त्यसपछि मलाई नाप्ने दण्ड जस्तै एउटा देक्ने लट्ठी दिइयो। मलाई भनियो, “जाऊ अनि परमेश्वरको मन्दिरको वेदीको नाप लेऊ, अनि त्यहाँ पूजा गर्नेहरुको संख्या गन्ती गर।
Cross references
ती मानिसहरूले हसेरोतबाट यात्रा गरी रित्मामा छाउनी हाले।
“मानिसहरूले पर्खाल सिधा देखाउनलाई वजन सहितको साऊल प्रयोग गरे। त्यस्तै प्रकारले के चाहि ठीक हो देखाउनलाई म इन्साफ र सद्भावना चलाउनेछु।“दुष्ट मानिसहरू तिमीहरू आफ्नो चलाकी अनि झूटोको पछाडी लुक्न खोजिरहेछौ। तर तिमीहरू दण्डित हुनेछौ। तिमीहरू लुक्ने ठाउँहरूमा तूफान वा बाढी जस्तो ध्वंश गर्न आइरहेछ।
हामीहरूलाई देश निकाला गरिएको पच्चीसौं वर्षको आरम्भमा, दशौं महीनाको दशौं दिनमा, परमप्रभुको शक्ति मकहाँ आयो। यो यरूशलेम पक्राऊ परे पछिको चौधौं वर्षको दिन थियो। एक दर्शनमा परमप्रभुले मलाई त्यहाँ लिएर जानु भयो।
त्यो मानिसले जब मन्दिर भित्रको क्षेत्रको नाप लिई सकेको थियो, त्यति बेला त्यो मूल-ढोकाबाट मलाई बाहिर ल्यायो जुन पूर्वपट्टि थियो। उसले बाहिर चारैतिर नाप्यो।
तब मैले माथि हेरें अनि एउटा मानिसलाई नाप्ने फिता लिएको देखें।
तिमीहरूले बुझ्नु पर्छ कि तिमीहरू परमेश्वरका मन्दिर हौ। तिमीहरूभित्र परमेश्वरको आत्माले बास गर्छ।
परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छः“म तिमीहरूसित बस्छु, तिनीहरूसितै हिंड्छु म तिमीहरूका परमेश्वर हुनेछु अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।”
म चाँहि त्यस्ता कुरामा गर्व र्गदिन भन्ने आशा गर्छु। म हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा गर्व गर्छु। क्रूसद्वारा संसार मेरोलागि मरेको छ र संसारकोलागी म मरिसकेको छु।
तिमी विश्वासीहरू परमेश्वरका भवन हौ जुन प्रेरितहरू र अगमवक्ताहरूद्वारा जग बसाइएको घडेरीमा बनाइएको छ। ख्रीष्ट स्वयं भवनका जग-ढुङ्गा हुनुहुन्छ।
तिमीहरु पनि सजीव पत्थरहरु जस्तै छौ। परमेश्वरले एक आध्यात्मिक मन्दिर निर्माण गर्नलाई तिमीहरुलाई उपयोग गर्दै हुनुहुन्छ। तिमीहरुले त्यस मन्दिरमा पवित्र पूजाहारीहरुको रुपमा आत्मिक बलि चढाऊ जुन येशू ख्रीष्टबाट परमेश्वरलाई स्वीकार्य हुनेछ।
तर तिमीहरु चुनिएका मानिसहरु हौ। तिमीहरु राजाका पूजाहारीहरु हौ। तिमीहरु मानिसहरुका पवित्र जाति हौ। तिमीहरु ती मानिसहरु हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरुको विषयमा भन्न तिमीहरु चुनिएका हौ। उहाँले तिमीहरुलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।
तब, मैले अर्को शक्तिवान स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखे.। त्यो स्वर्गदूतले बादलको पोशाक लगाएको थियो। तिनको शिर इन्द्रेणीले घेरिएको थियो। त्यो स्वर्गदूतको अनुहार सूर्य जस्तो थियो, उसका पाउहरु आगोको स्तम्भहरु जस्ता थिए।
त्यो स्वर्गदूत जसले मसित कुरा गरे, तिनको हातमा सुनको नाप्ने डन्डा थियो। त्यो स्वर्गदूतसित भएको डन्डा, त्यसको ढोका अनि पर्खालहरु नाप्नको लागि थियो।