तब राजा सुलेमानले ती सबै जिनिसहरू जम्मा गरे जो उनका पिता दाऊदले यस उदेश्यका लागि जोगाएर राखेका थिए। उनले यी चिजहरू मन्दिरमा ल्याए।
Cross references
शुद्ध सुनको थाल, धुपौरो, गाग्रो तथा भाँडाहरू बनाऊ। गाग्रो र भाँडाहरू पेय बलिहरू चढाउँदा खन्याउन प्रयोग गरिनेछ।
चिम्टा र तावाहरू शुद्ध सुनको बनाउनु पर्छ।
“वेदी सफा गर्न चाहिने सामग्रीहरू करूवा, मासु उठाउने काँटाहरू, तावाहरू कोप्रे भाँडाहरू यी सबै काँसाको बनाउनु पर्छ।
त्यसपछि परमप्रभुको अघि वेदीबाट हारूनले पर्दाको पछि कोठामा कोइला भरेको कराही ल्याउनु पर्छ अनि उसले धुलो पारेर पिंधेको दुई मुठ्ठी सुगन्धित धूप ल्याउनुपर्छ।
पवित्र स्थानमा चलाइएको परिमाण अनुसार, बाह्रवटा सुनको धूपौरोहरूको ओजन एउटाको दश शेकेल गरी जम्मा एक सय बीस शेकेल थियो।
सुलेमानले फूलहरू, बत्तीहरू, धुपौरा अनि चिम्टाहरू बनाउनका निम्ति शुद्ध सुनको प्रयोग गरे।
त्यससमय प्रत्तेक सर-सामान परमप्रभुको हुनेछ। यहाँ सम्म कि घोडाहरूको घण्टीमा परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि परमप्रभुको मन्दिरमा प्रयोग गरिने सबै भाँडाहरू त्यस्तै महत्वपूर्ण हुन्छन् जस्तो वेदीमा प्रयोग गरिने कचौराहरू महत्वपूर्ण हुन्छ।