · नेपाली बाइबल
हाग्गै 2:2 · नेपाली बाइबल

वचनमा भनिएको थियो, “अब यहूदाका शासक शालतीएलका छोरा यरूबाबेल, यहोसादाकका छोरा महायाजक यहोशू अनि जो जति मानिसहरू बाँचेका छन्। उनीहरूसंग कुरा गर अनि भन,

Cross references

एज्रा 1:8

फारसका राजा कोरेसले ती सामान कोषाध्यक्ष मिथ्रेदयलाई सुम्पिदिए। अनि मिथ्रेदयले यहूदाका राजकुमार शेशबस्सरको निम्ति गन्ती गरिदिए।

एज्रा 2:63

राज्यपालले तिनीहरूलाई भने कि जब सम्म ऊरीम अनि तुम्मिम उपयोग गर्न सक्ने पूजाहारी त्यहाँ हुँदैन। कुनै पनि महापवित्र चीज तिनीहरूले खान सक्ने छैनन्।

नहेम्याह 8:9

नहेम्याह, जो राज्यपाल थिए, एज्रा पूजाहारी, अनि शास्त्री अनि मानिसहरूलाई निर्देश गरिरहेका लेवीहरूले सबै मानिसहरूलाई भने, “यो दिन तिमीहरूका परमप्रभु परमेश्वरका निम्ति पवित्र दिन हो। उदास नहोऊ अनि विलाप नगर।” किनभने सबै मानिसहरू व्यवस्थाका वचनहरू सुन्दा रोइरहेका थिए।

हाग्गै 1:1

फारसको राजा दाराको दोस्रो र्बषको छैटौं महिनाको पहिलो दिन हाग्गैलाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो वचन यरूबाबेल, शालतीएलका छोरा अनि यहोशू यहोसदाकका छोराका निम्ति थियो। शालतीएल यहूदाको राज्यपाल थिए अनि यहोशू प्रधान पूजाहारी थिए। वचन यस प्रकार थियो।

हाग्गै 1:14

तब परमप्रभु परमेश्वरले शालतीएलका छोरा यहूदाका राज्यपाल यरूबाबेललाई उत्तेजित गर्नुभयो अनि परमेश्वर परमप्रभुले यहोसादाकका छोरा यहोशूलाई पनि आत्मामा उत्तेजित गर्नुभयो अनि परमप्रभु परमेश्वरले बाँकी सबै मानिसहरूलाई प्रेरित गर्नुभयो। तब तिनीहरू आए अनि तिनीहरूका सर्वशक्तिमान परमप्रभु परमेश्वरको मन्दिर निर्माणको काम गर्न थाले।

Interlinear

Choose Theme