Home Bibles गन्ती 28:3 · नेपाली बाइबल
गन्ती 28:3 · नेपाली बाइबल

अनि तिनीहरूलाई भन, “प्रत्येक दिन नियमित रूपमा एक बर्षे दुइवटा निष्खोट थुमाहरू निरन्तर होमबलि चढाउनु पर्छ।

Cross references

प्रस्थान 29:38

“प्रत्येक दिन तिमीले वेदीमा उपहार चढाउनु नै पर्छ। तिमीले दुइवटा एक वर्षे थुमाबलि चढाउनु पर्छ।

लेवी 6:9

“यी कुराहरू हारून अनि तिनका छोराहरूलाई आज्ञा दे यो होमबलिको निम्ति विधि हो। होमबलिको बलि वेदीको चुलामा बिहान नहुञ्जेलसम्म रातभरि रहोस् अनि वेदीमा आगो बलिरहोस्।

इजकिएल 46:13

“तिमीले एक वर्षको दोष रहित एउटा थुमा दिनुपर्छ। यो प्रतिदिन परमप्रभुलाई होमबलि हुन्छ। प्रत्येक बिहान तिमीले यो दिनु पर्छ।

दानियल 8:11

सानो सींङ बढेर अग्लो भयो। यो बढेर घाम भन्दा अग्लो भयो। मन्दिरमा चढाउने दैनिक बलि पनि सींङले रोकिदियो।

दानियल 8:13

फेरि मैले कुनै पवित्र मानिसहरू मध्ये एकजनाले बोल्दै गरेको सुनें। तब अर्कोले पहिलो पवित्र मानिसलाई उत्तर दिँदै थियो। पहिलो पवित्र मानिसले भन्यो, “कहिल्यै सम्म यी कुराहरू भई रहनेछन? दैनिक बलियो यो दर्शन, विनाशी पाप जसले नष्ट पार्छ पुण्यस्थलको नियन्त्रण अनि जनसमूदायलाई सुम्पिन्छ?”

दानियल 11:31

तिनले पठाएका सैन्य-दलहरूले पवित्र स्थानहरू, मन्दिरहरू अशुद्ध पार्ने छन् र नित्य गरिने बलिदान रोक्नेछन्। अनि त्यहाँ तिनीहरूले नाश गर्ने घृणित बस्तुलाई स्थापना गर्नेछन्।

दानियल 12:11

“‘नित्य बलि रोकिएको समयदेखि र उजाडको घृणित बस्तु स्थापना गरिएको समय सम्म 1,290 दिन हुनेछ।

आमोस 4:4

“बेतेलको पवित्र स्थानमाजाऊ अनि पाप गर।गिलगालमा जाऊ अनि अझ पाप गर। दिनैपर्छ भने तिमीहरुले हरेक बिहान भेटी चाँडै चढाऊ। तीन दिन चाडको लागि तिमीहरुको फसलको एक दशांश चढाऊ।

यूहन्ना 1:29

अर्को दिन येशूलाई आफूतिर आइरहनु भएको यूहन्नाले देखेर भने, “हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ।

1 पत्रुस 1:19

तर तिमीहरु ख्रीष्टको बहुमूल्य रगतले किनियौ, दोषरहित भेडाको पाठो।

प्रकाश 13:8

समस्त मानिसहरु जो पृथ्वीमा बस्छन्, त्यो पशुको पूजा गर्नेछन्, अर्थात तिनीहरुले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।

Interlinear

Choose Theme