Home Bibles प्रस्थान 27:9 · नेपाली बाइबल
प्रस्थान 27:9 · नेपाली बाइबल

“पवित्र पालको आँगन हुनपर्छ। एक सय हात लामो एउटा पर्दा लगाएर आँगन बनाऊ यो दक्षिण भागमा हुनुपर्छ। त्यो पर्दा राम्रोसंग बुनेको सुतीको लुगाले बनाउनु पर्छ।

Cross references

प्रस्थान 26:31

“निलो, बैजनी र राता धागाले बटारेको सुती कपडाका पर्दाहरू बनाऊ। यसलाई करूब र्स्वगदूतका नक्साहरूले सुसज्जित पार।

प्रस्थान 35:17

आँगन वरिपरिको पर्दा। तिनीहरूका डण्डाहरू र आधार जुन आँगनको फाटकमा राखिएको थियो।

प्रस्थान 36:17

एक समूहको आखिरी पर्दीको अन्तिम किनारामा तिनीहरूले पचासवटा प्वालहरू पारे अनि अर्को समूहको अन्तिम किनारामा पनि पचासवटा प्वालहरू पारे।

प्रस्थान 38:9

उनले सबै आँगनको वरिपरि पर्दाहरूको पर्खाल बनाए। दक्षिणति एक सय हात लामो पर्दाहरू पर्खाल बनाए। पर्दाहरू मिहीन सुती लुगाको बनाए।

प्रस्थान 39:40

तिनीहरूले मोशालाई आँगनको निम्ति पर्दाहरू, यसको खम्बाहरू, खम्बाको आधारहरू, आँगनको प्रवेशद्वारका निम्ति पर्दा र डोरीहरू, पाल-कीलाहरू अनि पवित्र स्थान जुन भेट हुने पाल हो त्यहाँ चाहिने सबै चीजहरू देखाए।

प्रस्थान 40:8

आँगनको वरिपरि पर्दाको पर्खाल लगाऊ। तब आँगनको प्रवेश द्वारको अघि पर्दा लगाऊ।

गन्ती 3:26

पवित्र स्थानको आँगनको प्रवेशद्वारको पर्दा आँगनको पर्दा, पर्दाको डोरीहरू र पर्दामा प्रयोग हुने सबै समानहरू तिनीहरूको हेरचाहमा थियो। त्यो आँगन पवित्र स्थान र वेदीको वरिपरि थियो।

गन्ती 4:26

पवित्र स्थान वरिपरिको आँगनमा भएका पर्दाहरू, वेदीको पर्दाहरू, आँगनको द्वाराहरूका पर्दाहरू र डोरीहरू तथा पर्दामा लाग्ने सबै सर-समानहरू तिनीहरूले बोकुन्। यी वस्तुहरूका सम्बन्धमा जे कुराहरू पनि गरिन्छ त्यसको निम्ति गेर्शोनीहरू मानिसहरू जिम्मावार थिए।

गन्ती 4:32

वरिपरिका आँगनका खम्बाहरू र तिनीहरूका आधारहरू, कीलाहरू, डोरीहरू र तिनका सबै सामानहरू र यी सब सामानहरूसित सम्बन्धित सर-सामानहरू तिनीहरूले बोकून्।

1 राजा 6:36

तब तिनीहरूले भित्री आँगन बनाए। त्यस आँगनको वरिपरि भित्ता बनाए। प्रत्येक भित्ता तीन लहर काटेको ढुङ्गा अनि एक लहर धूपीको काठद्वार बनाइएको थियो।

1 राजा 8:64

त्यस दिन राजा सुलेमानले मन्दिर अघिको आंगन पनि समर्पण गरे। उनले होमबलि, अन्नबलि अनि पशुहरूको बोसो चढाए जुन मेलबलि समर्पण थियो। राजा सुलेमानले यी बलि अनि भेंटीहरू आँगनमा चढाए। उनले यसो गरे किनभने भित्र परमप्रभुको अघि बनाइएको काँसाको वेदीमा यी सबै चीजहरू अटाऊँदैन थियो।

2 इतिहास 4:9

सुलेमानले पूजाहारीहरूको आँगन, ठूलो आँगन अनि आँगनहरूका निम्ति ढोकाहरू पनि बनाए। तिनले आँगानतिर खुलिने ती ढोकाहरूलाई ढाक्न काँसाको प्रयोग गरे।

2 इतिहास 33:5

तर मनश्शेले परमप्रभुका दुइ आँगनहरूमा सारा तारा-मण्डलहरूका निम्ति वेदीहरू निर्माण गरे।

भजनसंग्रह 84:10

हे परमेश्वर, तपाईंको मन्दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्दा उत्तम छ। दुष्टहरूका घरमा बस्नुभन्दा बरू मेरा परमेश्वरका मन्दिरको ढोके हुनलाई मलाई मन पर्छ।

भजनसंग्रह 92:13

परमप्रभुको मन्दिरमा रोप्न गरिएको धर्मी मानिसहरू हाम्रो परमेश्वरको मन्दिरको प्राङ्गणमा फुलिरहेकाछन्।

भजनसंग्रह 100:4

उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ। उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ। उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।

भजनसंग्रह 116:19

म यरूशलेमको मन्दिरमा जाने छु। परमप्रभुको प्रशंसा गर!

इजकिएल 40:14

त्यस मानिसले प्रवेश द्वार पनि नाप्यो। यो बीस हात चौडाको थियो। प्रवेश द्वारको चारैतिर चोक थियो।

इजकिएल 40:17

तब त्यो मानिसले मलाई बाहिरी चोकमा ल्यायो। पक्का बाटोको छेउमा तीसवटा कोठाहरू थिए। मैले कोठाहरू अनि ढुङ्गा छापिएकोबाटो देखें।

इजकिएल 40:20

तब त्यस मानिसले उत्तर द्वारको लम्बाई अनि चौडाई नाप्यो। त्यो बाहिर चोकको चारैतिरको भित्तामा थियो।

इजकिएल 40:23

भित्री चोकमा उत्तरको मूल-ढोका सम्म पुग्ने एउटा मूल-ढोका थियो। यो पूर्वको मूल-ढोका बराबर थियो। त्यस मानिसले एउटा मूल-ढोकाबाट अर्को मूल-ढोका सम्म नाप्यो। यो एउटा मूल-ढोकादेखि अर्को मूल-ढोका सम्म सय हात थियो।

इजकिएल 40:28

त्यसपछि त्यो मानिसले मलाई दक्षिण मूल-ढोकाबाट भित्री चोकमा लिएर गयो। दक्षिणको मूल-ढोकाको नाप त्यति नै थियो जति अरू मूल-ढोकाहरूको थियो।

इजकिएल 40:32

त्यो मानिसले मलाई पूर्व पट्टिबाट भित्री चोकमा ल्यायो। उसले मूल-ढोका नाप्यो। त्यस मूल-ढोकाको नाप त्यही थियो। जुन अरू मूल-ढोकाको थियो।

इजकिएल 40:44

भित्री चोकको मूल-ढोकाको बाहिर दुइवटा कोठाहरू थिए। एउटा उत्तरी मूल-ढोकासँग थियो। यसको दलान दक्षिणपट्टि थियो। अर्को कोठा दक्षिण मूल-ढोका पट्टि थियो। यसको दलान उत्तरपट्टि थियो।

इजकिएल 42:3

भवन तीन तला अग्लो अनि बरण्डाहरू थिए। भवन अनि मन्दिरको बीचमा भित्री आँगन 20 हात लामो थियो। अर्कोपट्टि कोठा बाहिर चोकको ढुङ्ग ओछ्याएको पिडीतिर फर्केका थियो।

इजकिएल 42:19

त्यो पश्चिम पट्टि गयो अनि त्यहाँ नाप्यो। त्यो पाँच सय हात लामो थियो।

इजकिएल 46:20

त्यस मानिसले मलाई भन्यो, “यही त्यो ठाउँ हो जहाँ पूजाहारीहरूले दोषबलि अनि पापबलि चढाउँछन् । किन? जसबाट तिनीहरूलाई ती भेटीहरू बाहिर चोकमा लिएर जाने आवश्यकता पर्दैन। यस्तो प्रकारले तिनीहरूले ती पवित्र चीजहरू बाहिर ल्याउँदैनन्, जहाँ साधारण मानिसहरू हुन्छन्।”

Interlinear

Choose Theme