Home Bibles एज्रा 3:5 · नेपाली बाइबल
एज्रा 3:5 · नेपाली बाइबल

अनि त्यसपछि तिनीहरूले नियमित होमबलिहरू र तोकिएका दिनमा परमप्रभुका तोकिएका सबै पवित्र उत्सवका निम्ति अर्पणहरू चढाए। अनि तिनीहरूले परमप्रभुलाई स्वेच्छाले बलिदानहरू अर्पण गरे।

Cross references

प्रस्थान 29:38

“प्रत्येक दिन तिमीले वेदीमा उपहार चढाउनु नै पर्छ। तिमीले दुइवटा एक वर्षे थुमाबलि चढाउनु पर्छ।

लेवी 1:2

“इस्राएली मानिसहरूलाई भन जब तिनीहरू मध्ये कुनै मानिसले परमप्रभुको निम्ति बलि चढाउँछ भने, त्यो तिनीहरूको आफ्नो गाई-गोरू तथा भेडा-बाख्राहरूको बगालबाट हुनुपर्छ।

लेवी 1:3

“यदि उसले गोरू होमबलि चढाउँछ भने, त्यो निष्खोट बाछो हुनुपर्छ। उसले बाछो भेट हुने पालको ढोकामा चढाउनु पर्छ जसले गर्दा त्यो परमप्रभुलाई ग्रहण योग्य हुनेछ।

लेवी 23:2

“इस्राएलका मानिसहरूलाई भन तिमीले परमप्रभुले रोज्नु भएका चाडहरूलाई पवित्र पर्वहरू भनी घोषणा गर। ती विशेष पवित्र दिनहरू यी नै हुन्

गन्ती 28:3

अनि तिनीहरूलाई भन, “प्रत्येक दिन नियमित रूपमा एक बर्षे दुइवटा निष्खोट थुमाहरू निरन्तर होमबलि चढाउनु पर्छ।

गन्ती 28:11

“प्रत्येक महीनाको पहिलो दिन वथानबाट दुइवटा जवान गोरूहरू, एउटा भेंडा एक वर्ष सातवटा थुमाहरू होमबलिमा तिमीहरूले चढाउनु पर्छ। ती सबै बलिमा चढाइएका पशुहरू एकदमै निष्खोट हुनु पर्छ।

गन्ती 28:14

प्रत्येक गोरूको निम्ति आधा हीन दाखरस, प्रत्येक भेडाको निम्ति हीनको तीन खण्डको एक खण्ड र प्रत्येक थुमाको निम्ति हीनको चार खण्डको एक खण्ड अर्घबलि स्वरूप दाखरस चढाउनु पर्छ। वर्षको प्रत्येक महीनाको हरेक औंसीमा चढाउनु पर्ने होमबलि यही हो।

गन्ती 28:19

त्यस समयमा तिमीहरूले परमप्रभुको निम्ति होमबलि चढाउनेछौ, त्यस होमबलिमा दुइवटा बहर एउटा भेंडा र सातवटा एक वर्षे थुमाहरू हुनुपर्छ। तिनीहरू सबै निष्खोट हुनु पर्छ।

गन्ती 28:27

तिमीहरूले परमप्रभुलाई मिठो सु-गन्धले खुशी पार्नको निम्ति दुइवटा बहर, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू होमबलि चढाउनु पर्छ।

गन्ती 29:2

तिमीहरूले एउटा बाछा बथानबाट, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू परमप्रभुलाई मिठो सुगन्ध दिने होमबलि चढाउने छौ। यी पशुहरू सबै निष्खोट हुनुपर्छ।

गन्ती 29:8

परमप्रभुको निम्ति मगमग सुगन्धित वास्नाको रूपमा एउटा बाछा एउटा भेडा अनि सातवटा एक वर्षे थुमाहरू होमबलिमा चढाइनुपर्छ। ती पशुहरूमा कुनै प्रकारको खोट रहनु हुँदैन।

गन्ती 29:13

तिमीहरूले बथानबाट तेह्रवटा बहर गोरू दुइवटा भेडा र एक वर्षे चौधवटा थुमाहरू परमप्रभुको निम्ति मगमग सुगन्धित वास्ना बनाउनलाई होमबलि चढाउनुपर्छ। यी पशुहरू निष्खोट हुनुपर्छ।

गन्ती 29:39

“विशेष उत्सवहरूमा होमबलि, अन्नबलि, अर्घबलि तथा मेलबलि तिमीहरूले परमप्रभुलाई चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउनु खोजेको कुनै विशेष बलि तथा कुनै भाकल बलिको अतिरिक्त हो।”

व्यवस्था 12:6

त्यही ठाउँमा होमबलि, बलिदान दशांश अन्न तथा पशु उपहार, विशेष उपहार, भाकल राखिएको उपहार अथवा तिमीहरूले परमप्रभुलाई चढाउन इच्छा गरेको कुनै विशेष उपहार तथा आफ्नो घरमा पहिले जन्मिएको पशु सब चढाउन त्यही ठाउँमा पुर्याउनु पर्छ।

व्यवस्था 12:17

“तर केही चीजहरू यस्ता पनि छन् जो तिमीहरूले आफ्नो शहरमा खान सक्तैनौ। अनि ती चीजहरू हुन नयाँ बालीको दशांश अन्न, नयाँ दाखरस अथवा तेलको दशांश, घरका पशुहरूबाट जन्मिएको पहिलो पाठा अनि तिमीहरूले परमेश्वरलाई चढाउँछु भनी शपथ गरेको चीजहरू, तिमीहरूले चढाउनु इच्छा गरेको कुनै विशेष बलिका चीजहरू।

2 इतिहास 29:31

हिजकियाहले भने, “अब यहूदाका मानिसहरू तिमीहरूले स्वयंलाई परमप्रभु प्रति अर्पण गरिसकेकाछौ। नजिक आऊ बलि र धन्यवादको भेटी परमप्रभुको मन्दिरमा ल्याऊ।” तब मानिसहरूले बलिहरू अनि धन्यवादका भेटीहरू ल्याए। कुनै पनि व्यक्ति जसले चाहन्थे, तिनीहरूले पनि होमबलि ल्याए।

2 इतिहास 31:14

ती भेटीहरूका जिम्मामा थिए कोरे जो मानिसहरूले मुक्त रूपले परमेश्वरलाई अर्पण गरेका थिए। तिनी ती संग्रह गरिएका बस्तुहरू दिइ पठाउने जिम्मामा थिए जो परमप्रभुलाई अर्पण गरिएका थिए। अनि तिनी ती भेटीहरू दिइ पठाउने जिम्मामा थिए जो परमप्रभुका निम्ति पवित्र तुल्याईका थिए। कोरे पूर्व द्वारका द्वारपाल थिए। तिनका पिताको नाउँ लेवी यिम्ना थियो।

नहेम्याह 10:34

“हामी पूजाहारीहरू लेवीहरू अनि मानिसहरूले व्यवस्थामा लेखिए अनुसार परमप्रभु हाम्रा परमेश्वरको वेदिमा जलाउनका निम्ति प्रत्येक वर्ष तोकिएको समयमा कुलहरूले परमेश्वरको मन्दिरमा ल्याउनु पर्ने काठ अर्पण को सम्बन्धमा चिट्टा लगाए।

Interlinear

Choose Theme