Home Bibles ☰ Books गन्ती 28:14 · नेपाली बाइबल
गन्ती 28:14 · नेपाली बाइबल

प्रत्येक गोरूको निम्ति आधा हीन दाखरस, प्रत्येक भेडाको निम्ति हीनको तीन खण्डको एक खण्ड र प्रत्येक थुमाको निम्ति हीनको चार खण्डको एक खण्ड अर्घबलि स्वरूप दाखरस चढाउनु पर्छ। वर्षको प्रत्येक महीनाको हरेक औंसीमा चढाउनु पर्ने होमबलि यही हो।

Cross references

गन्ती 15:5

जब तिमी होमबलि साथमा अर्घबलिको निम्ति थुमा चढाउँछौ एक चौथाई हीन दाखरस पनि चढाउनु पर्छ।

गन्ती 15:9

त्यस समयमा जवान साँढेसित तिमीले अन्न बलि पनि ल्याउनु पर्छ। अन्न बलि आधा हीन भद्राक्षको तेल मिसाएको एपाको दश खण्डको तीन खण्डको मसिनो पीठो हुनु पर्छ।

गन्ती 28:7

एउटा थुमासित हीनको एक पावा गरेर अर्घबलि पनि दिनुपर्छ। त्यो पेय उपहार चाँहि पवित्र स्थानमा परमप्रभुलाई चढाऊ।

गन्ती 29:18

तिमीहरूले यी साँढे, भेडाहरू तथा थुमाहरूसित यिनीहरूको तोकिएको संख्या अनुसार सही परिमाणको अन्नबलि तथा अर्घबलि पनि चढाउनु पर्छ।

एज्रा 3:5

अनि त्यसपछि तिनीहरूले नियमित होमबलिहरू र तोकिएका दिनमा परमप्रभुका तोकिएका सबै पवित्र उत्सवका निम्ति अर्पणहरू चढाए। अनि तिनीहरूले परमप्रभुलाई स्वेच्छाले बलिदानहरू अर्पण गरे।

यशैया 1:13

“व्यर्थको बलिहरू अब मकहाँ नल्याओ। जुन धूप तिमीहरू मलाई चढाउछौ, त्यो म घृणा गर्छु। औंसी, विश्रामको दिन र पवित्र दिनहरूमा भएको तिमीहरूका समारोह म सहन सक्तिनँ। तिमीहरूले पवित्र सभामा गरिरहेका दुष्ट कामहरू म घृणा गर्छु।

यर्मिया 48:35

म मोआबलाई उच्च स्थानहरूमा तिनीहरूको देवताहरूलाई सुगन्धित धूप बाल्न र बलि चढाउनु रोक्छु।” परमप्रभुले यो कुरा भन्नुभयो।

इजकिएल 46:4

“शासकले शबाथ दिन होमबलि चढाउनु पर्छ। उसले निष्खोट छवटा थुमा अनि निष्खोट एउटा भेडा दिनुपर्छ।

योएल 1:13

हे पूजाहरीहरु! भाङ्ग्रा लगाऊ अनि साह्रै विलाप गर। हे वेदीका सेवकहरु हो! विलाप गर। हे मेरा परमेशवरका सेवकहरु! तिमीहरु भाङ्ग्रा लाएर सुत। किनकि अन्नबलि र अर्घबली तिम्रा परमेश्वरको मन्दिरमा हुने छैन।

Interlinear

Choose Theme