Home Bibles ☰ Books यर्मिया 49:8 · नेपाली बाइबल
यर्मिया 49:8 · नेपाली बाइबल

हे ददानका मानिसहरू हो, भाग, लुक! किनभने म एसावलाई उसको कर्मको लागि दण्ड दिने छु।

Cross references

न्यायकर्ता 6:2

मिद्यानका मानिसहरू अत्यन्त शक्तिशाली अनि इस्राएलका मानिसहरू प्रति निष्ठूर थिए। यसर्थ इस्राएलका मानिसहरूले पर्वतहरूमा अनेक लुक्ने ठाउँहरू निर्माण गरेका थिए। तिनीहरूले आफ्ना भोजनहरू गुफाहरू अनि भेटून गाह्रो पर्ने स्थानहरूमा लुकाए।

1 शमूएल 13:6

इस्राएलीहरूले बुझे कि तिनीहरू खतरामा थिए। तिनीहरूलाई पलिश्तीहरूले धेरा हालेका थिए अनि तिनीहरू गुफा चर्कीएको चट्टानमा दगुरेर गए कुवा र अरू दुलोहरू तिर लुके।

यशैया 2:21

त्यसपछि मानिसहरू चट्टानका-कन्दरातिर लुक्नेछन्। तिनीहरू परमप्रभु र उहाँका महान शक्तिबाट भयभीत भएर त्यसो गर्नेछन्। यो त्यतिबेला घट्ना घट्ने छ जब परमप्रभुले पृथ्वीलाई थर्थर कमाउन उठ्नु हुनेछ।

यशैया 21:13

अरब बारे एउटा शोक सन्देश ददानका मरूभूमिका यात्री समूहले! अरब मरूभूमिको रूखहरूमाझ रात बिताए।

यर्मिया 6:1

हे बिन्यामिनी हो! आफ्नो सुरक्षाको लागि भाग। यरूशलेमको शहरदेखि भाग। तको शहरमा युद्धको तुरही फुक बेथक्के-रेमको शहरमा चेताउनीको झण्डा उठाऊ। ती कुराहरू गर किनभने उत्तरदिशाबाट महासर्वनाश आईरहेछ। डरलाग्दो सर्वनाश तिमीहरू कहाँ आईरहेछ।

यर्मिया 25:23

ददान, तेमा र बूजका अनि कनपट सम्म केश काट्ने मानिसहरूलाई मैले यो पिउन बाध्य गराँए।

यर्मिया 46:21

मिश्रका भाडाका सिपाहीहरू पोसिएका गोरूहरू छन् झैं तिनीहरू सबै पीठ फर्काएर भागे। तिनीहरू आक्रमणकारीहरू समक्ष एक क्षण टिक्न सकेनन्। तिनीहरूको नाशको समय आईरहेछ। तिनीहरू दण्डित हुनेछन्।

यर्मिया 48:6

भाग जाऊ! भाग आफ्नो प्राण बचाऊ, मरूभूमिको जंगलमा हुने पोथ्रा झैं बन।

यर्मिया 48:28

मोआबका मानिसहरू हो आफ्नो शहरहरू छोड। जाऊ ढुङ्गाहरूमा बस, ढुकुर जस्तो हौ जसले ओढारको मुखमा आफ्नो गुँड बनाउँछ।”

यर्मिया 48:44

मानिसहरू डराउने छन् र भाग्ने छन्, तर तिनीहरू गहिरो खाडलहरूमा पर्नेछन्। यदि तिनीहरू कसैले त्यहाँबाट उक्लिए भने पासोहरूमा फँस्नेछन् किनभने म मोआबमाथि दण्डको वर्ष ल्याउनेछु।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

यर्मिया 49:30

भाग! छिटो भाग! हे हासोरका मानिसहरू, लुक्ने ठाउँहरू खोज किनभने बाबेलको राजाले तिमीहरूलाई परास्त पार्नु एउटा युक्ति साँधेकोछ।” यो सन्देश परमप्रभुबाट हो।

यर्मिया 49:32

शत्रुहरूले तिनीहरूका ऊँटहरू अनि गाई वस्तुहरू लैजानेछन्। आफ्नो केश कुना मिलाएर चिटिक्क पारी काट्ने मानिसहरूलाई म हावामा तितर-बितर पारिदिनेछु। सबै तिरबाट म तिनीहरूमाथि संकटहरू ल्याइदिनेछु।” यो परमप्रभुको सन्देश हो।

यर्मिया 50:27

सारा साँढेहरू मार। तिनीहरूलाई कसाइकहाँ जानदेऊ। तिनीहरूलाई धिक्कार! तिनीहरूका निम्ति दण्ड पाउने समय आएकोछ।

विलाप 4:21

एदोमका मानिसहरू खुशी बन, ऊज भूमिमा बस्नेहरू खुशी बन। तर याद गर, परमप्रभुको कचौरा तिमीहरूका वरिपरि आउने छ। जब तिमी त्यो कचौराबाट पिउछौ तिमीहरू मातिने छौं। अनि आफैंलाई नाङ्गो पार्ने छौ।

आमोस 9:1

मैले परमप्रभुलाई वेदीको छेउमा उभिएको देखें। उहाले भन्नुभयो, “संघार हल्लिञ्जेल र मानिसको टाउको चुर हुन्जेल खम्बामाथि ठोकाऊ। ती बाँचेकाहरुलाईतरवारले मार। भाग्नेहरु मारिनेछन्। कुनैमानिस पनि मेरो रिसबाट उम्कनेछैन।

Interlinear

Choose Theme