Home Bibles ☰ Books इजकिएल 38:13 · नेपाली बाइबल
इजकिएल 38:13 · नेपाली बाइबल

“शेबा, ददान अनि तर्शीशका सबै व्यापारीहरू अनि सबै शहरहरू जजससित तिनीहरू व्यापार गर्छन, तिमीलाई सोध्नेछन्, ‘के तिमी बहुमूल्य चीजहरूमाथि अधिकार जमाउनु आएका हौ? के तिमी आफ्नो सैनिकहरूको समूहसित ती राम्रो चीजहरू सुन, चाँदी, गाई-वस्तु तथा सम्पत्ति लिएर जान आएका हौ? के तिमी ती सबै बहुमूल्य चीजहरू लिन आएका हौ?”‘

Cross references

भजनसंग्रह 57:4

मेरो प्राण विपदमा छ। मेरा शत्रुहरू चारैतिर छन्। तिनीहरू तीखा भालाहरू र काँडाहरू जस्ता दाँत अनि तरवार जस्तो धारिलो जिब्रो लिएर मानिसहरूलाई सिंहहरू जस्तो गर्जनछन्।

यशैया 10:6

म ती दुष्ट काम गर्नेहरूका विरूद्ध लडाइँ गर्न अश्शूरलाई पठाउनेछु। म ती मानिसहरूप्रति क्रोधित छु, अनि म अश्शूरलाई तिनीहरू विरूद्ध लडाइँ लड्न आज्ञा गर्नेछु। अश्शूरले तिनीहरूलाई पराजित गर्नेछ र तिनीहरूको धन-सम्पत्ति खोसेर लैजाने छ। अश्शूरका निम्ति इस्राएल कुल्चिइने मैला-हिलो भएको ठाउँ हुनेछ।

यर्मिया 15:13

तिम्रो देशमा तिमीले गरेको पापले गर्दा तिम्रो भण्डारको सम्पत्ति लूटको समान झैं गरी अरूलाई दिनेछु।

यर्मिया 50:17

इस्राएल भेंडाको बथान जस्तो छ जो देशभरि नै छरिएका थिए। इस्राएल भेडाको बथान जस्तो छ जसलाई सिंहले खेद्‌दै सबै ठाँउमा छरपष्ट पारेकोछ। जसले उसलाई पहिला खानेसिंह अश्शूरको राजा हो। अन्तिम सिंह जसले उसका हड्डीहरू तोड्यो त्यो बाबेलका राजा नबूकदनेस्सर हो।”

यर्मिया 51:38

बाबेलका मानिसहरू गर्जने जवान सिंह जस्तै छन्। तिनीहरू डमरूहरूझै र्गजिन्छन्।

इजकिएल 19:3

ती डमरूहरूमध्ये एउटालाई त्यसले हुर्काई। त्यो एउटा शक्तिशाली बलियो सिंह बनियो। त्यसले शिकार गर्न सिक्यो। त्यसले एउटा मानिसलाई मार्यो अनि खायो।

इजकिएल 25:13

यसैकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ “म एदोमलाई दण्ड दिन्छु। म एदोमको मानिसहरू अनि पशुहरूलाई नष्ट पार्छु। म एदोमको पूरै देश तेमानदेखि दान सम्म नष्ट पार्छु। एदोमीहरू युद्धमा मारिनेछन्।

इजकिएल 27:12

“तर्शीश तिम्रो सर्वोत्तम ग्राहकहरू मध्ये एक थियो। उसले तिमीसित व्यापारकोलागि चाँदी, फलाम, टीन अनि सीसा तिमीले बेचेको चमत्कारी वस्तुहरूको बद्लीमा दियो।

इजकिएल 27:15

रोडसका मानिसहरू तिमीसित व्यापार गर्थे। तिमीले आफ्नो चीजहरू धेरै ठाउँमा बेच्थ्यौ। मानिसहरूले तिम्रा चीजहरूको दाम तिर्न हात्तीको दाँत अनि काली काठ दिन्थे।

इजकिएल 27:20

ददानको राम्रो व्यापार थियो। उसले तिमीसँग घोडाको जीनको पोशाकको व्यापार गर्थ्यो।

इजकिएल 27:22

शबा अनि रामाहका व्यापारीहरू पनि तिमीसँग व्यापार गर्थे। तिनीहरूले तिमीले बेचेको चीजको सट्टामा सर्वोत्तम मसाला, हरेक प्रकारको रत्न अनि सुन दिन्थे।

इजकिएल 27:25

तिमीले बेचेका चीजहरू तर्शीशको जहाजहरूमा लगिन्थ्यो।“टायर तिमी ती व्यापारी जहाज जस्तै थियौ, तिमी समुद्रमा बहुमूल्य समानहरू लिएर आउँथ्यौ।

इजकिएल 32:2

“हे मानिसको छोरो! फिराऊन मिश्रको राजाको विषयमा यो दुखको गीत गाऊ। उनलाई भन“‘तिमीले सोचेको थियौ तिमी शक्तिशाली जवान सिंह हौ। देशहरूमा घमण्डसँग घुम्दै थियौ तर साँच्चै तिमी एक अजिङ्गर जस्तै हौ। तिमी पानीको प्रवाहलाई ठेल्दै बाटो बनाउँछौ, अनि आफ्नो खुट्टाले पानी छ्याप्दै, नदीहरू माटै-माटो बनायौ। तिमीले मिश्रको नदीहरूलाई उत्तेजित पार्यौ।”‘

नहूम 2:11

सिंहहरुको गुफा अब खोई? जहाँ सिंह अनि सिंहिनी बस्दथिए। उनीहरुको डम्मरूहरु निर्भय साथ रहन्थे।

जकरिया 11:3

गोठालाहरू रुएको सुन! तिनीहरूको महिमा ध्वंश भएको छ। जवान सिंहको गर्जन सुन, यर्दन नदीको किनारको तिनीहरूको बाकलो जङ्गल उजाड गराइएको छ।

Interlinear

Choose Theme