नबूकदनेसरले परमेश्वरको मन्दिरका सबै चीज-बीजहरू चाहे त्यो ठूलो हो वा सानो बाबेलतिर लगे। तिनले मन्दिरबाट, राजाबाट अनि राजाका अधिकारीहरूबाट सबै मूल्यवान चीजहरू लगे।
Cross references
हिजकियाहले बाबेलबाट आएका मानिसहरूको स्वागत गरे र तिनीहरूलाई आफ्नो घरमा भएका सबै बहूमुल्य चीजहरू देखाए। उनले तिनीहरूलाई आफ्नो भन्डारमा भएको चाँदी, सुन, मसाला, बहूमुल्य सुगन्धित तेल, हतियारहरू र सबै थोक देखाइदिए। हिजकियाहको महल र सम्पूर्ण राज्यमा नदेखाएको कुनै पनि थोक रहेन।
समय आउँदै छ जब तिम्रो महलका सबै चीजहरू र तिम्रा पिता-पुर्खाहरूले थुपारेका सबै चीजहरू बाबेलमा लगिनेछन्। केही पनि छोडिने छैन। परमप्रभु यस्तो भन्नुहुन्छ।
बाबेली सैनिकहरूले परमप्रभुको मन्दिरमा भएका सबै काँसाका चीजहरू टुक्रा टुक्रा पारे। तिनीहरूले काँसाको खाँबो, काँसाको गाडी अनि विशाल काँसाको खँड्कुलो टुक्रायाए। तब तिनीहरूले त्यो सबै काँसा बाबेल लगे।
नबूकदनेसरले परमप्रभुको मन्दिरबाट केही चीज-बीजहरू लगे। तिनले ती चीज-बीजहरू बाबेल लगे अनि तिनीहरूलाई तिनले आफ्नै निवास स्थानमा राखे।
बसन्तकालमा राजा नबूकदनेसरले यहोयाकीनलाई ल्याउनु भनी केही सेवकहरू पठाए। तिनीहरूले यहोयाकीनलाई अनि परमप्रभुको मन्दिरबाट केही मूल्यवान सम्पत्तिहरू बाबेलमा ल्याए। नबूकदनेसरले सिदकियाहलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन चुने। सिदकियाह यहोयाकीनका एक आफन्त थिए।
‘समय आइरहेछ आज सम्म तिमी र तिम्रो पुर्खाहरूले बचत गरेर राखेको सारा सम्पत्तीहरू बाबेलमा बोकेर लैजानेछ। केही पनि छोड्ने छैन्।’ सेनाहरूका परमप्रभुले भन्नुभयो यी कुराहरू।
यदि ती मानिसहरू अगमवक्ता हुन भने अनि परमप्रभुको वचन तिनीहरूसँग छ भने, तिनीहरूले परमप्रभुलाई, राजाको महलमा रहेका, परमप्रभुको मन्दिरमा रहेका, र यरूशलेममा रहेका जुन चीजहरू अहिले सम्म छोडिएकाछन् बाबेलमा ल्याउन नसकियोस भनी प्रार्थना गरून्।”
सेनाहरूका परमप्रभु भन्नुहुन्छ ती चीजहरूको बारेमा जुन अझै यरूशलेममा छाडिएका छन् त्यहाँ मन्दिरमा विशाल काँसाको स्तम्भहरू, गुडने आधारहरू र अन्य चीजहरू छन्। बाबेलका राजा नबूकदनेस्सरले ती सबैहरू यरूशलेममा छाडे।
सेनाहरूका, परमप्रभु, इस्राएलका परमेश्वर, परमेश्वरका मन्दिरमा छाडिएका अनि राजाका महल र यरूशलेममा छाडिएका चीजहरूको बारेमा भन्नुहुन्छ ती सम्पूर्ण समानहरू पनि बाबेल तर्फ लगिए।
बाबेलीहरूले परमप्रभुको मन्दिरको काँसाको खम्बाहरू त्यसको घेडेरीहरू, काँसाको ट्याँकी तोडे अनि काँसा बाबेलमा लगे।
शत्रुहरूले आफ्ना हात फैलाएका छन्। तिनीहरूले उसका सबै बहुमूल्य चीजहरू लगेका छन्। हे परमप्रभु! विदेशी जातिहरू उसको मन्दिरभित्र पसेको देखी तपाईंले भन्नुभएको थियो कि ती मानिसहरू हामीहरूसंग मिसिनु हुँदैन।
जब तिनीहरूले त्यो सुनको प्याला ल्याए जुन यरूशलेमको परमेश्वरको मन्दिरबाट ल्याइएको थियो। राजा अनि उसका अधिकारीहरू, पत्नीहरू तथा दासीहरूले त्यो प्यालामा दाखरस हालेर पिए।
अगमवक्ताहरु मेरा सेवकहरु थिए। मैले उनीहरुलाई तिमीहरुका पिता-पुर्खाहरुलाई मेरो ब्याबस्था अनि शिक्षाहरुको बिषयमा भन्न प्रयोग गरें। अनि तिमीहरुका पिता-पुर्खाहरुले शिक्षाहरु ग्रहण गरे। तिनीहरुले भने, ‘सर्वशक्तिमान परमप्रभुले जे-जे गर्छु भन्नुभएको थियो ती सब गर्नु भयो उहाँले हामीलाई सबै हाम्रो नराम्रो रहन्-सहन् अनि हाम्रो नराम्रो कर्मका निम्ति दण्ड दिनुभयो।’ यसरी तिनीहरुले पश्चताप गरे अनि परमेश्वरकहाँ फर्केर गए।”