दोस्रो क्षेत्र 25,000 हात लामो अनि दश हात 10,000 चौडा ती लेवीहरूका निम्ति हुन्छ जो मन्दिरमा सेवा गर्छन्। यो जमीन पनि लेवीहरूको बस्ने शहरको निम्ति हुनेछ।
Cross references
“इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूको हिस्सामा परेको भूमिका केही शहरहरू लेवीहरूलाई दिऊन्। तिनीहरूले ती शहरहरूको वरिपरि रहेका र्खकको भूमि पनि दिऊन्।
चारजना द्वारपालेहरू थिए जो सबै द्वारपालेहरूका प्रधान थिए। तिनीहरू लेवी समूदायका मानिसहरू थिए। तिनीहरूको काम परमेश्वरको मन्दिरका कोठाहरू अनि कोषहरूको हेरचाह गर्नु थियो।
अनि पूजाहारी जो हारूनका सन्तानहरू हुन, तिनीहरूले दशांश संग्रह गर्छन्। अनि लेवीहरूले परमेश्वरको मन्दिरको भण्डार गृहमा दशौं भाग ल्याउँछन्।
तब त्यो मानिसले मलाई बाहिरी चोकमा ल्यायो। पक्का बाटोको छेउमा तीसवटा कोठाहरू थिए। मैले कोठाहरू अनि ढुङ्गा छापिएकोबाटो देखें।
भूमिको यो विशेष क्षेत्र पूजाहारीहरू अनि लेवीहरूमा बाँडिनेछ।“पूजाहारीले यस क्षेत्रबाट एक भाग पाउँछन। यो भूमि उत्तरपट्टि 25,000 हात लामो, पश्चिम पट्टि 10,000 हात चौंडा, पूर्व पट्टि 10,000 हात चौडा अनि दक्षिण पट्टि 25,000 हात लामो हुन्छ। भूमिको यस क्षेत्रको बीचमा परमप्रभुको मन्दिर हुन्छ।
“पूजाहारीहरूको निम्ति छेउमा लेवीहरूले जमीनको भाग पाउँनेछन्। यो 25,000 हात लामो, 10,000 हात चौडा हुनेछ। यो भूमिको पुरा लम्बाई अनि चौडाई क्रमश 25,000 हात लामो अनि 10,000 हात चौडा हुनेछ।
“यो जमीनको विशेष क्षेत्र वर्गाकार हुनेछ। यो 25,000 हात लामो अनि 25,000 हात चौडा हुनेछ। खासगरी यो पवित्र भाग अनि शहरको लागि छुट्टाइएको भाग हुनेछ।
के तिमीहरू जान्दैनौ मन्दिरमा सेवा गर्नेले मन्दिरबाटै खाना पाँउछन्? के तिमीहरू जान्दैनौ वेदीमा भेटी चढाउनेहरूले भेटीको भाग पाउँछन्?