Home Bibles इजकिएल 27:15 · नेपाली बाइबल
इजकिएल 27:15 · नेपाली बाइबल

रोडसका मानिसहरू तिमीसित व्यापार गर्थे। तिमीले आफ्नो चीजहरू धेरै ठाउँमा बेच्थ्यौ। मानिसहरूले तिम्रा चीजहरूको दाम तिर्न हात्तीको दाँत अनि काली काठ दिन्थे।

Cross references

उत्पत्ति 10:7

कूशका छोहरु थिए-सबा, हवीला, सबता, रामा र सबतका। रामाका छोराहरु थिए-शबा र ददान।

उत्पत्ति 25:3

योक्षान, शबा अनि ददानका बुबा थिए। ददानका सन्तानहरू, अश्शूरी, लतूशी अनि लऊम्मी हुन्।

1 राजा 10:22

राजासित धेरै व्यापारिक जहाजहरू थिए। ती जहाजहरू हीरामका जहाजहरू सितैं यात्रा गर्थ्यो। प्रत्येक तीन वर्षमा एक पल्ट यी जहाजहरूले सुन, चाँदी, हात्तीको दाँत पुच्छर नभएको वाँदहरू र मजुरहरू ल्याउने गर्थ्यो।

1 इतिहास 1:9

हेब्रोनका छोराहरू यरहमेल, राम अनि कालेब थिए।

1 इतिहास 1:32

यादा शम्मैका भाइ थिए। यादाका छोराहरू येतेर अनि जोनाथन थिए। येतेरको मृत्यु सन्तान बिहीन भयो।

2 इतिहास 9:21

किनभने राजा सुलेमानका जहाजहरू थिए जो हूरामका मानिसहरूले तर्शीश तिर चलाएर लान्थे। अनि प्रत्येक तीन-तीन वर्षमा सुन, चाँदी हस्ती-हाड अनि मुजुरहरू द्वारा लादिएर तर्शीशबाट फर्कन्थे।

यर्मिया 25:23

ददान, तेमा र बूजका अनि कनपट सम्म केश काट्ने मानिसहरूलाई मैले यो पिउन बाध्य गराँए।

यर्मिया 49:8

हे ददानका मानिसहरू हो, भाग, लुक! किनभने म एसावलाई उसको कर्मको लागि दण्ड दिने छु।

इजकिएल 25:13

यसैकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ “म एदोमलाई दण्ड दिन्छु। म एदोमको मानिसहरू अनि पशुहरूलाई नष्ट पार्छु। म एदोमको पूरै देश तेमानदेखि दान सम्म नष्ट पार्छु। एदोमीहरू युद्धमा मारिनेछन्।

इजकिएल 27:20

ददानको राम्रो व्यापार थियो। उसले तिमीसँग घोडाको जीनको पोशाकको व्यापार गर्थ्यो।

इजकिएल 38:13

“शेबा, ददान अनि तर्शीशका सबै व्यापारीहरू अनि सबै शहरहरू जजससित तिनीहरू व्यापार गर्छन, तिमीलाई सोध्नेछन्, ‘के तिमी बहुमूल्य चीजहरूमाथि अधिकार जमाउनु आएका हौ? के तिमी आफ्नो सैनिकहरूको समूहसित ती राम्रो चीजहरू सुन, चाँदी, गाई-वस्तु तथा सम्पत्ति लिएर जान आएका हौ? के तिमी ती सबै बहुमूल्य चीजहरू लिन आएका हौ?”‘

प्रकाश 18:12

तिनीहरु सुन, चाँदी, रत्न, मोती, मलमल वस्त्र, बेजनी बस्त्र, रेशम र रातो बस्त्र, सबै किसिमका सुगन्धित काठ, हात्तीको दाँत बहुमूल्य काठ, काँसा, फलाम अनि सङ्गमरमरले बनिएको सबै प्रकारका चीजहरु बेच्छन्।

Interlinear

Choose Theme